Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
युग सम्झाउने व्यक्तित्व : अरुणबाबु खत्री ‘नदी’ – समग्र नेपाल

युग सम्झाउने व्यक्तित्व : अरुणबाबु खत्री ‘नदी’

वि.सं. २०४० साल असार महिनाको पहिलो हप्ता। एसएलसी नतिजाको पर्खाइमा थिए, अरुणबहादुर खत्री ‘नदी’। एक साँझ लैनचौरस्थित उनले पढेकै स्कुल शान्ति विद्यागृहका जुनियर विद्यार्थी चन्द्र महर्जन उनको नामको पत्र लिएर सामाखुशी आइपुगे। स्कुलको ठेगानामा आएको पत्र देखेर अरुण आश्चर्यमा परे।

आफ्नो नाममा कसले पत्र पठायो होला त! कौतहुलता हुने नै भयो। किनभने त्यसअघि न त उनले कहिल्यै कसैलाई पत्र पठाएका थिए, न त उनको नाममा कसैले पत्र पठाएको थियो।

त्यसैले अरुणका लागि त्यो पहिलो पत्र आकाशबाट खसेको ताराजस्तै भयो। चिठीको खाम खोल्न त के, उनी छुनसमेत डराए। घरमा आमा र दिदीहरु थिए। चन्द्रले दिदीको हातमा पत्र थमाएर फर्किए। उनको दिदीले पत्रको खाममा लेखेको ठेगाना पढेर सुनाइन्– ‘किरण भट्टराई, प्युठान जिल्ला, महेन्द्र माध्यमिक विद्यालय।’

‘मेरो जीवनको पहिलो पत्र थियो त्यो। नचिनेको व्यक्तिले पठाएको चिठी मलाई खोल्न मन लागेन, पछि मेरो दिदीले पढेर सुनाउनु भयो,’ त्यो पहिलो पत्रलाई दिदीले पढेको सम्झिए अरुणले।

पत्रको विवरण पढेपछि उनी छक्क परे। उनको नाम र ठेगाना रेडियो नेपालबाट सुनेको भरमा प्युठान जिल्ला निवासी किरणले पत्र लेखी पठाएका थिए।

त्यो जमाना थियो, पत्रकै भरमा समाचार आदान–प्रदान हुने, पत्रकै भरमा भावना साट्ने र साथी बन्ने। रेडियो नेपाल होस् या गोरखापत्र अथवा युवामञ्च नै किन नहोस्, सबैले पत्रमित्रतालाई स्थान दिन्थे। र युवाहरु पत्रमित्रता गर्न हौसिन्थे।

अरुणले पनि २०३७ सालदेखि रेडियो नेपालमा बेलुकाको साढे पाँच बजेदेखि ६ बजेसम्म मुनाल घिमिरेले चलाउने बाल कार्यक्रमको नियमित स्रोता थिए। त्यहाँ उनी आफ्नो बालकथा लेखी पठाउँथे। रेडियो नेपालमा जब–जब उनको नाम आउन थाल्यो, उनलाई गाउँगाउँका मान्छेले सम्झिन थाले। याद गर्न थाले। र, उनको नाम र ठेगानामा पत्र आउन थाल्यो, जुन पहिलो पत्र उनै प्युठानका किरणको थियो।

प्युठानबाट सुरु भएको पत्रमित्रता देशैभरि फैलाए अरुणले। एक हजार भन्दा बढीसँग पत्रमित्रतासँग साइनो गाँसे। आफूले कति पत्र लेखी पठाए हेक्का छैन। तर पत्रको भावमा डुबेर मित्रता गाँस्नु अब त एकादेशको कथाजस्तै भयो। उनी भन्छन्, ‘पत्रमित्रतामार्फत् मनको भावना साट्नुको आनन्द अहिलेको फेसबुकमा कहाँ हुनु?’

