Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
यस्तो छ अभियानकर्मी निपेश ढाकाको शुन्य प्लास्टिक अभियान – समग्र नेपाल

यस्तो छ अभियानकर्मी निपेश ढाकाको शुन्य प्लास्टिक अभियान

विद्यालयमा गर्ने क्रियाकलापहरु

हालै सम्पन्न स्थानीय निर्वाचनमा डबल डिग्री गरेका भनेर चर्चामा आएका म्यादी प्रहरी ढाका मोहन अधिकारी अर्थात निपेश ढाका शुन्य प्लास्टिक अभियानको अभियन्ता हुन् भनेर धेरैलाई थाहा थिएन । यसैगरी उनले एकैपटक ३६५ जना नेपालका स्थापित पुराना तथा नयाँ पुस्ताका कलाकारहरुको आवाजमा पर्यावरण सम्बन्धी गीत रेकर्ड गराएर पनि विश्व कीर्तीमान कायम गरेका छन् । उनी निरन्तर पर्यावरणसँग सम्बन्धित रहेर यसको संरक्षणको अभियानमा निरन्तर लागिरहेका छन् । उनैको फैसबुक वालबाट हामीले यो सामग्री साभार गरेका छौँ । उनले सञ्चालन गर्ने विद्यालयमा सरसफाइको अभियानमा के के गरिन्छ भन्ने बुँदाहरु समेटिएका यी बुँदाहरु हजुरहरुका लागि पनि उपयोगी हुन सक्दछ । हौसला, आत्मवल, व्यवस्थापन र अभियानलाई निरन्तरता दिने आधार यीनै शब्द हुन् भन्दै २०७६ सालको एक अनुभव अनि सम्बन्धित शिक्षकबाट आएको प्रतिकृया सहितको यो पोस्ट पढेपछि सबैलाई सेयर गरिदिनुहोला ।

१. वातावरण सम्बन्धि चेतनामूलक वृत्तचित्र (रोदन) प्रदर्शन गर्ने ।
२. कक्षागत रुपमा रहनसहन,स्वास्थ्य, सरसफाई विषय सम्बन्धि प्रशिक्षण ।
३. शून्य पोलिथिनको अबधारणा सम्बन्धि वृत्तचित्रको प्रदर्शन ।
४. कक्षा कोठाको सरसफाई ।
५. शौचालय सररफाई (यो नितान्त मेरो व्यक्तिगत काम हो, प्रधानध्यापक र कार्यलय सहयोगी राखेर २ दर्जन भन्दा बढी विद्यालय सरसफाई गरिसकेको छु, धेरै विद्यालयमा प्रधानध्यापको ले कार्यलय सहयोगिलाई सफाई गर भन्न नसक्ने अवस्था रहेछ )।
६. विद्यालय परिसर सरसफाई तथा क्यानटिनको सरसफाई सम्बन्धी सल्लाह तथा सुझाव दिने ।
७. विद्यार्थीहरुलाई सामुहिक खेल, विशेषत पोलिथिनजन्य पदार्थको व्यवस्थापन, र पोलिथिनजन्य पदार्थ जलाउँदा मानव स्वास्थ्य, माटो र समग्र पर्यावरणमा हुने असर तथा हानिका बारेमा जानकारी गराउने ।
८. विद्यालय वरपर २०० मिटर पुर्ण सरसफाई गरी र्यालीको आयोजना गरिने ।
९. विद्यार्थी तथा शिक्षकलाई पोलिथिनजन्य पदार्थको दीर्घकालिन व्यवस्थापनमा प्रण, कसम सहित विद्यालयलाई शून्य पोलिथिन घोषणा ।
१०. टोलहरुमा पनि अविभावकहरुलाई माथिका केहि कार्यक्रम गर्ने हुँदा विद्यार्थी को घर र टोलमा पनि अनुगमन ।
११. नगर क्षेत्रमा अभियान निरन्तर भईञ्जेल विद्यालयको निगरानी ।

माथिका उल्लेखनिय क्रियाकलाप गर्न हामी करिव ७–१० जनाकोे समुहले दुई दिन लाग्छ । कक्षागत रुपमा कक्षा सञ्चालन गर्ने हुदा वाधा अबरोध नगरी संयमित पुर्वक गरिन्छ । यसबाट हामिले पनि धेरै कुरा सिक्छौं । यसर्थ विद्यालय व्यवस्थापन, शिक्षक तथा शिक्षिकाको क्रियाकलाप, शिक्षणको गुणस्तर, कुन क्षेत्र, संस्कारबाट विद्यार्थी आएका छन्, समग्र समुदायको ज्ञान, शिक्षकहरुको रुचि र सिकाई पद्दति, शिक्षकका सन्तानको शिक्षा गुणस्तर र उनिहरुको विद्यालय छनोट र अन्य ज्ञान बर्द्धक कुराहरु समेत प्राप्त गर्ने माध्यम बनेको छ यो अभियान । यसरी अभियान रुपन्देही र तनहुँका २०० विद्यालय र अन्य नेपालका विभिन्न स्थानमा चेतना मूलक कार्यक्रम ४०० भन्दा बढि विद्यालय गरि ६०० भन्दा बढि स्थानमा सम्पन्न भईसकेको छ ।

आज तनहुँको ब्यास नगरपालिकाको एक माध्यमिक विद्यालयकी शिक्षिकाले मलाई फोन गरेर भन्नुभयो ।
“दुई दिन हाम्रो विद्यालयमा तँपाईको कार्यक्रम हुँदा हामी शिक्षकहरु स्टाफ रुममा बसिरह्यौं । तँपाईहरुको कामलाई हाम्रै विद्यालयमा आउँदा हामि शिक्षित व्यक्तीले चिन्न सकेनौ, आज तँपाईको को हो र तँपाईको अभियान के हो ? म्यादीको बर्दी (पोशाक) बाट थाहा पाउँदा नमज्जा लागिरहेको छ । यो कुरा पनि अष्ट्रेलियाबाट छाेरीले भनेर बल्ल थाहा पाएको, म लगायत केही शिक्षक साथीहरुलाई पश्चाताप लागिरहेको छ । तपाईँको अभियानलाई शुभकामना ।“

तस्विरः पशुपति मा. वि. तिलात्तमा –१५, रुपन्देही (मंसिर,२०७६)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button