Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
राष्ट्रपति शैक्षिक सुधारको नाममा ठगी गर्ने पक्राउ – समग्र नेपाल

राष्ट्रपति शैक्षिक सुधारको नाममा ठगी गर्ने पक्राउ

बर्दिया प्रहरीको अर्को सफलता

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सप्लाई प्रोजेक्ट नामको व्यानर प्रयोग गरी सार्वजनिक नीजि साझेदारीमा विद्यालय, क्लब, सहकारी, वडा, एनजिओ र पालिकालाई शैक्षिक तथा प्राविधि सहयोगका नाममा ठगी गर्ने एक व्यक्तिलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
साइबर एण्ड लाइब्रेरी प्रोजेक्ट नामबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सप्लाइ प्रोजेक्ट भन्दै प्रविधिको जानकार नभएका विद्यालय तथा संघ संस्था तथा व्यक्तिहरुलाई वेभ म्यासेज, ह्वाट्सएप, टेक्स म्यासेज मार्फत विशिष्ट व्यक्तिहरुको नाम समेत उल्लेख गरी वहाँहरुबाटै बितरण हुँदैछ भनी अनेकन प्रलोभन देखाई झुक्याई न्यून गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु १ लाख बढी मूल्य पर्ने सामानको खरिदमा चेकमा कारोबार नगरिने तर नगदै रु. ५० हजार नगद वा राष्ट्रिय बाणिज्य बैंक सिंहदरबार शाखामा रहेको साइबर एण्ड लाइब्रेरी सर्भिसेसको खाता नं. ११३०१००००४१८४००१ मा नगद जम्मा गरेको भौचर, संस्थाको दर्ता प्रमाणपत्र र संस्थाको पत्र लिइ उपस्थित हुन भन्दै बिक्री गरिरहेकोमा कम्युटर एसोसियसन महासंघ, बर्दिया शाखा र प्रविधिमैत्री शिक्षक समाज जिल्ला समन्वय समिति बर्दियाले दिएको सूचनाका आधारमा बर्दिया प्रहरीले गुलरिया नगरपालिका वडा नं. ६ स्थित बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको परिसरबाट सामग्रीहरु वितरण गरिरहेकै अवस्थामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई २३ गते सोमबार पक्राउ गरेको हो ।निजले यस अघि नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा विकास तथा समन्वय इकाई बाँकेबाट पनि यसैगरी सामानहरु विक्री गरिरहेको र केही विद्यालयहरुले खरिद गरेको प्रभात माध्यमिक विद्यालय जि गाउँका प्रधानाध्यापक नगेन्द्र सुवेदीले बताउनुभयो ।
सामानहरु किनेर लगेपनि विद्यालयहरु नखुलेका कारण सामानहरु लगेर विद्यालयमा नै थन्क्याइएका कारण सो सामानको गुणस्तरका बारेमा जानकारी नभएकाले पनि बाँकेमा यसको बारेमा कसैले सूचना नदिएको र नबुझेकाले उक्त व्यक्तिले ठगी गर्न अझै हौसिएका कारण आफ्नो टोलिसहित बर्दियामा सामानहरु ल्याएको हुन सक्ने धम्बोझी माध्यमिक विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेका क्षेत्रीबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक ३ थान, साईबर एण्ड लाइब्रेरी सर्भिसेसको नाममा रहेको बिल ठेली ४ थान, प्रिन्टर १९ थान, प्रोजेक्टर १७ थान, पेन ड्राइभ १७ थान, क्याल्कुलेटर १७ थान, राइटिङ बोर्ड २० थान, सिसिटिभी क्यामेरा १८ थान, कि बोर्ड १९ थान, नेपाली बृहत् शब्दकोश किताब ७ थान, अक्सफोर्ड शब्दको ३० थान, विभिन्न अन्य पुस्तकहरु र क्यालेन्डर भएको कार्टुन २९ थान बरामद गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।
उल्लेखित सामानहरु लोट्टे चोकोपाई र सूर्य चुरोटको कार्टुनभित्र प्याकिङ गरी राखिएको र माघ २३ र २४ गते शिक्षा विकास तथा समन्वय इकाई गुलरिया र बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयबाट विशिष्ट व्यक्तिहरुको उपस्थितीमा सहुलियत शैक्षिक तथा प्राविधिक सामग्रीहरु वितरण हुँदैछ भनी विभिन्न संघ–संस्थाका पदाधिकारीहरुलाई सूचना पठाइ, फोन गरी अफवाह फैलाई न्यून गुणस्तरका सामग्रीहरु बढी मूल्यमा बिक्री वितरण गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी शाहीले बताउनुभएको छ ।
र्बिर्दयामा केही संघ संस्था तथा विद्यालयहरुले उक्त सामानहरु खरिद गरेर लगेको र कार्यालयमा लगेर हेदौ सामग्रीहरु गुणस्तरीय नभएकोले ठगीमा पारिएको भनी जाहेरी परेको थियो । राजापुर नगरपालिकाको कालिका माध्यमिक विद्यालय चनौराका प्रधानाध्यापक बीरबल चौधरीले राष्ट्रपति शैक्षिक सुधारको नाम अनि विशिष्ट व्यक्तिहरुको नाममा म्यासेज तथा पटक पटक फोन आएपछि विश्वासमा परियो र सामान लिन गयौँ, त्यहाँ पुगेर विशिष्ट व्यक्तिहरु तथा औपचारिक कार्यक्रमका बारेमा जानकारी लिन खोज्दा, ‘अहिले कोरोनाको समय भएकाले वहाँहरु आउनुभएन, धेरै भिडभाड पनि गर्न भएन, भन्दै बरु सामान लिएर छिटो गैहाल्न भनेकाले आफूले सामान लिएर गएको तर विद्यालयमा गएर सामान खोलेर हेर्दा कोटाकेटीका खेलौना जस्ता भएको बताउनुभयो ।
निज आरोपीलाई सम्मानित बर्दिया जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button