चालिसको दशकमा पत्रमित्रताबाट साथी भएका रामविक्रम थापा, खगेन्द्र गिरी कोपिला, चुडामणि दाहाल विवश, प्रकट पंगेनी शिव, श्रीबाबु कार्की, गोविन्द अर्याल शृंखला, श्रेष्ठ प्रिया पत्थर, सरस्वती श्रेष्ठ सरु, युक्तप्रसाद श्रेष्ठ, राजाराम रायमाझी, निर्मोही व्यास, मनु ब्राजाकी, साधना प्रतिक्षा, रेखा कौशल रेग्मी, छत्र कार्की क्षितिज, कुमार बजगाई, बुद्धिसागर  चपाई, मोहन गाउँले, नवराज शाही, सुविद गुरागाई, ताराकान्त सिग्देल, विष्णुमोहन भट्टराई, विमलकिशोर केपी, रमेश प्रभात, कृष्ण जिसी, सागर पण्डितलगायतको नाम कण्ठस्थै सुनाए। यी नाममध्येका केही व्यक्तित्वहरु अहिले चर्चित लेखक पनि भए। उनी भन्छन्, ‘केही साथीसँग अहिले पनि सृजनात्मक कुराकानी भइरहन्छ।’

चालिसको दशकमा अरुणले लेखेका बालकथा हप्ताको एकपटक रेडियोमा आइरहन्थे। ‘बाल कार्यक्रम’ र ‘फर्माइस गीत’मा उनको नाम नियमित जस्तो आउँथ्यो। ती कार्यक्रमका लागि उनी सधैं पूर्वतयारीमा बस्थे। आफूभन्दा साना भाइबहिनीलाई शान्त पार्थे। आफ्नो नाम कतिखेर आउँछ ध्यानले सुन्थे। जब नाम आउँथ्यो, उनी परिवारका सबै सदस्यलाई सुनाउँथे।

ठूलो मान्छेको मात्रै नाम रेडियोमा सुनिन्छ भन्ने जमाना थियो त्यो। तर उनको बाल्यकालदेखि नै रेडियोमा नाम आउन थालेको थियो। त्यो अवसर जुर्नुको कारण बुवाले २०३४ सालमा किनेको चाइनिज रेडियो थियो। कक्षा ५ मा पढ्दै गर्दा रेडियो सुन्ने बानी पर्न थाल्यो। अरुण भन्छन्, ‘ब्याट्रीबाट चल्ने रेडियो मेरो साथीजस्तै थियो। रेडियोको मोह देखेर घरमा आमालाई छोरो बिग्रिने चिन्ता हुन्थ्यो।’

चालिस र पचासको दशकमा अरुणले आफ्नो परिचय नै रेडियो नेपालको नियमित स्रोता हुँ भनेर दिन्थे। रेडियो नेपाल सुन्ने मान्छे सबैका प्यारा हुन्थे पनि।

एकपटक रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गर्ने वासुदेव मुनालले अरुणलाई रेडियो नेपालको नियमित स्रोता हुन् भनेको सम्झिए उनले। र, सम्झिए रेडियो नेपालका पाण्डव सुनवारलाई।

पाण्डव सुनारले चलाउने गरेको ‘फोन इन कार्यक्रम’ निकै लोकप्रिय कार्यक्रम थियो। २०४७ सालमा आफ्नो फोन लाग्दा उनको घरमा खुशी छाएको थियो। उनी भन्छन्, ‘शुक्रबार मैले फोन गरेको थिएँ र शनिबार घरमा आफ्नो आवाज आफैँले सुन्न पाएको थिएँ। घरका सबै चकित परेका थिए।’

रेडियोमा उनले भजन शिरोमणि दाजु भक्तराज आचार्यले गाउनु भएको सुवासचन्द्र ढुंगेलले रचना गर्नु भएको ‘जति चोट दिन्छौ देऊ मायालु’ बोलको गीत फर्माइस गरेका थिए उनले। २०५१ सालतिरको कुरो हो। उनलाई आउने पत्रमा रेडियोमा नाम कसरी आउँछ भनेर सोध्थे। अरुणको नाम नछुटाई आउँदा पत्रमित्रमार्फत् जोडिएका साथीहरु चकित हुन्थे। भन्छन्, ‘हाम्रो नाम रेडियोमा कसरी आउन सक्छ भन्थे। ती दिन रेडियोको क्रेज अद्भूत थियो।’

