Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
वाङ यीको भ्रमण : आफ्नो कुरा भनेर गयो चीन, के गर्‍यो नेपालले ? – समग्र नेपाल

वाङ यीको भ्रमण : आफ्नो कुरा भनेर गयो चीन, के गर्‍यो नेपालले ?

१४ चैत, काठमाडौं । एक साताअघि स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तय भएसँगै आंकलन गरिएको थियो कि चीनले भर्खरै संसदबाट पारित भएको अमेरिकी परियोजना एमसीसीका विषयमा आफूले ‘नोट गरेको’ धारणा राख्ने छ र आफ्नै परियोजना बीआरआई अघि बढाउन जोड दिनेछ । तर, आइतबार तीन दिने भ्रमण सम्पन्न गरेर विदेशमन्त्री वाङ स्वदेश फर्किंदै गर्दा यी दुईवटै विषयमा कुनै ठोस् प्रगति त भएन नै दुई पक्षबीच औपचारिक छलफलसमेत भएन । बरु विदेशमन्त्री वाङ यीले ‘नेपालको सार्वभौमिकता र स्वाधीनता’प्रति चासो देखाउँदै आफ्नो पुरानै कूटनीतिक शैलीमा नेपाल र नेपालप्रति चासो राख्ने विदेशीलाई अप्रत्यक्ष धम्की दिएर गए ।

चीनले विदेशमन्त्रीको भ्रमणका क्रममा आफूले सचेत गराउन खोजेको सन्देश स्पष्ट रूपमा दिन सफल भएको बताउँछन् परराष्ट्र मामलाका जानकार प्राध्यापक डा. पुष्पराज अधिकारी । ‘चिनियाँहरू जे कुरामा सचेत गराउन आएका हुन् त्यो भनेर गए । ग्लोबल टाइम्समा आएको विषय नै उनीहरूले यहाँ राखेका हुन्’ प्राध्यापक अधिरकारी भन्छन्, ‘यो एक किसिमको खुलारुपमा नेपाललाई सचेत बनाएको विषय हो । नेपाललाई मात्रै हैन विदेशीलाई पनि नेपालका मामिलामा धेरै हस्तक्षेप नगरेको राम्रो भन्ने चीनको सन्देश हो ।’ यसबाट चीनले नेपालप्रति आफ्नो दृष्टिकोण थप स्पष्ट पारेको अधिकारीको बुझाइ छ ।

परराष्ट्रमन्त्री याङले नेपाली समकक्षी नारायण खड्कासँगको औपचारिक भेटका क्रममा शनिबार ‘नेपालमाथि अरूले गरेको हस्तक्षेप सह्य नहुने’ भनेर सचेत गराएका थिए । सोही धारणा अन्य नेताहरूसँगसमेत उनले राखेका थिए । यद्यपि, नेपाल र चीन दुवै पक्षले यस विषयलाई औपचारिक रूपमा सार्वजनिक स्टेटमेन्टमा कतै उल्लेख गरेनन् । तर, चिनियाँ सरकारी समाचार संस्थाहरूले भने विदेशमन्त्री वाङ यीलाई नै उद्धृत गरेर यस विषयलाई उल्लेख गरे ।

‘नेपालको विषयमा यहाँका जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास हो । यदि कसैले नेपालको सार्वभौतसत्ता र स्वाधिनतामा आँच पुर्‍याउने, यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र मुलुकलाई भूराजनीतिक खेलमा धकेल्ने कोसिस गर्‍यो भने चीनले त्यसको विरोध गर्छ,’ चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाइम्स र सिन्हुआले विदेशमन्त्री वाङले समकक्षी खड्कासँग राखेको धारणा भन्दै उल्लेख गरेका छन् ।

भ्रमणको क्रममा दुई पक्षबीच ‘नेपालको स्वस्थ घाँस निर्यात गर्ने’ देखि ‘रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी बैठकको दस्तावेजमा हस्ताक्षर’ गर्ने खालका ९ वटा बुँदामा समझदारी भयो । तर, सरकार र विभिन्न राजनीतिक दलका नेतासँगको भेटमा चिनियाँ पक्षले कतै पनि एमसीसी परियोजना पारित भएकोप्रति प्रत्यक्ष रूपमा कुनै चासो प्रकट गरेन ।

साथै, नेपालले पाँच वर्षअघि हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै योजना अघि सार्न नसकेर अलपत्र परेको आफ्नो महत्वाकांक्षी परियोजना बीआरआई अघि बढाउने विषयमासमेत चिनियाँ विदेशमन्त्रीको भ्रमण टोलीले कुनै ठोस पहल लिएन ।

