मोदी सरकारले पहिलो दिनदेखि नै भारतको विदेशी नीतिमा छिमेकी देशहरुलाई सबैभन्दा धेरै प्राथमिकता दिइने बताउँदै आएको छ । सो नीतिलाई औपचारिक रुपमा नेबरहुड फस्र्ट (छिमेकी पहिलो) नीतिको नाम दिइएको छ । दिल्लीस्थित नीति निर्माता तथा सरकारका मन्त्रीहरुले बितेको एक दशकमा पटक पटक भन्दै आएका छन् कि यहीँ नै नरेन्द्र मोदी सरकारको विदेश नीीतको मूल आधार हो ।
यसलार्य अर्को शव्दमा भन्नुपर्दा छिमेकी पहिलो नीतिको मूख्य कुरा भारतले भौगोलिक रुपमा टाढाका मुलुकहरुको तुलनामा दक्षिण एसियाका छिमेकी देशहरु जस्तै श्रीलंका, बंगलादेश, म्यानमार तथा नेपाल आदिसँगको सम्बन्धलाई धेरै महत्व दिनेछ र उनीहरुका हीतलाई प्राथमिकता दिनेछ ।
यद्यपि भनाइ र गराई फरक कुरा हो । के यथार्थमा पनि नरेन्द्र मोदी सरकारको क्रियाकलापमा यसको झलक पाइन्छ त ? एकातर्फ जहाँ दिल्लीले प्रायः पश्चिमी देशहरुलाई धेरै महत्व दिएको छ भने अर्कोतर्फ चीनका विषयमा पनि धेरै टाउको दुखाउने गरेको छ ।
टाढिँदै छिमेकी मुलुकहरु
प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो भ्रमणका क्रममा अगष्ट २०१४ मा नेपाल, मार्च २०१५ मा श्रीलंका तथा जून २०१५ मा बंगलादेशको भ्रमणका क्रममा ती देशमा मोदीको जुन स्तरमा स्वागत गरिएको थियो र आम जनताको शानदार प्रतिक्रिया प्राप्त भएको थियो, त्यसपछिका दिनहरुमा ती देशमा मोदी सरकार प्रतिको धारणाको तस्वीर उस्तै रहेन ।
पाकिस्तान सँगको सम्बन्धमा पनि सुधारको कुनै लक्षण देखिएन । अहिले छिमेकी पहिलो नीीतको एक दशक पछि के देखिँदैछ भने भारी आर्थिक संकटको समयमा भारतले जुन श्रीलंकालाई निकै सहयोग गरेको थियो, त्यहाँको सरकारले पनि दिल्लीको कर्के नजरलाई नजरअन्दाज गर्दै चीनका जासूसी जहाजहरुलाई आफ्ना बन्दरगाहमा ठडिने अनुमति दिइरहेको छ ।
नेपालमा नयाँ संविधान लागू गर्ने बेलामा भारतको मौन समर्थमा लादिएको आर्थिक नाकाबन्दीको विरुद्धमा नेपालका आम जनताहरु भारत विरोधी प्रदर्शनमा सहभागी भए ।
अहिले नेपालको सत्तामा रहेका केपी ओलीलाई पनि कट्टर भारत विरोधी मानिन्छ ।
त्यसैगरी माल्दिभ्समा पनि गतवर्षको चुनावमा भारत समर्थक सरकारलाई सत्ताबाट हटाएर राष्ट्रपतिको कुर्सीमा बसेका मोहम्मद मोइज्जूले माल्दिभ्समा रहेका भारतीय सैनिकलाई तुरुन्तै हट्न आदेश दिए । उनको पार्टीको तर्फबाट चलाइएको इण्डिया आउट अभियानलाई ठूलो समर्थन प्राप्त भयो । माल्दिभ्सका राष्ट्रपति हाल विना हिच्किचाहट चीनतर्फ ढल्किएका छन् ।
यहाँसम्म कि जुन भुटान सामरिक, विदेशी तथा आर्थिक लगायतका सबैजसो मामिलामा भारतमाथि निर्भर छ, उसले पनि आफ्नै सामथ्र्यमा चीनसँग सीमाका विषयमा वार्ता सुरु गरेको छ ।
