Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
सम्मानले नै पेसाप्रतिको सम्मान बढ्ने (बर्दियामा दुई दर्जन शिक्षक सम्मानित) (भिडियो सहित) – समग्र नेपाल

सम्मानले नै पेसाप्रतिको सम्मान बढ्ने (बर्दियामा दुई दर्जन शिक्षक सम्मानित) (भिडियो सहित)

को को भए सम्मानित नामावली सहित

कुनै पेशामा समर्पित पेशाकर्मीलाई गरिएको सम्मानले पेशाप्रतिको सम्मानमा अभिवृद्धि हुने बताइएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा आज आयोजित शिक्षक तथा कर्मचारी प्रोत्साहन कार्यक्रममा प्रमुख अतिथिका रुपमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् बर्दियाका जिल्ला समन्वय अधिकारी प्रकाश देवकोटाले उक्त कुरा बताउनुभएको हो ।
उत्कृष्ट शिक्षक, कर्मचारी तथा शैक्षिक संस्थालाई प्रोत्साहन कार्यक्रम २०७८/०७९ अन्तर्गत बर्दियामा अध्यापनरत शिक्षकहरुको सम्मान कार्यक्रम अन्तर्गत गुलरियामा आज सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा शुभकामना दिनुहुने अधिकांश व्यक्तित्वहरुले शिक्षक खुशी भएर कक्षाकोठामा प्रवेश गरेमा मात्र शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुने कुरा औंल्याउनुभएको थियो ।
सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख राम करण पालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्यव इकाई प्रमुख रेविका अमात्य, गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सतिश यादव, सामाजिक विकास डिभिजन कार्यालयका स्टेम संयोजक दीपक पोख्रेलको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आठै पालिकाका सम्मानित शिक्षकहरुले शिक्षकलाई गाली गर्नेहरुको जमात बढी भएको र प्रोत्साहन गर्ने परिपाटी नभएको अवस्थामा यस प्रकारका कार्यक्रमहरुले सम्मानित शिक्षकहरुका लागि हौषला पुगेको र अन्य शिक्षकहरुका लागि पनि उत्कृष्ट शिक्षण सिकाइ क्रियाकलापका लागि प्रेरणा बनेको कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण डिभिजन कार्यालयको स्टेम संयोजक दीपक पोख्रेलले गर्नुभएको थियो ।
बर्दियाका आठओटै पालिकाहरुबाट उत्कृष्ट शिक्षकको रुपमा सिफारिस भई सामाजिक विकास डिभिजन कार्यालयबाट प्रमाणिकरण गरी निम्न विद्यालय तथा शिक्षकहरुलाई सम्मानित गरिएको हो :
उत्कृष्ट विद्यालय : श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया, (प्रधानाध्यापक भेजेन्द्र बहादुर थापा)
बढैयाताल गाउँपलिकाबाट उत्कृष्ट शिक्षकहरु :
– कालि प्रसाद थारु श्री शारदा मा.वि. मैनापोखर
– भक्तिसागर रेग्मी श्री विद्या ज्योति नमुना मा.वि.
– बसन्त खड्का श्री जनप्रिय मा.वि. जमुनी
बाँसगढी नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– हरिराम थारु श्री जनज्योति प्रा.वि. बेलौली
– फणिन्द्र प्रसाद ढुङ्गाना ने.रा.मा.वि. बाँसगढी
– नारायण प्रसाद शर्मा श्री रामजानकी मा.वि.भैसासुर
गुलरिया नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– च्यामुलाल चौधरी श्री महाकवि देवकोटा मा.वि. गुलरिया
– प्रभात सुवेदी श्री बगलामुखी रा.कृष्ण थारु मा.वि.गुलरिया
– भानुभक्त अधिकारी श्री हिमालय आ.वि. गुलरिया
बारबर्दिया नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– केदारनाथ ढकाल श्री धर्मभक्त मा.वि. कर्तनिया
– पोमराज शर्मा श्री अंशुवर्मा मा.वि. जयनगर
– केशवराज वश्याल श्री युवक मा.वि. दुध्धा
मधुवन नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– प्रदिप रेग्मी श्री त्रिभुवन मा.वि. सुर्यपटुवा
– देवी बहादुर वस्नेत श्री ने.रा.आ.वि. दशरथवस्ती
– पदमराज चौधरी श्री बुद्ध आ.वि. बुद्धनगर
ठाकुरबाबा नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– वामदेव ढकाल श्री ने.रा. मा.वि. ठाकुरद्वारा
– नवराज ढुङ्गाना श्री शारदा आ.वि. शाहीपुर
– लक्ष्मी पौडेल श्री जनचाहना आ.वि. डुम्रेनी
राजापुर नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु:
– वीरवल चौधरी श्री कालिका मा.वि. चनौरा
– प्रेम बहादुर वि.क. श्री किसान मा.वि. राजापुर
– शिव प्रसाद कोइराला श्री ने.रा.मा.वि. गोडियाना
गेरुवा गाउँपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– डिल बहादुर जि.सी. श्री जानकी मा.वि. जनकनगर
– भीम बहादुर धामी श्री बालप्रिय आ.वि. तिनघरुवा
– चिरन्जिवी वैद्य श्री एकप्रिय मा.वि. पाताभार
सम्मानित जिल्ला उत्कृष्ट विद्यालयलाई नगद रु. ३ लाख ५० हजार नगद र सम्मानपत्र तथा शिक्षकहरुलाई जनही रु. १२ हजार र सम्मानपत्र सहित दोसल्ला ओढाएर प्रमुख प्रशासकीय प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र डिभिजन कार्यालय प्रमुखले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको भिडियो हेर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=d-ALaZJ7AKg&t=3s

कार्यक्रमसँग सम्बन्धित अन्य थप तस्बीरहरुका लागि  :

समग्र नेपालको फेसबुक पेजमा जानुहोला ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button