Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
रातभरीमा मर्छ अनि बेड खाली हुन्छ ! – अन्जु सापकोटा ‘अनु’ – समग्र नेपाल

रातभरीमा मर्छ अनि बेड खाली हुन्छ ! – अन्जु सापकोटा ‘अनु’

एक प्रयोगशालाकर्मीको दु:खद अनुभव

“कल गर्यो भेन्टिलेटरमा एउटा बिरामी छ आइ सि यु मा बिरामी छ त्यो रात भरिमा मर्छ बेड खाली हुन्छ चिन्ता नगर्नुस ।कस्तो दिन आए एउटा बेडको लागि सारा संसार गुहार्दा पनि नपाउनु ।”

धेरै दिनदेखी छाती दुखिरकेको थियो ।आफू कोभिडको लागि अग्र पङ्तिमा रहेर काम गरिरहेकोले कोभिडको संका नलाग्ने त कुरै भएन कोभिडको लागी एन्टिजेन जाँच गराँए । नेगेटिभ आयो । बिस्तारै छाती दुख्दै छ घाँटी दुख्न थाल्यो हल्का खोकि लाग्दैछ तर पनि काम गरिनै रहेको छु । कोभिडको लागि नमुना संककन गर्नु पर्ने सुरक्षित हुन सुरक्षित हुने उपाय नि अपनाउनु पर्ने पि पि इ लगाएर फुकालेर राख्दा साच्चै नै नुहाएको भन्दा कम पसिना हुदैन । शरीरबाट धेरै पसिना जाने भएकोले होला लखतरान परिन्छ ।

न त खान नै मन लाग्ने न त निन्द्रा नै लाग्ने सिमित सामान हुने कहिले कुन सामान नपुग्ने कहिले जाँच गर्ने सामान भन्दा जाँच गर्नु पर्ने बिरामी धेरै भइदिने त्यो कठिन समय पार गर्न भने केही स्टाफ साथीहरु हुनुहुन्छ। सहयोग अनि दुख देखिदिने । फिल्डमा बसेर नमुना संकलन गर्न त्यति सहज छैन ।कोहि नेताको सोर्स लिएर आउँछन् त कोहि म वडा अध्यक्षको मान्छे वडा सदस्यको मान्छे भन्दै कोहि चिठी बोकेर त कोहि एकै छिन बोल्नुस रे फोनमा भन्दै आउँदा लाग्छ यस्तो समयमा त यसरी सोर्स र फोर्सको भरमा काम हुन्छ भने अरु बेला के होला!

पि सि आर को नमुना संकलन गर्न नमुना पठाएको थाहा छैन त्यो रिपोर्ट कहिले आउँछ । जटिल समस्याले गर्दा नमुना संकलन गर्न पठायो रिपोर्ट न आइ पुग्दा त्यो बिरामिको अबस्था थाहा छैन के हुने हो। एउटा सानो अस्थाइ कोभिड अस्पताल बिरामीको चाप नर्सिङ स्टाफको डिउटी दुई जना त्यस्मा पनि डाक्टर कोभिड पोजेटिभ भएर घर बस्नु पर्ने बाध्यता नर्सिङ स्टाफको त्यो दुख देख्दा कस्को आँखा बाट आँसु न आउला र! एउटा बिरामी सिरियस रिफर गर्न पर्यो मेयर साप यस्तो भयो उहाँलाई गुहार्न पर्यो त्यो जटिल अबस्थामा मेयर साब को आगमनले बिरामीको अलि कति आशा पलाएको हो कि आभास हुन्छ ।

भेरी हस्पिटल नेपालगन्ज रातको १२बजे मेयर साबको कल जान्छ बेड छैन भन्ने उत्तर आउँछ ।हजुर मेरो जनता हुन सर जसरी नि एउटा बेड मिलाइदिनु पर्यो । मेयर साब बेड नम्बर …. यतिको बिरामी सिरियस छ के गर्नी उत्तर आउँछ पख्नुस है म कल गर्छु ।बल्ल बल्ल एम्बुलेन्समा हालेर मेयर साब नर्सिङ स्टाफ स्वास्थकर्मी सबै मिलेर पठायो। २४घन्टा सम्म बेड पाउदैनन् ।सिस्टर बेड पाइएन मेयर साब बेड पाइएन लौन के गर्नी भन्दिनु पर्यो। यस्तो आवाज सुनी रहँदा मेयर साबको आँखा पनि किन नरसाओस् पख्नुस म कल गर्छु ।