भुटानले कूटनीतिक सम्बन्ध स्थापना गर्ने चीनको प्रस्तावलाई पनि सिधा रुपमा खारेज गरेको छैन । अहिले अफगानिस्तान र म्यानमारमा समेत सत्तारुढ सरकारको भारतसँगको सम्बन्ध राम्रो छ भन्न सकिने अवस्था छैन ।
तालीवानसँग अहिलेसम्म भारतको पूर्ण कूटनीतिक सम्बन्ध स्थापना नै भएको छैन । यी दुवै देशमा भारतको तर्फबाट विभिन्न क्षेत्रमा गरिएका सयौँ करोडको लगानी पनि अहिले अनिश्चयको भुमरिमा फसेको छ ।
यो सूचीमा पछिल्लोपटक बंगलादेशको नाम पनि जोडिएको छ । जहाँ बितेको डेढ दशकदेखि बागडोर सम्हालेको भारतको एक घनिष्ट मित्र सरकारले रातारात सत्ता छाड्नु परेको छ । त्यसपछि बंगलादेशको सत्तामा यस्ता कतिपय शक्तिहरु सामेल भएका छन् जसलाई भारतको मित्र भन्न सकिने अवस्था छैन ।
यसका अलावा करिब साढे ३ वर्षअघि नरेन्द्र मोदीको बंगलादेश भ्रमणका त्रेला उनी विरुद्ध त्यहाँ विरोध प्रदर्शन तथा हिंसा चरम थियो । बंगलादेशमा सत्ता पलट गर्ने हालैको आरक्षण विरोधी आन्दोलनमा समेत भारत विरोधी भावना प्रबल रहेको विश्लेषकहरुको ठम्याई छ ।
त्यसोभए के भारतको विदेश नीतिमै केही त्यस्ता कमजोरीहरु छन् जसका कारण एकपछि अर्को गर्दै छिमेकी मुलुकहरुमा भारत विरोधी भावनाले टाउको उठाइरहेको छ ।
वा दक्षिण एसियाको भूराजनीीतक संरचना नै यस्तो हो कि भारतका लागि यो नियति पहिलेदेखि नै तय थियो ?
यस सम्बन्धमा प्राध्यापक एसडी मुनिको तर्क यस्तो छ
नरेन्द्र मोदी सरकारले सत्तामा आएसँगै जुन छिमेकी पहिलो नीतिको घोषणा गरेको थियो त्यसको सुरुवातमै समस्या थियो । त्यो घोषणा भन्दा अघि कुनै सोँचविचार नै गरिएको थिएन । त्यो हचुवामा गरिएको निर्णय थियो ।
मोदीको सपथ ग्रहण समारोहमा सार्क सम्बद्ध मुलुकका कैयन् नेताहरुलाई निमन्त्रण गरेको केही दिनपछि नै हामीले देखेका थियौँ कि पाकिस्तानबाट दिल्ली आउने एक व्यापारिक प्रतिनिधिमण्डललाई कस्मीरका हुर्रियत नेताहरुसँग भेटघाट गर्ने अनुमति नै दिइएको थिएन ।
जबकि हुर्रियतका नेताहरु सोही बैठकका लागि पहिलेदेखि नै दिल्ली पुगेर पर्खिरहेका थिए । आखिर यदि हुर्रियत नेताहरुलाई पाकिस्तानी प्रतिनिधिमण्डलसँग भेट गर्ने अनुमति दिनु थिएन भने उनीहरुलाई श्रीनगरबाट दिल्ली आउन नै दिनुहुने थिएन ।
अनि यदि भारतले पाकिस्तानसँग कुनै कुराकानी गर्न गर्न चाहँदैनथ्यो भने मोदी सरकारको सपथग्रहण समारोहमा पाकिस्तानी प्रधानमन्त्री सरिफलाई निम्तो पठाउन पनि आवश्यक थिएन ।
मैले यस्ता कैयन् उदाहरण दिनसक्छु जसबाट यो कुरा प्रष्ट रुपमा बुझ्न सकिन्छ कि छिमेकी देशहरुलाई महत्व दिनु कहिल्यैपनि छिमेकी पहिलो नीतिको अभिप्राय रहेन । वास्तवमा त्यो छिमेकी पहिलो नीति नभएर भारत पहिलो नीति थियो ।