जागिरको सिलसिलामा उनका बुबा २०३८ देखि २०४६ सम्म ८ वर्ष बर्दियामा बसेका थिए। यो बसाइमा अरुण ५ पटक पुगे बर्दिया। बर्दियाको बसाइको क्रममा रेडियोमा गिलो ब्याट्रीलाई घाममा सुकाएर बाल कार्यक्रम सुन्न परेको दुःख पनि उनले सुनाए। भन्छन्, ‘बाल कार्यक्रम त कत्ति छुटाउँदिन थिएँ। किन कि आफ्नो नाम र रचना प्रसारण हुन्थ्यो। ती रचना बर्दियास्थित हुलाक कार्यालयबाट रेडियो नेपालको ठेगानामा पठाउँथे।

२०५१ सालतिरको कुरा हो, उनी कार्यरत कार्यालयको बाहिर उभिइरहँदा एक जना (नाम भन्न चाहेनन्)ले उनलाई नमस्कार गरे।  उनले नमस्कार फर्काए। दुवैबीच परिचय आदानप्रदान भयो। ती परिचय माग्नेले अरुणको प्रशंसा गरेर एक सय रुपैँयाको खाँचो परेको सुनाए। अरुणले लामो सोचेर अहिले एक सय रुपैँया छैन भने। ती मान्छे खाली हातै फर्किए। ती मान्छेलाई पछि साहित्यिक कार्यक्रममा देखेर अरुणलाई सय रुपैयाँ दिन नसकेकोमा ग्लानी भयो। भन्छन्, ‘पहिलो भेटमै पैसा माग्नेलाई कसले पत्याउँने है। पछि एकेडेमीको साहित्यिक कार्यक्रममा भेट्दा साह्रै लाज लाग्यो।’

रेडियो नेपालबाट पत्रमित्र गर्न थालेको अरुणले युवामञ्चमा पनि पत्रमित्रता स्तम्भमा नियमित लेख्न थाले।

पत्रमित्रता

चालिसको दशकको अन्तिमतिर युवामञ्च मासिक पत्रिका निस्किन थाल्यो। त्यसको नियमित पाठक बने अरुण। त्यहाँ पत्रमित्रताका लागि स्तम्भ नै थियो। उनी आफ्नो नाम, ठेगाना, रुचि लेखेर पठाउँथे। उनी भन्छन्, ‘त्यो कोलममा म नियमित पठाउथेँ। छापिन्थ्यो। पछि पत्रहरु पनि आउन थाल्यो।’

पत्रमित्रतामार्फत भएका साथीलाई खोज्दै हिँड्नु परेन। बरु कहीँ न कहीँ ती साथीहरु भेटिएको किस्सा थुप्रै छन् उनीसँग। संयोग भनौं, उनीसँग पत्रमित्रतामार्फत चिनजान भएका केही साथीहरु त आफ्नै कार्यालय परिसरमा भेट्न पनि पाए।

प्युठानबाट चिठी पठाउने मित्र विमलकिशोर केपीसँग पनि उनले भवन विभागमा सँगै काम गरे। बाग्लुङबाट चिठी पठाउने कृष्ण जीसीसँग पनि काम गरे। चितवन टाँडीबाट चिठी पठाउने सूर्यप्रसाद सापकोटासँग लोक सेवा आयोगमा सँगै बसेर काम गर्ने अवसर पाए। भूमिसुधार कार्यालय महोत्तरी र धनुषा जिल्लाका पत्रमित्र साथी मुकेश खनालको बुबा गौरीशंकर उपाध्यायसँग राष्ट्रिय वाणिज्य बैंक टंगाल शाखाको एउटै विभागमा बसेर २०४६ सालमा तेह्र महिना काम गरे। उनी भन्छन्, ‘पत्रमित्रबाट भएका साथीसाथीमा टाढा भए पनि आत्मीय सद्भाव सधैं आउँथ्यो, भेट हुँदा आफ्नै मान्छे भेटेजस्तो हुने।’

