Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100
आयो प्रहरीको तीन महिने यस्तो अभियान – समग्र नेपाल

आयो प्रहरीको तीन महिने यस्तो अभियान

लुम्बिनी प्रदेश प्रहरीले यो के गर्दैछ ?

माघ ५, बर्दिया ।

जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीको तीन महिने अभियान सार्वजनिक गरेको छ ।

जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्न साथै समाजमा हुने वालविवाहको न्यूनीकरण गर्न र यस्ता विभेदका विषयमा शुन्य सहनशिलता कायम गर्न संचालन गरिने यस अभियानको नाम “जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागी लुम्बिनी प्रदेश प्रहरीको ३ महिने अभियान” रहेको छ ।

यस अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने बताइएको छ ।
यो अभियानको मुख्य उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याई जातिय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जना गर्नु रहेको छ ।
अभियान पौष २६ गते देखि सुरु भई चैत्र २६ गते सम्म लुम्विनी प्रदेशस्तरका सम्पुर्ण जिल्ला १२ र इलाका प्रहरी कार्यालय ५३ गरी ६५ प्रहरी कार्यालयबाट संञ्चालन गरिने र यो अभियानको अवधिभर कम्तिमा जम्मा ३९० वटा कार्यक्रमहरु संचालन गरिने वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदारले जानकारी दिनुभएको छ । साथै लुम्विनी प्रदेश प्रहरीले संचालन गरेको यस अभियानलाई उपलब्धिमुलक बनाउन सबै जना आफ्नो तर्फबाट सक्रिय सहभागि हुन र यदि कोही सकैमाथि कुनै त्यस्तो अपराध भएमा वा भईरहेको थाहा पाएमा प्रहरी लाई सूचना दिई सचेत नागरिकको पहिचान दिनका लागि समेत अनुरोध गरिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button