मेरो विचारमा मोदीको शासनकालमा भारतले विदेश नीति लागू गर्नमा अरु दुईवटा गम्भीर गल्ती पनि गर्यो । पहिलो भनेको जासूसी संयन्त्रहरुमाथि आवश्यकता भन्दा धेरै निर्भरता ।
हुनत जासूसी सूचनाहरु आवश्यक हुन्छन् तर यदि खुफिया विभागको दृष्टिबाट जब हामी कुनै छिमेकी देशलाई हेर्ने प्रयास गर्दछौँ र सोही आधारमा नीति वा रणनीति बनाउँछौँ भने आखिर जे हुनुथियो त्यो भएको छ ।
दोश्रो कुरामा हामीले के देख्यौँ भने मोदी सरकारले यसअघिका सरकारहरुले कहिल्यै नगरेको काम गर्यो । जसमा विदेश नीति लागू गर्नमा सत्तारुढ दललाई सक्रिय रुपले सामेल गराइयो ।
मोदीको पहिलो तथा दोश्रो शासनकालमा पनि विदेश मन्त्रीको साटो आरएसएस नेता राम माधवले नै नेपाल, बंगलादेश, म्यानमार तथा केही हदसम्म पाकिस्तानसँग भारतले कस्तो खालको विदेश नीतिमा अघि बढ्ने कुराको निर्णय गर्दथे ।
छिमेकी देशहरुसँग भारतको रणनीति तय गर्ने जिम्मेवारी भाजपा तथा आरएसएसका ती नेताहरुलाई सुम्पिइएको थियो । अहिले त यो प्रष्ट भैसकेको छ कि यसको नतिजा भारतको हीतमा भएन ।
बंगलादेशको अहिलेको अवस्थालाई चर्चा गर्दा त्यहाँपनि भारतको विदेश नीतिको असफलताका लागि कैयन् कारणहरुलाई जिम्मेवार ठानिएको छ ।
उदाहरणको रुपमा भारतले कहिल्यैपनि तत्कालीन बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई उनी सही बाटोमा अघि नबढिरहेको र सर्वसाधारण जनतामा उनीप्रतिको असन्तुष्टि बढिरहेको भन्ने कुरा प्रष्ट रुपमा स्मरण गराएन । यदि उनी भारतको भरपर्दो मित्र थिइन् भने उनलाई यो कुरा गम्भीरुताको साथना बताउनु पर्दथ्यो । तर त्यसो गरिएन । त्यसका अलावा चरम जासूसी विफलता पनि भैरहेको थियो ।
बंगबन्धु शेख मुजीब हत्याकाण्ड भन्दा पहिले पनि भारतीय प्रधानन्त्री इन्दिरा गान्धीका राजनीतिक सचिव पिएन हक्सले सुरक्षाका कारण उनलाई हेलिकप्टरमा त्यहाँबाट निकाल्ने प्रस्ताव राखेका थिए ।
तथापि बंगबन्धु यसका लागि तयार भएनन् । उता भारतलाई चाहीँ उनको जीवन खतरामा रहेको जानकारी थियो । पछिल्लोपटक शेख हसिनालाई सत्ताबाट हटाइने कुनै सम्भावना छ भन्ने कुराको भने भारतले सुइँको नै पाउन सकेन ।
मैले त भन्छु कि राजनीतिक रुपले शेख हसिनाको समर्थन गरेर भारतले एउटा खाली चेकमा हस्ताक्षर गरेको थियो । अहिले त्यो दाउ उल्टो परिरहेको छ ।
Sources: बीबीसी & OnlineKhabar
हालै कृषि समुहमा आबद्ध महिलाहरुले व्यवसायिक तालिम प्राप्त पाएपछि बेमौसमी तरकारी उत्पादन गर्नका लागि अग्रसर भइरहेका छन् । राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले कार्यक्षेत्रमा महिला समुह गठन गरी कार्यक्रम संचालन गरिरहेको छ । संस्थाबाट टनेल सहयोग र प्राविधिक सहयोग पाएपछि बन्जारीटाँडाका ५ जना, दीपनगरका ३ जना, अनन्तपुरका ४ जना, इश्वरीगञ्जका २ जना, भिम्मापुर र पुरैनाका १/१ जना गरी १६ जनाले टनेलभित्र टमाटर उत्पादन गर्ने योजना बनाइ टमाटर रोपिरहेका छन् ।
