Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
गाइनेलाई प्रेमपत्र (पैदल यात्रा : ५० दिनमा महाकाली मेची) – समग्र नेपाल

गाइनेलाई प्रेमपत्र (पैदल यात्रा : ५० दिनमा महाकाली मेची)

सांस्कृतिक मौलिकताको नेपाल यात्रा सम्पन्न

प्रिय गाइने
तिमीलाई ह्वाप्पे अँगालो ल !
तिमीलई आराम होला । खुशीले म त यता हर्षका अश्रुधारा बगाउँदैछु । शुरु शुरुमा मलाइ लागेको थियो लाग्ने गर्थ्यो यो के गरेको होला ? के भनेको होला रु अकल्पनीय अनि अविश्वसनीय प्रसङ्ग गरिरहने मान्छे । आफ्नो थर आचार्य तर “गाइनेू’ किन राखेको होला म अचम्मित थिएँ । अनि रेडियो भेरीको कार्यक्रममा भन्ने गर्थ्यो “तपाईंको मनको सारङ्गी रेट्ने म गाइने’ । कुरा यो पो रहेछ । वास्तवमा सारङ्गी बजाउने गाइने त होइन रहेछ यो मनुवा । त्यसपछि बुझेँ मैले वास्तविकता ।
मसँग ठ्याक्कै त कहिलेबाट भेट भयो या चिनाजानी भयो म भन्न सक्दिन तर हामीबीचको सम्बन्ध भने निकै गहिरो बन्दै गइरहेको थियो । वास्तविक साथीले कि त जेलमा कि त चितामा साथ दिन्छ भन्छन् । बुबा परलोक जाँदा मलाई भेट्न सुर्खेतदेखि बर्दिया झरेको थियो उ । बेलाबखत बर्दियामा हुने सांस्कृतिक कार्यक्रमहरुमा मैले बोलाइरहन्थेँ साथमा सुनिता बि.सी. पनि आउने गर्थिन् जसले नेपालको लोक दोहोरीको क्षेत्रमा पछिल्लो समयमा एकछत्रै राज गरेकि छिन् । किन किन मलाई तिम्रो धार्मिक अनि सात्विक विचार र आनीबानी निकै मन परेको थियो साथसाथै सादगी खानपानका कारण पनि मसँगको सम्बन्ध निकै गहिरो भएको थियो किनकि म पनि उही प्रकृतिको मान्छे ।

मेरो सुर्खेतको प्रत्येक यात्रामा तिमीसँग नभेटेको पल हुँदैनथ्यो र रेडियो भेरीमा पुगेर अन्तर्वार्ता लिइहाल्नुपनर्ने तिम्रो बानी । सायद बाँकी हाम्रा भलाकुसारी भने रेडियो भेरीमै हुने गर्थे । किन किन म पनि रेडियो भनेपछि हुरुक्कै पर्ने रेडियोसँग परिचित भएकोले उसलाई मसँग बसेर कार्यक्रम चलाउँदा निकै मज्जा आउने गर्थ्यो तिमी भन्ने गर्थ्यौ । तिमीले नै गर्दा मेरा गीतरु ‘उज्यालो बिहानी’, ‘अबत वर्खा लाइक्यो’, ‘धार्नीको कोदाली’ लगायत दर्जनौँ गीतहरु रेडियोबाट प्रसारण भएका थिए ।
विगत केही वर्षदेखिको तिम्रो बिहानी यात्रामा बुबाका सिर्जना र मेरो आवाजमा समेटिएको ‘भवसागर’ भजन सङ्ग्रहका ७ भजनहरु निरन्तर साथी बनिरहेका थिए म निकै आल्हादित भएँ । जब भजन बज्दै गर्थ्यी कहिले जङ्गलको यात्रा कहिले पहाडका कुना कन्दराहरुमा पुगेर मलाई झिस्मिसेमा ब्युँझाउँथ्यौ तिमी । केही महिना अघि पैदलै सुर्खेतबाट रुपैडिया आएर पाँच किलो नून किनेर फर्केका थियौ । बाबु बाजेले कस्तो दुख गरेका रहेछन् भनेर अनुभूति गरेको रे, बडो अचम्म ! अनि त्यसैगरी नेपालको दोस्रो सगरमाथा मानिने बडिमालिका पनि पैदलै यात्रा गरेको थियो जुन चुचुरोमा पुगेर सारङ्गी बजाएर आयौ । सायद यति अग्लो स्थानमा पुगरेर सारङ्गी बजाउने पहिलो कलाकार तिमी नै हुन सक्छौ ।
नामको पछाडि थर मात्रै हैन वास्तविकता दिनका लागि सुर्खेती कलाकारको आँगन बागिनामा आवद्ध भएर उसले सारङ्गी सिक्दै गर्दा मैले अझै औंला फड्कार्न पर्यो है भन्थेँ । लगन तिमीमा छुट्टै थियो ।
यही सिकाइ र लगनका अनि निरन्तरको साधनाबाट तिमीले अब एक चरणको सिद्धि प्राप्त गरेका छौ या भनौँ साङ्गितीक वुद्धत्व प्राप्त भएको छ । मौसम चैत र बैशाख अनि यो पालुवा पलाउने समय र गर्मी पनि उस्तै तर लगातार ५० दिनसम्म पैदल यात्रा साथमा सारङ्गी, मादल, बाँसुरी र आफ्ना बन्दोवस्तीका सामग्रीहरु बोकेर हिड्दा यो यात्रा कम ता चुनौतीपूर्ण थिएन । कति ठाउँमा बिसाइ मार्यौ, कति ठाउँमा भोकै प्यासै पनि हिँड्यौ, दिन भनेनौ रात भनेनौँ अविराम पैदल यात्रालाई निरन्तरता दियौ । कहिले झण्डासँगै सुत्यौ थकान मार्यौ वर अनि पिपलका चौतारीहरुमा नेपालकै प्रकृतिको रसस्वादन पनि गर्यौ। खुट्टामा कति फोरा उठायौ कति रगत बगायौ, तिमीले बोकेको नेपालको राष्ट्रिय झण्डा अनि नेपालमा बनेको गोल्डस्टार जुत्ताको सम्बन्ध तिम्रो फेसबुक पोस्टले प्रष्ट पारेकै थियो । प्रिय साथी शेरु ! म राम्ररी जान्दछु तिमीले भोगेका कष्टहरु । यो त साधना थियो तिमीले नै भन्ने गर्दथ्यौ तर सम्झिँदा पनि आङ्ग जिरिङ्ग हुने । निरन्तर लागेपछि सफलता प्राप्त हुने रहेछ भन्ने कुराको उदाहरण आज आफै बन्यौ तिमी । मेरा मनका साथीहरु निकै सिमित छन् जसमध्ये तिमी पनि हौ भन्न पाउँदा निकै गर्व महशुस गरेको छु प्रिय गाइने !