अरुणले आफूलाई मित्रताको हात बढाउन पठाएका पत्रको जवाफ सधैं दिए। कार्यक्रममा जाँदा ती साथीलाई भेटे पनि। २०४५ सालमा होटल शेर्पामा काम गर्दा दस दिनजति बिदा स्वीकृत गरेर पुस महिनामा उनी बुबासँग बर्दिया जाँदा ताराताल बर्दियाको पत्रमित्र साथी चिरञ्जीवी भट्टराईसँग भेटे। तनहुँ दमौलीमा जाँदा रेडियो नेपालमा ‘फर्माइस गीत’मा नाम आइरहने पत्रमित्र सागर उदाससँग भेट गर्ने अवसर पाए। गजलकार पुष्प अधिकारी अञ्जली, भुपिन, भुषणबाबु श्रेष्ठ, विजयराज बज्राचार्य, रमेश प्रभात, राजाराम खरेलसँग भेट हुन सक्यो।

केही पुरानो पत्रमित्र साथीहरु गोविन्दराज शिवाकोटी बेहोसी, नारायण कटुवाल, छत्र क्षितिज, बेनामी अज्ञात, गणेश पौडेल अन्जान, हेम भण्डारी, दुर्गा घिमिरे, गजेन्द्र बुढाथोकीसँग आजकल सम्पर्क हुन नसकेकोमा उनी दुःखी छन्। सकेसम्म ती पुराना साथीहरुसँग फेसबुक च्याटमै भए पनि बोल्ने रहरमा छन् उनी।

२०५२ सालको एउटा किस्सा सम्झिन्छन्।

नयाँ बसपार्कबाट दिउँसो दुई बजे छुट्ने साझा बस चढेर चितवन जाँदै गर्दा धार्केतिर पुगेपछि खाजा खान भनेर बस होटल अगाडि रोकियो। खाजा खान सबै बसबाट झरे र होटलमा खान थाले। खाजा खाने क्रममा आाफूजस्तै सोही बसमा सवार गरिरहेको यात्रुसँग गफिए अरुण। परिचय आदानप्रदान गरे। किरणचन्द्र रायमाझी नामका ती मित्र त उनका पत्रमित्र साथी रहेछन्।

चितवनको गुञ्जानगर घर भएका रायमाझी र अरुणको २०४७ तिर पत्रमित्र भएको रहेछ। रायमाझीले अरुणको बारेमा सबै भनेपछि अरुण छक्क परे। दुवै निकै खुशी भए। पत्रमित्र गरेको २६ वर्षपछि प्रत्यक्ष भेटेका थिए। किशोर उमेरमा भएको पत्रमित्र युवावस्थामा भेट भयो। अरुणले २६ वर्षपछि उही नामका मित्रलाई फेसबुकमा खोजे। भेटे। साथी बन्न रिक्वेस्ट पठाए। अहिले दुवैबीच फेरि कुराकानी हुन्छ। युवा उमेरमा प्रवेश गर्दै गरेका दिनमा लेखिएका पत्रका बारेमा दुवै गफिन्छन्। भन्छन्, ‘ती दिनहरुमा लेखिएका पत्रमित्र, लेखरचना र पाठक प्रतिक्रिया हेरेर अचम्म लाग्छ। त्यस्ता दिन अब कहिले आउने!’