यो समयमा उत्पादन गरिएको टमाटरले बजार सजिलै पाउने र दशैतिहारमा राम्रो मूल्य पाउन सकिने कृषकहरुको भनाइ रहेको छ । प्रविधिको प्रयोग गरेर थोरै जग्गामा धेरै उत्पादन गर्न सकिने र बेच्न पनि सजिलो हुने भएकोले हामीले टनेलको प्रयोग गरेर तरकारी खेती गर्न संस्थासँग टनेल माग गरेको कृषकहरु बताउँछन् । संस्थाले टनेल बनाउने प्लाष्टिक उपलब्ध गराएपछि बाँस, डोरी लगायत गाउँघरमा पाइने सामग्री प्रयोग गरेर टनेल निर्माण गरिएको हो । टनेल निर्माण गर्दा प्राविधिक सहयोग पनि संस्थाबाट नै गरिएको कुरा लालीगुराँस महिला कृषि समुह बन्जारीटाँडाको अध्यक्ष साबित्री थारुले बताउनुभयो ।
विगत दुई वर्षदेखि राजापुर नगरपालिकाको वडा नं. ७, ८ र ९ मा लुथरन वल्र्ड फेडेरेशन र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको संयुक्त साझेदारीमा संचालित समुदाय सशक्तिकरण तथा विकासका लागि पहल (LICED) परियोजना संचालन गरिरहेको कुरा कार्यक्रम संयोजक जीतराम चौधरीले बताउनुभयो ।
आजभन्दा करिब २६ वर्ष पहिले अध्ययनका लागि काठमाडौं छिरेको हो । दाजुहरू पहिले नै बस्नुभएकोले मलाई बस्नका लागि त्यति समस्या भएन । पाटन संयुक्त क्याम्पसमा बिहानी शत्रमा भर्ना भई बिएस्सी अध्ययन गर्न थालेको हुँ । केही समय मैतिदेवी अनि घट्टेकुलो हुँदै मध्य वानेश्वरमा बसाई गरियो । वि.सं. २०५३ सालमा प्रवेश गरेको राजधानीबाट आफ्नो स्नातकोत्तरको अध्ययनपश्चात अर्थात् वि.सं. २०६० सालमा नि.मा.वि. तहको शिक्षकका लागि नाम निस्केकोले भर्खरै शुरु भएका प्रगतिका सिढीहरु थाँती राखेर गाउँतिर फर्किने सोच भएर बर्दिया फर्केँ । शोधपत्र र अन्य कार्यका लागि केही समय काठमाडौं आउने जाने क्रम चलि नै रह्यो ।
यसरी यति लामो समयसम्म काठमाडौं बस्दा कयौँ सार्वजनिक सवारी साधन चढियो होला । गोदावरी, त्रिभुवन पार्क, नगरकोट, धुलिखेल लगायतका नजिकैका पर्यटकीय स्थलहरुमा साथीहरू मिलेर कयैंपटक ड्राइ पिक्निक पनि गयौँ । लाखौँ, करोडौँ पदचापहरू राजधानीका सडकहरूमा छाडियो होला । कलेज जाँदा पनि कति सकस थियो भन्ने कुरा आफ्नै मनलाई थाहा छ । गफ हैन पैसा नभएर हिँडेरै गइन्थ्यो । अझ जाडोको समयमा अँध्यारो हुने भएकोले डर मानी मानी जानु पर्दथ्यो । अझ बाटोमा वधशाला पर्ने गर्थ्यो । नचाहेर ती दृश्यहरू आँखा सामुन्ने आउँथे । ती अबोध पशुहरूले मृत्युवरण अगाडि निकालेका कारुणिक ध्वनीहरू सुन्दा मन फाटेर आउँथ्यो । त्यसैले कहिलेकाहीँ त आँखा र कान बन्द गरेर केही मिटरको दूरी पार गर्ने गर्थेँ ।
