Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
गाइने र आत्रेयको मेची महाकाली पैदल यात्रा – समग्र नेपाल

गाइने र आत्रेयको मेची महाकाली पैदल यात्रा

गौ संरक्षणका लागि एक महिने पैदल यात्रा

गौमाताको संरक्षण र संबर्धनका लागि आम जनमानसमा चेतना फैलाउँने निस्वार्थ र पवित्र उद्देश्यका साथ आज बिहान ५ बजेर ५ मिनेटको समयमा महाकालीको हरिहरघाटदेखि दुई जना आध्यात्मिक व्यक्तित्वहरूले पैदल यात्रा शुरु गर्नुभएको छ ।
योगी पिताम्बरको सङ्कल्पमा नेपाली लोक संस्कृतीकर्मी तथा कुशल सञ्चारकर्मी शेर बहादुर आचार्य ‘गाइने’ र आध्यात्मिक अभियन्ता प्रेम प्रकाश आत्रेयले आज फागुन २४ गते देखि महाकाली नदीबाट ३० दिनेको पैदल यात्राको प्रारम्भ गर्नुभएको हो । योगी पिताम्बरले बर्दिया तथा अन्य धेरै स्थानहरुमा गौशाला स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । यस अघि हिजो एक पत्रकार सम्मेलनबाट एक विज्ञप्ती मार्फत हिन्दू राज्यको रुपमा संसारभर विख्यात नेपालमा सनातनकालदेखि नै गौपालन तथा यसको संरक्षण गर्दै आएकोमा हाल आम मानिसहरुमा आएको वितृष्णाले गर्दा गौमाताहरूले दुःख पाइरहेको अवस्थाले आम नेपाली र समग्र सनातनी परम्परालाई नै चुनौतीकाे सिर्जना भएको उल्लेख गर्दै गाईलाई माताको स्वरुपमा पुजिने र सेवा गरिनु कुनै सामान्य विषय नभएर यसमा वृहत् रहस्य लुकेको कुरा समेत उजागर गरिएको छ ।
भगवान् शिव स्वयम् गोरखनाथको अवतार लिएर गाईको संरक्षण गर्नुभएको कुरा उल्लेख गर्दै विज्ञप्तिमा लेखिएको छ, “भगवान नारायण श्रीकृष्णको अवतार लिएर गोठालोको रुपमा जीवन यापन गर्नुभएको प्रसङ्ग पुराणहरुमा उल्लेख भएको पाइन्छ भनी हाल विश्वमा देखिएको प्राकृतिक प्रकोपको रहस्यको पछाडि गौहत्या रहेको भारतका प्रख्यात वैज्ञानिक मदन मोहन बजाजले आफ्नो एक अध्ययनमा उल्लेख गरेकाले गौमाताको संरक्षण गर्नुपर्ने आजको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै सन्दर्भलाई लिएर ३० दिनको पैदल यात्रामा महाकाली नदी तीरमा रहेको पवित्र स्थल हरिहर घाटदेखि पैदल यात्रा प्रारम्भ गरेको पदयात्री शेर बहादुुर आचार्य ‘गाइने’ ले समग्र नेपाल अनलानलाई बताउनुभएको छ ।
समग्र नेपाल अनलाइनको तर्फबाट वहाँहरुको यो अभियान पूर्ण रुपमा सफल होस् भन्ने कामना गर्दछौँ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button