अरुणले जीवनमा वरिष्ठ साहित्यकार मनु ब्राजाकीसँग पनि पत्रमित्र गरे। पचासको दशकको तीन वर्ष निरन्तर पत्र आदानप्रदान भएको सम्झिन्छन् अरुण। ब्राजाकीको कथाले उनलाई गहिरो प्रभाव पारेको बताउँछन्। भन्छन्, ‘त्यस किसिमको कथा लेख्न लेखक कमै छन्।’

ब्राजाकीले हवाई पत्रमा निलो डटपेनले हस्ताक्षर गरेर पठाएको पत्रको सम्झना गर्छन्, ‘तीस पैसाको टिकट टाँसेर निलो डटपेनको हस्ताक्षर सहित मनु ब्राजाकीले पठाएको पत्रले मलाई सधैं पाठक प्रतिक्रिया लेख्न हौसायो।’

रेडियो नेपालमा ज्ञानुवाकार पौडेलको कार्यकक्षमा २०५० सालमा भेटेका थिए ब्राजाकीलाई। त्यो भेटमा अरुणलाई ब्राजाकीले भनेको एउटा लाइनलाई सम्झिए, ‘पारिश्रमिक नदिने पत्रिकामा लेखरचना नपठाउनु।’ तर, ती दिनहरुमा लेखरचना लेखेर, छपाएर पारिश्रमिक माग्न सबैको हिम्मत कहाँ हुन्थ्यो र !

२०५२ सालतिरको कुरा हो। अरुणले कवि विवश पोखरेललाई २०४७ सालमा विराटनगरको ठेगानामा पत्रमित्र पठाए। उनको पत्रको जवाफ पनि पत्रमार्फत नै आयो। एकदिन विवशले अरुणको नामको गोरखापत्रमा प्रकाशित पाठक प्रतिक्रिया पढेपछि ल्यान्डलाइन फोनबाट अरुणको छिमेकी घरमा कल गर्नु भयो। अरुणको घरमा फोन थिएन। छिमेकीकै घरको फोन नम्बर दिन्थे।

विवशले एकदिन राति आठ बजेतिर फोन गरे। आमाले भान्सामा भात पस्किँदै गरेको भात छोडेर उनी फोनमा बोल्न गए। कुरैकुरामा एक घण्टा बितेको पत्तै भएन। अरुण भन्छन्, ‘एक घण्टा कुरा गरियो। फोन राख्ने घरका मान्छे रिसाएर तैले मात्रै बोल्ने फोनमा अरुले बोल्नु पर्दैन अरुको पनि फोन आउँछ भन्दै हकारे। केही नबोली घरमा पुग्दा अरुणको आमा पनि रिसाएर बस्नुभएको थियो। पस्किएको भात सेलाएको थियो।

‘एकएक घण्टा कुन युवतीसँग गफिएको? को हो भन् त?,’ आमाले भनेपछि अरुणले ‘केटा साथी हुनुहुन्छ’ भने। तर घरमा आमाले पत्याउनु भएन। अरुण र विवशबीच भने सिर्जनाका कुरा भएका थिए। अरुण भन्छन्, ‘उहाँहरुलाई केटीसँग गफ गरेजस्तो मान्नु भएछ।’

अरुण प्रायः पत्रमित्रताका लागि पत्रहरु कोरिरहन्थे। रेडियोमा सुनेको नाम र ठेगाना टिपेर पत्र कोरी पठाउँथे। पत्रको जवाफ पनि आउँथ्यो।

सामाखुशीको सुशील मेडिकल अगाडि एउटा किराना पसल थियो। त्यही पसलमा उनको पत्र पुग्थ्यो। जब उनका पत्र दिनमै आधा दर्जनजस्तो घरमा आउन थालेपछि उनकी आमालाई चिन्ता भयो। आमाले केही पत्रहरु लुकाएर राख्न थालिन्। भन्छन्, ‘यस्ता चिठीले छोरोको पढाई बिग्रिने भयो भन्ने लागेर आमाले पत्र नै लुकाइदिनु थाल्नुभयो।’