मेरा केही अनन्य साथीहरू जो अझै पनि निरन्तर सम्पर्कमा हुनुहुन्छ, वहाँहरूसँगको सामिप्यता निकै मिठो थियो । शेरु सिंह ठकुरी, प्रकाश गौतम, धर्म न्यौपाने, दिवाकर बराल, हेमन्त जि.सी., कृष्णप्रसाद घिमिरे लगायतका साथीहरू एकै घरका दाजुभाइ जस्तै गरी मित्रताको साइनोमा गाँसियौँ । सार्हो गार्हो पर्दा हामी एकअर्काका बीचमा सहयोगको आदानप्रदान हुन्थ्यो ।
यति लामो समय काठमाडौं बस्दा एउटा सामान्य घटना बाहेक अन्य केही पनि दुःखद अवस्था भोग्नु परेन । शुरुवातमा म शिक्षण अस्पताल जाँदै गर्दा साथमा रू. ५०० लिएर गएको थिएँ । मैतिदेवीनिर एएटा सानो मेला जस्तो कार्यत्रम रहेछ । के रहेछ भनी हेर्न भनी गएँ । केही युवाहरू ल ल ल यो खेल खेल्नुहोस्, डबल पैसा जित्नुहोस् भनेर भने । एउटाले जबरजस्ती ल ल यहाँ थाप्नुस् त पैसा डबल हुन्छ भनेर भन्यो । म भर्खरैको ठिटो विश्वासमा परी त्यही ५०० थापिदिएँ । हुन पनि डबल, त्रिबल हुँदै चौब्बल सम्म भयो । मलाई झनै हौषला थपियो । ल गज्जप भनेर अर्कोपटक चौब्बल भएको २ हजार सप्पै हानिदिएँ । त्यसबेला भने नतिजा मेरो पक्षमा आएन । आएको सबै गयो र आफ्नो पैसा पनि गयो । हस्पिटल जान भनेर हिँडेको यसरी थाहै नपाइकन जुवा खेलाइएको रहेछ सबै पैसा गएपछि मलाई त चक्कर लागेछ, त्यही रुँदै ढलेछु । झण्डै बेहोस जस्तै भएको अवस्थामा ओए… भयो भयो फिर्ता दे भनेर एउटाले भनेपछि मलाई मेरो गुमेको ५ सय रुपैंया फिर्ता दिए र म अस्पताल पुगेँ । त्यस घटनाले मलाई जीवनमा यस्ता विषयमा सचेत बनायो र कहिल्यै पनि त्यस बाटोमा हिडिएन । यो बाहेक अन्य घटनाहरू केही भएकै थिएनन् । तर, करिब तीन दशकपछि काठमाडौं पुग्दा भने पहिलोपटक ठगीको मारमा परियो ।
कसरी भयो घटना :
छोरीलाई कक्षा ११ मा भर्ना गर्नको लागि काठमाडौं बडो दुःखका साथ पुगेको कुरा त यस अधिकै आलेखमा उल्लेख भइसकेको छ । १६ गतेको यात्राबाट हामी बाटो जाम भएर १८ गते पुग्यौँ । १९, २०, २१, २२ गतेसम्म त कलेज अनि बसाई व्यवस्थापन र केही विद्यालयका कामहरू जस्तै सम्पत्ति विवरण फाराम बुझाउने, कदरपत्र तयार गर्ने र नानुको पुनर्योगको आवेदन दिने जस्ता काममा अल्मलियौँ । खासै निष्कर्ष त्यतिबेलासम्म निस्किसकेको थिएन । यस कार्यका लागि मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन बहिनीले ठूलो गुन लगाउनुभएको छ । २२ गतेका दिन हामी (म र छोरी) कलङ्की चोकदेखि बागबजार पुग्नुपर्ने थियो । खासमा विद्यालयबाट निवृत्त शिक्षकहरूका लागि बनाउन दिएको कदर–पत्र लिनु पर्ने थियो । यसो सोचेँ, रत्नपार्कको गाडिमा गएपछि त नानुलाई केही स्थलगत अवलोकन पनि हुनेँ थोरै हिँडेर बागबजार पुगिने भएकोले सोहि अनुसार योजना बनाएँ । केहीबेर कलङ्की मन्दिरनिर गाडि पनि कुर्यौँ । माइक्रो वा मिनीबस के चढौँ केहिबेर अल्मलिएँ म । नजिकै आएको