नेपाल आमाको धर्तीमा आफ्ना पदचापहरुले सुम्सुम्याउँदै महाकाली देखी मेचीसम्मको यात्रामा कहिँ कतै पनि विचलित भएनौँ । कोही कसैले गोहीको आँशु बराबरको यात्रामा सहयोग गरेको नाटक गर्दा पनि तिमी भने कैलाश पर्वतको शीला अनि पहाडि सती साल बनेर आफ्नो निर्णय र लक्ष्यप्रति सदा समर्पित भइ दुनियाले जे गरे गरोस् मेरो लक्ष्य यहि नै हो अरु मलाई केही मतलब छैन भनी निरन्तर लागिरह्यौ तिमी । मैले धेरै सहयोग गर्न सकिनँ तर यात्राका क्रममा चिनेजानेका साथीहरुलाई सहयोग गरिदिन आग्रह मात्र गरेको हुँ जुन मेरो कर्तव्य पनि त थियो ।
अब तिमी यो देशकै सुपुत्र बनेका छौँ ।  तिमी अब नेपाली मौलिक लोक गीत सङ्गीतको सेनानी बनेका छौँ । अब तिमीमा नयाँ नयाँ सोच आओस् । अझ सुन्दैछु, यो यात्रालाई पैदलै काठमाडौँ पशुपतिनाथसम्म पुगेर मात्र विराम दिनेछौँ । आफ्नो स्वास्थ्य अवस्थालाई पनि विचार गर्नु । अब भने केही दिन शारीरिक आराम गरेर मात्रै बाँकी कर्म गर्ने हो कि सोच्नु ल ।
जीवनमा सदा सजग रहनू । नेपालमा आफ्नो कर्म मात्रै गर्ने हो । केही होला भनेर गर्ने अवस्था अझै बनिसकेको छैन । कुनै दिनमा तिम्रो यो कर्मको यथार्थ मूल्याङ्कन हुनेछ । कसै कसैले यस्तो काम गर्नेलाई पागलको उपमा दिने गर्दछन् । यी सबै कुरा तिमीले यात्राको क्रममा भोग्यौ देख्यौ पनि । यस कुरामा सदा सजग रहनू ल । लेख्न त धेरै नै मन थियो । यति धेरै भावनाहरु उर्लिएर आएका छन् तर के गर्ने यो विचार पढ्ने कि त तिमी हौ कि त म हुँ । अरु कसैले विरलै पढ्लान् । जो जसले पढ्नुहुन्छ नि वहाँहरुप्रति सतत् नमन अनि हार्दिक सम्मान हामीलाई साथ दिनुभएकोमा ।
डियर प्यारे अन्त्यमा अब तिमीलाई मेरो तर्फबाट एउटा उपहार दिन चाहन्छु । त्यो उपहार भने यहाँ सार्वजनिक गरिन भेटेरै भनेर गरेर छाड्नेछु ।
जय लोक संस्कृति ।
उही तिम्रो सदा भलो र उन्नती चाहने
प्रभात सुवेदी
शिक्षक/लोक संस्कृतिकर्मी
बर्दिया ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button