२०५१ सालको एक दिन। अरुणलाई भेट्न उनकै कार्यालयमा ज्ञानमञ्जरी राणा नामकी युवती आइन्। ज्ञानमञ्जरीसँग परिचय भएपछि उनीहरु पत्रमित्र साथी रहेछन्। राणाले अरुणको घर जान चाहिन्। अरुणले पनि घरमा लिएर आए। अरुणकी आमालाई पर्नुपिर पर्‍यो। राणा र अरुणबीचको मित्रताको सिलसिला सबै खुलेर राणाले अरुणको आमा अगाडि सुनाइन्। केही घण्टा बात मारिन्। अरुण भन्छन्, ‘ज्ञानमञ्जरी देखेर पहिला आमा डराउनु भएको थियो। पछि उहाँको कुरा गर्ने तौरतारिकाले आमा प्रभावित हुनु भयो।’

पत्रमित्रमार्फत् बनेका उनका साथी बढीभन्दा बढी सिर्जना क्रियाशील थिए। उनीहरु कथा, कविता, मुक्तक तथा गीत लेखिरहन्थे। अरुणलाई पत्र पठाउँदा कुनै पत्रपत्रिकामा रचना छपाइदिन अनुरोध गर्थे। अरुण साथीका ती हस्तलिखित रचना बोकेर काठमाडौंबाट प्रकाशित हुने विभिन्न साहित्यिक  पत्रपत्रिकाका कार्यालय पुगे। छपाइदिन अनुरोध गर्थे। रचना छापिएपछि त्यो पत्रिकालाई हुलाकबाट नै पठाइदिन्थे।

अहिलेको चर्चित लेखक बुद्धिसागर कालिकोटबाट अरुणको नाममा पत्रसँगै कविता र गजल पनि पठाउने गरेको बताउँछन् उनी। भन्छन्, ‘२०५४ सालतिरबाटै बुद्धिसागर कालिकोटबाट मेरो ठेगनामा पत्र र रचना पठाउँथे। पहिलोपटक मैले नै छपाउन कोसिस गरेको थिएँ। विमोचन मासिकमा छापियो पनि। धेरै वर्षपछि उहाँको गजल संग्रह ‘रारा जलेपछि’ आएको थियो। गजलको समीक्षा लेखौंला भनी किताब मागेको थिएँ, दिनुभएन।’

साथीहरूको सबै रचना संकलन गरेर अरुण सहरको विभिन्न पत्रपत्रिकामा दिन जान्थे। अनुरोध गर्थे। छापिन्थ्यो पनि। भन्छन्, ‘ती दिनमा आफूले लेखेको रचना संसारकै सुन्दर चिज हुन्थ्यो। रचना कहीँ प्रकाशन गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी सबै सर्जकमा हुन्थ्यो।’

जीवनमा सबै साथीसँग सम्बन्ध उस्तै रहिरहँदैन। जिन्दगीका यात्रामा कहीँ न कहीँ, कोही न कोही छुटिहाल्छन्। पत्रमित्र साथीहरु गोविन्दराज शिवाकोटी बेहोसी, म्याग्दीका रेखाकौशल रेग्मी, यमन्तराज निरौला, नारायण कटुवाल आकाश, नारायण पौडेल दिलवाला, विजयकुमार श्रेष्ठ दिन, तेजराज खतिवडा, ज्ञानमञ्जरी राणा, ताराकान्त सिग्देललगायत अन्य कतिपय मित्रहरु अहिले उनीसँग सम्पर्कमा छैनन्।

‘जिन्दगी लामो छ। सधैं सँगै हिँड्न सकिँदो रहेनछ। तर यादहरु कुन कुनै मोडमा आइरहँदो रहेछ,’ अरुण बोल्दाबोल्दै भावुक भए।

पाठक प्रतिक्रिया:

