Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
बजारीकरणको ग्यारेन्टी सरकारले गर्छ  ः प्रदेश सभा सदस्य आचार्य – समग्र नेपाल

बजारीकरणको ग्यारेन्टी सरकारले गर्छ  ः प्रदेश सभा सदस्य आचार्य

प्रदेश विशेष

लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले कृषकले उत्पादन गरेको कृषि उपजको बजारीकरणको ग्यारेन्टी सरकारले लिने बताउनुभएको छ । व्यवसायिक कृषि उत्पादन केन्द्र मकै ब्लक कार्यक्रम अन्र्तगत सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाले सन्धिखर्क नगरपालिका वडा नं १२ मा मङ्गलबार आयोजना गरेको ५० प्रतिशत अनुदानमा बीउ तथा कृषि उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै आचार्यले किसानको कृषि उपजको बजारीकरण सरकारले गर्ने बताउनुभएको हो । वहाँले संघ, प्रदेश तथा स्थानीय सरकारले समेत सबै पालिकामा कोल्ड स्टोर स्थापना सुरु गरेको भन्दै अब सोही केन्द्रमा संकलन गरी बजारीकरणको अबधारणा अगाडि सारिएको बताउनुभयो । किसानलाई अनुदानमा १८ थान हाते ट्याक्टर (मिनीटिलर) तथा मकै छर्ने मेसिन र मकैको बीउ हस्तान्तरण गर्दै नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष समेत रहुनुभएका नेता आचार्यले किसानले आधुनिक प्रबिधीको प्रयोग गरी उत्पादन गर्नुपर्ने भन्दै सरकारले किसानलाइ कृषि सामग्रीमा ५० प्रतिशत देखि शतप्रतिशत अनुदानको समेत व्यवस्था गरेको बताउनुभयो ।सूर्योदय बहुउद्देश्यीय सहकारीको कार्यालय समेत उद्घाटन गर्दै आचार्यले सूर्योदय सहकारीलाई जिल्लाको उत्कृष्ट सहकारीको रुपमा कार्य बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । आचार्यले स्थापना कालको छोटो समयमा सहकारी जीबीको पार्जन सम्बन्धी महत्वपूर्ण कार्यक्रम अगाडि सारेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषि अर्थ बिज्ञ महेन्द्र कुमार ओझाले सहकारीले मकै ब्लक विकास कार्यक्रमबाट मकैको बीउ उत्पादन  गरी बजारीकरणको लक्ष्य राखेको बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रको ११ लाख ५० हजार र सहकारीको ११ लाख ५० हजार गरी कुल २३ लाखको कार्यक्रम तय भएको बताउनुभयो ।

कार्यक्रममा अर्घाखाँची उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठले कृषिमा आधुनिकीकरणले किसानहरुको ७५ प्रतिशत समस्या पूर्ण रुपमा निराकरण भएको बताउनुभयो । उहाँले बितरण गरिएको हाते ट्याक्टरबाट किसानको लगानी र समयको पनि बचत हुने उल्लेख गर्नुभयो ।

संस्थाका अध्यक्ष जीवलाल श्रेष्ठको अध्यक्षता, सचिव प्रकाश श्रेष्ठ र शिक्षा उपसमिति संयोजक बसन्त श्रेष्ठको सहजीकरण रहेको कार्यक्रममा कार्यक्रममा सूर्योदय बहुउद्देश्यीय सहकारीका सल्लाहकार रामबहादुर बिकको स्वागत मन्तब्य रहेको थियो ।

कार्यक्रममा सहकारीका सल्लाहकार नगेन्द्र खनाल, मोतिप्रसाद भुसाल, काशीराम श्रेष्ठ, जेष्ठ नागरिक गौरीनारायण श्रेष्ठ, गोपाल प्रसाद श्रेष्ठ, खिमबहादुर बस्याल, झबिन्द्र श्रेष्ठ लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । किसानहरुले ५० प्रतिशत अनुदानमा १८ थान हाते ट्याक्टर र बिभिन्न कृषि सामग्री र बीउ पाएपछि निक्कै खुसी व्यक्त गरेका छन ।

बसन्त श्रेष्ठ छापेलीबाट प्राप्त

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button