भ्रमणका क्रममा बीआरआईका विषयमा कुनै छलफल नहुनुले चीन एमसीसीपछि नेपालसँग सशंकित बनेको र सम्बन्धलाई नयाँ तवरले अघि बढाउन खोजेको बुझाइ धेरैको छ ।

परराष्ट्रमन्त्री वाङसँगको भेटमा सहभागी सत्तारुढ दलका एक शीर्ष नेता यसअघिका अधिकांश भ्रमणमा बीआरआईको विषयमा छलफल हुने गरेको भएपनि यसपटक विदेशमन्त्री वाङको टोलीसँग त्यस्तो कुनै छलफल नहुनुले चीन नेपालसँग सशंकित रहेको बताउँछन् । ‘उनीहरू नेपालको स्थिति बुझ्न आएका हुन् । २०१७ देखि अहिलेसम्म चिनियाँ पक्षसँग हुने प्रायः भेटहरूमा बीआरआईको विषय उल्लेख हुन्थ्यो तर, यसपटक भएन । यसले नै नेपाल र चीनको सम्बन्ध कस्तो छ, भन्ने संकेत गर्छ,’ वाङसँगको भेटमा सहभागी सत्तारुढ दलका ती नेताले भने, ‘चीनले नेपालका पार्टीबाट गरेको अपेक्षा पूरा भयो कि भएन भन्ने उनीहरूले औपचारिक रुपमा भनेनन् । तर, नेपालको सरकार अमेरिकाको पोल्टामा गएको र आफ्नाबिरुद्ध गतिविधि गरेको अनुभूति गरेर गए ।’

परराष्ट्र तथा सुरक्षाविद इन्द्र अधिकारी एमसीसी पारित हुनुलाई चीनले आफ्नो कूटनीतिक असफलताका रूपमा लिएर नयाँ रणनीति तय गर्नका लागि विदेशमन्त्री वाङ भ्रमणमा आएको बताउँछिन् । ‘यसपालि उनको भ्रमण एमसीसीपछि नेपालको मनस्थिति बुझ्नका लागि नै हो ।

चीनले एमसीसीलाई कूटनीतिक असफलताका रूपमा लिएको होला । पारित त भयो, कार्यान्वयनको सिंगो पाटो बाँकी छ’ अधिकारी भन्छिन्, ‘तर, कतै न कतै अहिले बीआरआई स्थगित जस्तो हुनु र प्रसस्त प्रयासका बाबजुद एमसीसी नरोकिनुले चीनलाई ठेस लागेको थियो । त्यस परिस्थितिमा के गर्दा हुन्छ भन्ने बुझ्न वाङ भ्रमणमा नेपाल आएका हुन । संभवतः बुझेर गएका होलान् ।’

नेपाल र चीनबीच नौ समझदारी : पुराना मुद्दाका नयाँ दस्तावेज

उसो त वाङ सिधै नेपाल भ्रमणमा मात्रै आएका थिएनन् । उनले आफ्नो भ्रमणलाई दक्षिण एसिया केन्द्रीत बनाएका थिए । पाकिस्तान, अफगानिस्तान हुँदै भारतबाट नेपाल पुगेर उनले आफ्नो भ्रमणको बिट मारे । तर, सबभन्दा बढी समय उनले नेपालमा नै बिताए । परराष्ट्रविद् अधिकारी विदेशमन्त्री वाङले दक्षिण एसिया केन्द्रित भ्रमण गरे पनि नेपाललाई प्राथमिकतामा राखेको बताउँछिन् । ‘भारतले जस्तै विभिन्न आयोजनामा सहमति गर्ने तर, कार्यान्वयन नहुने खालको समस्या पछिल्लो समय चीनसँग देखिएको छ ।

साथै, चीनले आफ्नो चासोलाई नेपालसामू ‘फेस टु फेस’ राख्न चाहेको पनि हुनसक्छ,’ अधिकारी भन्छिन्, ‘चीनलाई पनि नेपालको जस्तै धेरै कुराहरू सहमति र सम्झौतामा मात्रै सीमित भए भन्ने ‘रियलाइजेसन’ भएको देखिन्छ ।’ उनको बुझाइमा पहिलेको भारतजस्तै पछल्लो समय चीनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न खोजिरहेको छ । भारत पहिले जसरी नेपालको आन्तरिक राजनीतिक खिचातानीमा सहभागी हुने गरेको थियो अहिले चीनले त्यही बाटो समातेको अधिकारी बताउँछिन् ।