चालीसको दशकमा निजामति सेवामा प्रवेश गरेसँगै अरुणले पत्रपत्रिकासँग नजिक हुने मौका पाएपछि लेख्न थालेका थिए– पाठक प्रतिक्रिया। चार दशक नियमित पाठक प्रतिक्रिया लेखिरहेका छन् उनले। जीवनको ‘हाप सेन्चुरी’ उग्लिसकेका अरुणले बजारमा आउने पत्रपत्रिका ‘गोरखापत्र’, ‘युवामञ्च’ र ‘मधुपर्क’मा पाठक प्रतिक्रिया लेखी पठाउँछन्। नियमित छापिएको पनि छ। हालै युवामञ्च र मधुपर्कको फागुन अंकमा पनि अरुणको पाठक प्रतिक्रिया प्रकाशन भएको छ।

वर्षमा दशवटा पाठक प्रतिक्रिया छापिनु नियमितजस्तै भएको छ। पाठक प्रतिक्रिया लेख्नु सम्बन्धित पत्रिका र प्रकाशित सिर्जनाको बारेमा कमेन्ट गर्नु हो। उनलाई कमेन्ट गर्ने बानी लगाइदियो गोरखापत्रले।

पहिलोपटक पाठक प्रतिक्रिया छापिएको किस्सा सुनाउँछन्।

उनका बुवा सैनिक सेवामा थिए। २०४१ सालतिरको कुरा हो। बुवा बर्दिया जिल्लाको गुलरियामा कार्यरत हुँदा उनी खानेपानी संस्थान काठमाडौंमा कार्यरत थिए। केही दिनको छुट्टी मिलाएर उनी हिउँदमा दुई महिनाको छुट्टी लिएर बर्दिया घुम्न निस्किए।

बर्दियाको गुलरिया बजारको धुलाम्मे बाटोमा हिँड्नु पर्दा उनी निराश भए। जिल्ला सदरमुकामका सडकसमेत निर्माण हुन नसकेको देखेर उनले गोरखापत्रमा एउटा पाठक–प्रतिक्रिया लेखेर हुलाक गरे। पठाएको केही दिनपछि उनको पाठक प्रतिक्रिया छापियो। पत्रिका त उनीसँग छैन, सम्झना भने ताजै छ। भन्छन्, ‘गोरखापत्रमा पाठक प्रतिक्रिया छापिनु अगाडि मेरो कविता पनि छापिएको थियो, त्यसैले छाप्न गाह्रो भएन।’

ती दिनहरुमा पाठक प्रतिक्रिया लेख्नेहरू अत्यन्तै कम हुन्थे। पाठक प्रतिक्रिया लेख्नु भनेको छुचो हुनु हो। उनलाई छुचो हुन मन पर्थ्यो। जे छ त्यही भन्न खोज्थे। भन्छन्, ‘केही न केही कमजोरी केलाउन मन लाग्थ्यो। मधुपर्कमा प्रकाशित राजेन्द्र विमलको लेखमाथि कमेन्ट गर्दै पाठक प्रतिक्रिया छापिएको किस्सा पनि उनलाई ताजै छ।

२०६४ सालमा राजेन्द्र विमलको ‘ऐंजेरु’ नामको कथा मधुपर्कमा छापिएको थियो। उनलाई केही कुरामा चित्त नबुझेपछि उनले पाठक प्रतिक्रिया पठाए। मधुपर्कले पनि जस्ताको तस्तै छापिदियो। राजेन्द्र विमलले उनलाई फोन गरे। रिसाए। उनी सम्झिन्छन्, ‘जे भन्नु थियो मलाई भेटेर वा फोनमा भने भइहाल्थ्यो नि किन पाठक प्रतिक्रिया लेख्नुपर्थ्यो भन्नुभयो। रिसाउनु भएको थियो।’

गोरखापत्रपछि २०५० तिर युवामञ्चमा पनि उनले पाठक प्रतिक्रिया र पत्रमित्रता सँगसँगै लेखी पठाउथे। पछि उनले युवामञ्चमा पत्रमित्र र मधुपर्कमा पाठक प्रतिक्रिया लेखी पठाउन थाले।

