Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
संजिवले चुमे आइडलको उपाधि – समग्र नेपाल

संजिवले चुमे आइडलको उपाधि

बर्दिया आइडल सिजन २

जागरुक युवा समाज बर्दियाले आयोजना गरेको बर्दिया अनलाइन गायन प्रतियोगिता बर्दिया आइडल सिजन २ आज बर्दियाको गुलरियामा सम्पन्न गरिएको छ ।
लकडाउनको अवधिमा अनलाइन माध्यमबाट आयोजना गरिएको यो प्रतियोगितामा फाइनल चरण मात्रै बाँकी राखी अन्य राउण्डहरु सम्पन्न गरिएको थियो ।

आज भएको फाइनल प्रतियोगितामा सहभागी चार जना प्रतिष्पर्धीहरुमध्ये बर्दियाका संजिब चौधरी उपाधि चुम्न सफल हुनुभएको छ । वहाँले नगद आठ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको हो । यसका साथै वहाँले पब्लिक अवार्ड पनि हात पार्न सफल हुनुभएको छ । दृष्टि सम्बन्धि फरक क्षमता हुनुभएका संजिवको प्रस्तुतीलाई उपस्थित दर्शकहरुले निकै मन पराएका थिए । यसैगरी बर्दियाकै सुधा परियार उपविजेता हुँदै नगद पाँच हजार सहित ट्रफी र प्रमाण पत्र हात पार्नुभएको छ भने बर्दिया बाँसगढीका सरोज कुँवर तृतीय भई तीन हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यसैगरी कैलालीकी ईशा ऐरले सान्त्वना स्थान प्राप्त गरी नगद एक हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

‘दि थिङ्स अफ द डे’ युट्युबाट गुलरिया ४ बर्दियाका सञ्जय वि.क. ले आफ्नो व्यक्तिगत प्रयासमा लकडाउनको अवधिमा शुरु गर्नुभएको यो अनलाइन गायन प्रतियोगितामा शुरुको चरणमा २४ जना छनोट भई विभिन्न चरणहरु हुँदै अगाडि बढेकोमा पछि जागरुक युवा समाज नामक संस्था दर्ता गरी यो कार्यक्रमलाई अगाडि बढाउँदै गएको कार्यक्रम संयोजक सञ्जय वि.क. ले बताउनुभयो ।
गुलरियामा सम्पन्न फाइनल चरणको प्रतिष्पर्धामा तीन चरणहरुमध्ये पहिलो चरणमा स्वेदश गीत, दोस्रो चरणमा लोक गीत र तेस्रो चरणमा प्रतियोगीकै रोजाइको गीत प्रस्तुत गरेका थिए ।

जागरुक युवा समाजका अध्यक्ष सञ्जय खनालको अध्यक्षता सम्पन्न बर्दिया आइडल सिजन २ को अन्तिम चरणको प्रतियोगिता गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यता र लोक गायक एकराज पौडलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि नगर प्रमुख यादवले यस प्रकारका कार्यक्रमहरुमा नगरपालिका सदैव साथ रहने बताउनुहुँदै आगामी दिनमा पनि निरन्तर सहयोग रहने बताउनुभयो ।
गायक, संगीतकार तथा सञ्चारकर्मी प्रभात सुवेदी निर्णाक संयोजक रहुनुभएको फाइनल चरणमा गायक विष्णु थापा, हिमान्सु पोख्रेल, गेमराज गिरि निर्णायक सदस्यको भूमिकामा रहनुभएको थियो ।

विजेता उपविजेता तथा सहभागीहरुलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अग्रज व्यक्तित्व खगेश्वर गौतमले प्रदान गर्नुभएको थियो ।
यस आइडललाई आगामी संस्करणहरु सञ्चालन गरी निरन्तरता दिँदै जाने आयोजकले जनाएको छ ।

निर्णायक टिम

कार्यक्रमका अनलाइन अडिसनदेखिका सबै भिडियो हेर्नका लागि The things of the day को यो च्यानलमा क्लिक गर्नुहोला ।
YouTube Channel: The Things Of The Day

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button