विश्लेषक गेजा शर्मा वाग्लेको बुझाइमा चीन नेपालसँगको सम्बन्धनलाई सुधार गरेर अघि बढ्न चाहेको बताउँछन् । विदेशमन्त्री वाङको भ्रमण पनि एमसीसी पारित भइसकेपछि नेपालको परिस्थिति बुझ्नका लागि रहेको उनको भनाइ छ । ‘नेपालचीन सम्बन्धलाई सुधार गर्ने दृष्टिकोणले आएको चिनियाँ विदेशमन्त्रीको भ्रमण भएको देखिन्छ । उहाँको ‘बडिल्याङ्ग्वेज’ हेर्दा पनि नेपाल सरकारसँग सम्बन्ध सुधार गरेर अघि बढ्न चाहेको देखिन्छ,’ वाग्ले भन्छन् ।

बीआरआई बारे राजनीतिक दलहरूको आ-आफ्नै धारणा

चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणमा बीआरआई परियोजनामा थप उपलब्धि हुने सम्भावनाको आंकलन गरिएको भए पनि सत्तारुढ दलहरूले समेत समान धारण बनाउन सकेनन् । वाङले भेट गरेका प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले बीआरआईको विषयमा कुनै छलफल गरेनन् ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले चीनले दिने अन्य सहयोगका विषयमा भने छलफल गरे । ऋण भन्दा पनि अनुदान दिनुपर्ने विषयमा देउवाको विशेष चासो रहृयो । त्यस्तै, द्वीपक्षीय वार्ता गरेका परराष्ट्रमन्त्री खड्कालेसमेत बीआरआईबारे कुनै चासो देखाएनन् । भेटमा दुई देशबीच विभिन्न ९ वटा समझदारीमा हस्ताक्षर भए पनि बीआरआईको विषय कतै उल्लेख भएन ।

समझदारीमा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी, अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, स्वस्थ घाँस चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भयो ।

त्यस्तै चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड-१९ चीन सहायताअन्तर्गत ४० लाख सिनोभ्याक खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भयो ।

्नेपाल र चीनको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा बीआरआईबारे उल्लेख छैन ।

विश्लेषक शर्मा सम्झौताका दृष्टिले यसपटकको वाङको भ्रमण नेपालका लागि औषत रहेको बताउँछन् । ‘नेपाल सरकारको प्राथमिकता ऋणमाभन्दा अनुदानमा देखियो’ उनले भने, ‘जुन परियोजनालाई हामिले बीआरआई अन्तर्गत भनेर प्रस्ताव गरेका थियौं, तीनै परियोजनलाई सहयोग गर्न हस्ताक्षर भएको हुँदा परियोजना र विकास साझेदारको दृष्टिकोणले पनि सकरात्मक र उपलब्धिमुलक मान्न सकिन्छ ।’

तीन दिने नेपाल भ्रमण पुरा गरी फर्किनुअघि आइतबार विदेशमन्त्री वाङले दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रका नेताहरूलाई छुट्टाछुट्टै भेटे । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै नेताले वाङसँग बीआरआई परियोजना छिटो अघि बढाउन आग्रह गरे । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार मेरियट होटलमा भएको भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरूलाई तत्काल अघि बढाउन आग्रह गरेको जानकारी दिए । ‘पछिल्लो कालमा बीआरआईसँग जोडिएर जुन आयोजनाहरू अघि बढाउनुपर्‍यो भनेर सुरु गरेका छौं, तिनलाई निरन्तरता दिनुपर्छ । छिटोभन्दा छिटो पूरा गर्नुपर्छ भन्नुभयो,’ भट्टराईले भने ।

भट्टराईका अनुसार चिनियाँ विदेशमन्त्रीले नेपालसँग गरेको सहमति र सम्झौता पुरानै प्रतिवद्धताअनुसार अघि बढाउने बताएका छन् ।

त्यसलगत्तै वाङले माओवादी केन्द्रका नेताहरू अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । भेटमा प्रचण्डले पनि बिआरआई परियोजना कार्यान्वयनका निम्ति आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका सहभागी नेता शक्ति बस्नेतले बताए ।

तर, विश्लेषक शर्मा नेपालले हरके मुलुकसँगको सम्बन्धलाई परियोजनासँग मात्रै जोडेर हेर्ने गरिएको र अहिले सरकारी तवरबाट त्यसलाई चिर्ने काम भएको बताउँछन् । ‘नेपालको हरेकसँगको सम्बन्धलाई परियोजनासँग जोडेर हेर्न थालिएको थियो ।

नेपालले कुनै पनि देशसँगको सम्बन्धलाई परियोजनाकरण गर्ने भन्दा पनि दुईपक्षीय सम्बन्धलाई बढि प्राथमिकता दिनुपर्न । यसपटकको भ्रमणमा नेपालले दुईपक्षीय सम्बन्धलाई जोड दियो,’ उनले भने ।

स्रोत : अनलाइन खबर

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button