मधुपर्कमा २०५२ मा पहिलो पाठक प्रतिक्रिया छापियो। पाठक प्रतिक्रिया पठाउनका लागि उनी सुन्धारास्थित हुलाक कार्यालय पुग्थे। उनले पठाएका रचना र पाठक प्रतिक्रिया हुलाकबाट आएको थाहा पाएर मुधपर्कका सम्पादकले कार्यलयमै आएर बुझाए पनि हुन्छ भनेको सम्झिन्छन्, ‘तीस पैसा खर्च गरेर हुलाक गरें केही महिना त। पछि प्रधान सम्पादकले नै कार्यालयमै बुझाउनु भनेपछि म गोरखापत्रको कार्यालय जान थालेको थिएँ।’

२०५१ सालमा मुधपर्कमा उनको पहिलो पाठक प्रतिक्रिया छापिएको थियो। उनी ती दिन रक्षा कन्ट्रोलरमा जागिरे थिए। मोहन पौडेलको व्यङ्ग्य र मनु ब्राजाकीको गजलमाथि पाठक प्रतिक्रिया लेखेका थिए।

एकदिन अरुणले सम्पादकलाई चिठी शीर्षकको पाठक प्रतिक्रिया पठाए। छापियो। उनी खुशी भए। लेखरचना छाप्न गाह्रो भयो, चिनेका मान्छेको मात्रै छापिन्छ। कतिपयको लेखरचना छापिन धेरै दिन लाग्नु एउटै मान्छेको लेखरचना दोहोरिनु जस्ता समस्या देखाएर अरुणले श्रीकृष्ण श्रेष्ठ सम्पादक भएको बेला ‘सम्पादकलाई चिठी’ लेखेका थिए। चिठी गोरखापत्रमै प्रकाशित भयो। प्रकाशित भएर आएपछि विदुर केसी नामका व्यक्तिले उनलाई सम्झाए। त्यसरी छुचो नभएकै राम्रो हुन्थ्यो। किन बोलिराख्नु पर्‍यो भन्नुभयो। तर अरुणलाई कुनै प्रभाव पारेन। अरुण भन्छन्, ‘आइन्दाबाट यस्तो नलेख्नु होला भनेर सम्झाउनु भएको थियो।’

कथा/कवितामा पनि कलम चलाउने अरुणलाई थाहा छ– पाठक प्रतिक्रिया लेख्नु भनेको छुचो हुनु हो। रचना र पत्रिकामाथि खोट देखाउनु हो। तर पाठक प्रतिक्रिया सबैले सजिलै स्वीकार्दैनन्। कोही न कोही रिसाइहाल्छन्। उनले लेखेका पाठक प्रतिक्रियाबाट दर्जनौँ व्यक्ति रिसाएका छन्। पचासभन्दा बढी पाठक प्रतिक्रिया गोरखापत्रमा मात्रै छापिएको बताउँछन्। मुधपर्क र युवामञ्चमा पनि त्यही संख्यामा पाठक प्रतिक्रिया छापिएको बताउँछन् अरुण। पाठक प्रतिक्रियाले नयाँ पुस्तालाई बोल्न उत्प्रेरणा दिने भएकाले पनि लेख्न मन गरेको बताउने अरुणलाई जसले जे भने पनि रिस उठ्दैन।

केही दिन अगाडि मात्रै, विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानबाट अवकास पाएका राजेशमान केसीले ‘पाठक प्रतिक्रिया धेरै लेख्यौ, अब नलेख भने। ‘पाठक प्रतिक्रियामा अल्झिने होइन अब सृजनामा केन्द्रित हुनुस्,’ केसीले भनेका थिए। तर अरुणलाई पाठक प्रतिक्रिया नलेखे के छुटाए–छुटाए जस्तो हुन्छ। भन्छन्, ‘लेख्न त छुटाउँदिनँ।’

साभार : राज सरगम नेपाल समय अनलाइन

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button