Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
सडक दुरावस्था : यात्रा काठमाडौंको (भाग –२) – समग्र नेपाल

सडक दुरावस्था : यात्रा काठमाडौंको (भाग –२)

महङ्गीले थिलो थिलो पारको छ । यत्रतत्र सर्वत्र सरसामानहरुको मूल्यमा उस्तै वृद्धि भएको छ । यातायातको भाडामा पनि ह्वात्तै वृद्धि भएको छ । तरपनि मानिसहरू अहिलेको समयमा हवाइमार्गको यात्रा गरिरहेका छन् । यो रहर नभएर वाद्यता पनि भएको छ । हामी जस्ता मध्यम वर्गीय मानिसहरूलाई हवाइजहाजको यात्रा निकै महङ्गो छ तरपनि कहिलेकाहीँ सिर्जित परिस्थिती, समयको सदुपयोग र ज्यानको मायाका कारण नै वाद्यात्मक यात्रा गर्नु पर्ने रहेछ ।
यो वाद्यता भनेको अरु केही नभएर नेपालको सडक तथा राजमार्गको बेहालले उत्पन्न भएको हो । खासगरी वर्खायाम तथा अन्य मौसममा पनि बाढी तथा पहिरोका कारणले गर्दा सडक भत्किने तथा पहाडबाट पहिरो खस्ने समस्याका कारणले यस्तो भएको हो । खासगरी नेपालको राजधानी काठमाडौं जाने नारायणगढ मुग्लिन सडकखण्डमा यस किसिमको समस्या बेला बेलामा हुने गरेको छ । दुर्घटनामा परेर त्रिशुली नदीमा खसेका सवारी साधनहरू नभेटिने गरी बिलाएका दुःखद घटनाहरू पनि विगतमा नघटेका हैनन् ।
आँखै अगाडि ट्रक नदीमा खसेर बग्दै गरेको सहचालक देखेपछि यो पंक्तिकारले काठमाडौंदेखि नेपालगञ्जको टिकट नपाएर भरतपुरसम्मको हवाइयात्रा गरेको थियो ।
प्राविधिक पक्षलाई ध्यान दिएर दीगो रुपमा समस्याको समाधान हुने गरी सडक निर्माणको कार्य गरिदिएको भए यसको व्यवस्थापन दीगो रुपमा गर्न सकिने थियो कि ? हो, पहाडहरू भत्काउनै पर्ने आवश्यकीय स्थानमा पहाडको माथिल्लो भागमा परेको पानीलाई पहाडको भित्री भागमा जानबाट बचाउँन सकेमा पहाड कमजोर हुने थिएन कि ! यसरी पनि सडक तथा राजमार्गहरुको सुरक्षामा टेवा पुग्न सक्ने कुरा यो मोटो बुद्धिलाई लागेको छ । बाँकी त यसको इन्जिनियरिङ्ग पद्धतिले के भन्छ भन्ने कुरामा भर पर्ने होला ।
गत साउन १७ गते राती ११ बजेको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड करिब ३ दिन जति अवरुद्ध भएको थियो । हामी पनि त्यही यात्रामा थियौँ । १६ गते शुरु गरेको यात्रा १७ गते बिहान नारायणगढको रामनगरमा पुगेर रोकियो । अब बाटो कतिबेला खुल्छ भन्ने प्रश्न मात्रै एकोहोरिरह्यो । समाधान पनि केही थिएन । अलिक पर पुगेर ट्राफिक प्रहरीलाई सोध्यौँ “सडक कहिले खुल्छ?” भनेर सोध्यौँ यसका उत्तरमा खै पहिरो त पाँच स्थानमा छ अझै दुई÷तीन दिन कम्तीमा पनि लाग्ला भनेपछि हामी अवाक् भयौँ । अब उपाय केही रहेन । फर्केर जाउँ पनि भएन, बसौँ रातभरिको अनिधो अनि खानको पनि ठेगान भएन । बडो सकसकाबीचमा बेलुकीको करिब ६ बजेतिर अनेकन छलफल र बहसपछि ८ सय रुपैंया भाडा थप गरी हेटौंडाको बाटो अर्थात बाइरोडको बाटो हुँदै जाने निधो गरियो । ठूलो बस भएका कारणले गर्दा बडो मुश्किलले मोडहरुमा निकै असहजताका साथ ब्याक गर्दै अगाडि बढ्दै गरी बस अगाडि बढ्यो । करिब एकतर्फी जस्तो सडकमा अर्को सवारी आउनासाथ निकै असहज हुने गर्दथ्यो । मनभरी त्रास बोकेर अन्ततः हामी यात्रा प्रारम्भ गरेको तेस्रो दिन अर्थात् १८ गते बिहान ४ बजे काठमाडौं पुगियो ।
यहाँ सडक राजमार्ग व्यवस्थापनका लागि अनेकन ध्वाँसहरु मात्रै देखाइन्छ । खोइ त यसको दीगो समाधान ? खोइ त काठमाडौं पुग्ने भरपर्दो वैकल्पिक मार्ग ? अनि बुटवल नारायणगढ सडकको विस्तारको गति पनि निकै सुस्त रहेको छ । यसको मात्रै हैन सडक विस्तार र स्तरोन्नतीका कामहरू सबैतिर उस्तै छन् । खन्ने र भत्काउने अनि त्यही सडकलाई दुहुनु गाई बनाएर प्रत्येक वर्ष दरिलो अनि मलिलो खेतीपाती गरिरहेको अवस्था पनि देखिन्छ । यसको उदाहरण भनेको बर्दियाको सदरमुकाम गुलरिया देखि नेपालगञ्ज जाने सडकको गुलरिया नजिकै रहेको भादा पुल प्रवेश अगाडिको र खजुरामा रहेको सडकको अवस्था हेरे थाहा हुन्छ । नभए भादा नदीमा नवनिर्मित पुल नै अन्तिम चरण पुगिसक्दा पनि वि. सं. २०७४ सालदेखि भत्किएको सडक हालसम्म पनि अर्थात् सात वर्ष पनि पूरा नहुनुको रहस्य के हो भन्ने कुरा उनैले जानून् । हामीले के जानौँ त । सडकको दूरावस्था त राजधानीमा पनि उस्तै देखियो । जतिविधि कुरा गरेपनि काम गर्न भने सहज छैन । अव्यवस्थित शहरीकरणले अस्तव्यस्त बनेको राजधानीका सडकहरुको पनि उस्तै हालत छ । खाल्डाखुल्डीहरु पनि चाहिएजति भेटिन्छन् । चक्रपथमै पनि पानी जमेर नजिकैबाट सवारीहरु गुडिरहँदा पदयात्रीहरू सावधान भएर अलि पर जानुपर्ने अवस्था छ ।
त्यसैले सडकको दुरावस्थाको कारण भनेको दीगो सोच र भरपर्दा प्राविधिक दक्षताका अभावका कारण समय समयमा यस्तो दुरावस्था भोग्नु परेको तीतो यथार्थ हो । थोत्रा गाला मात्रै बजाउने, कताबाट कमिसन आउने भन्ने मात्रै संस्कारको विकास हुन थाल्यो । आफू भलो त गजतै भलो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button