Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
गुल्मीमा दुई दिने प्रविधि प्रशिक्षण सम्पन्न – समग्र नेपाल

गुल्मीमा दुई दिने प्रविधि प्रशिक्षण सम्पन्न

विद्यालयमा सूचनाप्रविधी

वर्तमान परिवेशलाई मध्यनजर गरी गुल्मीको साविक वामी गाउँ विकास समिति र हाल मुसिकोट नगरपालिकाको वडा नं. ७ र ८ मा रहेका ११ ओटा सामुदायिक विद्यालयका पाँच दर्जन शिक्षकहरुलाई दुई दिने प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

विगतदेखि नै शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको वामी–विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समितिको आयोजना र प्रविधिमैत्री शिक्षक समाज, नेपालको प्राविधिक सहकार्यमा शनिबार र आइतबार गरी दुई दिन यो तालिम सञचालन गरिएको हो ।
मञ्चले विगतमा सम्पूर्ण ११ ओटा विद्यालयहरुका ३ जना उत्कृष्ट छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै विद्यालयका सहकार्यकलापहरुका लागि वार्षिक रुपमा एक लाख देखि सवा एक लाख सम्म लगानी गर्दै आएको मञ्चका महासचिव रोकमान्त सापकोटाले समग्रनेपाललाई बताउनुभयो ।यसैगरी सो नगरपालिकामा स्वास्थ्य अवस्था नाजुक भएर आर्थिक अभावको कारण उपचार नपाएका नागरिकहरुका लागि कम्तीमा २० हजारभन्दा बढी आवश्यकता हेरी सहयोग गरिँदै आएको समेत वहाँले जानकारी दिनभयो । संस्थाले संस्कृतिको क्षेत्रमा प्रत्येक दुई/दुई वर्षमा त्यस क्षेत्रको पहिचान बोकेको नौमती बाजा अर्थात् पञ्चेबाजाको संरक्षणका लागि महोत्सवको आयोजना गरिरहेको र विभिन्न गायन प्रतियोगिताहरु सञ्चालन गरिरहेको समेत महासचिव सापकोटाले वहाँले बताउनुभयो । यसपालि हुनुपर्ने महोत्सव भने कोरोना कहरका कारण स्थगित भएकाे बताउनुभयाे । गत माघ महिनामा नै पहिलो चरणको अनलाइन माध्यमबाट प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएकोमा यसपटक भने प्रविधिमैत्री शिक्षक समाज, नेपालसँगको सहकार्यतामा यो तालिम सम्पन्न गरिएको हो । तालिममा प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय प्राविधिक समितिका सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक प्रभात सुवेदीले सहजीकरण गर्नुभएको थियो ।तालिमको पहिलो दिनमा उत्प्रेरणात्मक कक्षाका साथै गुगल आइडी निर्माण तथा युट्युवका बारेमा सहजीकरण गरिएको थियो । दोस्रो दिनमा गुगल फर्म निर्माण तथा गुगलमा बोलेर नेपाली टाइपिङ र जुम एप्लिकेसनको बारेमा सहजीकरण गरिएको थियो भने प्रशिस केन्द्रीय अध्यक्ष भूपति वश्यालद्वारा मोबाइल एप्लिकेसनको शिक्षण सिकाइमा प्रयोगबारे प्रयोगात्मक तरिकाले सहजीकरण गर्नुभएको थियो । यसैबीच प्रशिक्षक सुवेदीले सहभागीहरुको उत्साह र माग भएबमोजिम जेठ ३१ गते पुनः पावर प्वइन्टका बारेमा सहजीकरण गर्नुहुुने भएको छ ।वामी–विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रा. डा. ईश्वरी प्रसाद पाण्डेयको सभाध्यक्षतामा सम्पन्न गरिएको तालिममा संस्थाका डा. तारा प्रसाद सापकोटा, प्रा.डा. ज्ञान बहादुर थापा, प्रा.डा. जीवलाल सापकोटा, राम के.सी., देवीराम शर्मा, ज्ञानहरि सापकोटा, रामचन्द्र सापकोटा, महेश घिमिरे, रुद्रावती बहुमुखी क्याम्पसका प्रमुख रामु तिवारी लगायत सहभागी विद्यालयहरुका प्रधानाध्यापकहरु, शिक्षकहरु,  विद्यालय व्यवस्थापन समितिका व्यक्तित्वहरु लगायतको उपस्थिती रहेको थियो ।मञ्चले नेपालको बुटवल, चितवन र काठमाडौ गरी तीन स्थानमा र विभिन्न ८ ओटा मुलुकहरुमा आफ्ना शाखाहरु विस्तार गरी सेवा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button