कल गर्यो भेन्टिलेटरमा एउटा बिरामी छ आइ सि यु मा बिरामी छ त्यो रात भरिमा मर्छ बेड खाली हुन्छ चिन्ता नगर्नुस ।कस्तो दिन आए एउटा बेडको लागि सारा संसार गुहार्दा पनि नपाउनु । मेयर साब हजुर नै आउनु पर्यो हस्पिटल गार्हो भयो ।बिरामिको कलको तनाब त छँदै छ ।लक डाउन कडाइ गर्नु पर्यो सबै बाट दबाबको फोन जान्छ खोइ कसैले टेर्दैनन् । किन बुझ्दैनन ब्यपारीहरु त झनै अटेरी गर्छन् कसैले भनेको मान्दैनन ।बिरामी भएको आफ्नै बाउलाई स्याहार सुसार गर्न छोडेर हिड्छन । टाढै बाट भए पनि सुरक्षाका उपाय अपनाएर बाबूलाई टाढैबाट हौसला दिए पनि त कति आनन्दको महसुस हुन्थ्यो होला। राम्रो संग सम्झाउदा मान्नु छैन थर्काउनु नै पर्छ गाली गर्नु नै पर्छ ।आफ्नै छोराछोरीले बाउ आमा आफ्नै श्रीमतिले श्रीमान श्रीमानले श्रीमतीको कुनै मतलब छैन बाहिर अमेरिका अस्ट्रेलियामा भएको छोराले मृत्यु सैयामा छट्पटीएर बसेको आमालाइ कल गरेर हाम्रो बेज्जत गरिस् भनेर आमालाइ भनिरहँदा त्यो अबस्थामा एउटा नर्सिङ र एउटा मेयरले कति सम्म गर्न सक्ला ?

त्यो दर्दनाक पीडा लगातार खोकी लगातार पखाला लगातार जरो सास फेर्न गार्हो हात खुट्टाको दुखाइ भएर छट्पटीएको अबस्था देख्दा लाग्छ भगवान् कहाँ छन? सिस्टर गार्हो भयो एउटालाई हेरेर भ्याएको छैन अर्को बेडबाट आवाज आउँछ सिस्टर टाउको फुट्ला झै भएको छ ।डाक्टर कोभिड भएर होम आइसोलेसन अन कलमा हुनुहुन्छ कल गर्यो मेडिसिनको नाम भन्दिनु हुन्छ नजिक औषधि पसल छैन औषधि लिन पठायो पाइदैन त्यही औषधि नपाएर गार्हो हुँदै जान्छ फेरि डाक्टर्लाइ कल गर्यो रिफर गर्दिनुस् ।फेरि अर्को तनाब मेडिकल कलेज कल गर्यो बेड छैन कोहलपुर मेडिकल कलेज कल गर्यो बेड छैन बाहिर छन् बिरामी यहीँ को त हजुरले त्यहाँबाट पठाएर के गर्नु हुन्छ ? भेरी हस्पिटल कल गर्यो अ हो यहाँ त एउटा बेड छैन भो भो नपठाउनु । अब लास्टमा मेयर साब गुहार्नु पर्यो । रातको ज्ञद्द÷ ज्ञ बज्छ सबैको थकान एउटै हो सबैको मानसिक टचर एउटै त हो मन भारी बनाएर कल गर्यो मेयर साब बिरामी सिरियस भयो। डाक्टर रिफर गर्दिनुस भन्नू हुन्छ के गर्नी कतै बेड छैन नपठाउनुस भन्नू हुन्छ ।

अ हो ल म आँए रात दिन नभनी जनताको सेवामा लागिरहने तिनै मेयरको आगमन हुन्छ कल गर्नु हुन्छ बेड छैन भेरी हस्पिटलको डाक्टर , चिनेको जति ब्यक्ती ,सि डि यो लाई बल्ल बल्ल कल गरेर तयार बनायो ।बिरामिको कुरुवा भन्छ म लान सक्दिन मेरो न्यून स्तर छ के गरुँ पैसा छैन भन्ने आवाज आउँछ मेयर साबले आफ्नो गोजि बाट पैसा दिएर नगर पालिकाबाट खाने बस्ने ब्यबस्थाको साथमा बल्ल बल्ल बिरामी पठाइन्छ।अस्पतालमा खटिएका नर्सिङ, कार्यलय सहयोगी कसैलाइ फुर्सद छैन न त समयमा खान भ्याउछन् न त आराम गर्न नै यो सानो १५ शैयाको अस्पतालमा त यो समस्या छ ।जन प्रतिनिधि मेयर र एक जना वडा अध्यक्ष बाहेक आज सम्म कसैको मुख देखिएको छैन आज उहाँहरु कुन दुलोमा पस्नु भएको छ खोइ ? चुनाब अघि सम्म दिनमा चार पटक नमस्कार गर्दै हिड्ने तिनै अध्यक्ष सदस्य आज कहाँ छन? कस्तो छ के छ ब्यबस्थापनकाम गर्न कतिको सहज छ भनेर हेर्न आउनु त कहाँ हो कहाँ स्वास्थ्य कर्मिको उच्च मनोवल पार्न एक कल सम्म पनि आउदैन त्यस्तो ब्यक्तीबाट जनताले के अपेक्षा राख्ने ?

तिनै मेयर ,नर्सिङ ,प्रयोगशालाकर्मी, स्वास्थ्यकर्मीको , पनि त आफन्ती होलान् नि घर परिवार छोराछोरी होलान् नि के तीनलाई आफ्नो घर परिवार छोरा छोरिको माया नलाग्ला ? याद न आउला र ?

 

 

 

नितान्त आफ्नै भोगाइमा आधारित रहेको यो आलेखमा कुनै पनि कुरा बनावटी नभएको वताउनुभएको छ । र, वहाँ बर्दिया जिल्ला मधुवन  नगरपालिकामा रहेकोअस्थाइ कोभिड अस्पताल सानोश्री स्वास्थ्य चौकी (मधुवन कोभिड अस्पताल ) मा प्रयोगशालाकर्मीका रुपमा कार्यरत हुनुहुन्छ । 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button