माइक्रोमा झोला सहित बस्ने स्थान अलिक अफ्ठेरो हुने मानेर मिनी बसमा बस्यौँ । नानीलाई महिला सिटमा राखेर म त्यसैको ठिक अघिल्तिर बसेँ । ड्राइभर पछाडि भएकाले मलाई बसको चाल र बसाइ उल्टा भएकोले अलिक चक्कर लागेजस्तो भयो र अगाडिपट्टि अशक्त असहायको सिटमा एकजना युवक बसेको र एक सिट खाली भएकाले त्यसैमा बस्ने निधो गरी कालिमाटी पुगेपछि सिट चेन्ज गरेँ । उसलाई मैले झ्यालतिर सर्ने सङ्केत गरेँ तर उसले उल्टै मलाई झ्यालतिर जान सङ्केकत गरेकाले मैले नाइ नास्ति गरिन र सुरुक्क झ्यालतिर बसेँ । सानो साइड ब्यागमा बाइरोडको बाटो हुँदै आउँदा किनेको ल्वाङ्ग सुकुमेल थियो । त्यही झिकेर खानका लागि चेन खोलेर एउटा ल्वाङ्ग र सुकमेल खाएँ । त्यो मानिसको नजर कतिबेला मेरो सानो व्यागमा परेछ, त्यही बेला उसले त्यो ब्यागभित्रको पर्समा नजर गाडिसकेको रहेछ ।
यात्रा जारी थियो । बसमा सामान्य भीड थियो । दशरथ रङ्गशालाको मोडनिर पुग्दा उ मसँगै लेपसिएर दायाँ हातले झ्यालको डण्डि समातेर करिब ४/५ पटक झ्यालबाट ‘ख्वाक्क थु’ ‘ख्वाक्क थु’ ‘ख्वाक्क थु’ गरिरह्यो । यसरी थुक्दा मलाई लाग्यो कति फोहोरी मान्छे होला, किन यसरी थुकेको होला भनेर म अलिक तर्किएँ र पछिल्तिर धकेलिएँ । उसको बायाँ हातले त सत्यानाश पारिसकेको रहेछ मैले आशङ्काको त के कुरा अनुमान पनि लगाउन सकिनँ । अनि रोक्नै नमिल्ले ठाउँमा खलासीलाई ए…भाइ मलाई यहिँ रोकिदिनु भन्यो, उसले भन्यो, ‘यहाँ रोक्नै मिल्दैन’, हैन हैन स्लो गर्नु न म झरिहाल्छु नि, महिलालाई पो गार्हो हामी त झरिहाल्छौँ नि ! भनेर खानेपानी कार्यालयनिर हातमा भएको १५ रुपियाँ दिएर स्वाट्टै झरिहाल्यो ।
गाडि सुन्धारा हुँदै रत्नपार्क पुग्दै थियो । मैले भाडा दिने तयारीका लागि पर्स छामछुम पारेँ । बाहिरी चेन खुल्लै रहेछ । यता छामेँ उता छामेँ । भए पो भेटिने त ! आफ्नो त सत्यानाशै पारिसकेको रहेछ त्यो बज्जियाले ।
अनि नजिकै बस्नुभएकी एक जना महिलाले भनिन् ‘तपाईको पर्स हरायो हो?’, मैले भने ‘मलाई पनि त्यस्तै लागिरहेछ ।’ हो अघि तपाईंसँग बसेको मान्छे मलाई त चोर जस्तो लागेको थियो । थुक्ने निहूँ बनाएर तपाईँसँग टाँस्सिएर पर्स लुटेजस्तो लाग्यो मलाई त ! अब म प्रष्ट भएँ कि ‘म लुटिएँ’ अर्थात् मेरो पर्स चोरी भैसकेको थियो । आङ्ग सिरिङ्ग भयो, अवाक भएँ, भूकम्प गएझैँ भयो, मनमनै भनेँ हे भगवान् मलाई किन यस्तो आपत् आइलाग्यो? मैले कसको के बिगारिदिएँको थिएँ ? अनि छोरीको अगाडि मन दर्हो बनाएँ र आफैलाई सम्झाएँ दुःखमा नआत्तिनु भनेर अरुलाई सिकाएको कुरा आफैतिर तेसारेर चित्त बुझाईकन बसमा भाडा नदिएरै हामी रत्नपार्क हुँदै बागबजारको बाटो लाग्यौँ । ठिकै छ अब दिनु पर्ने ठाउँमा अनलाइन दिनु पर्ला भनेर मनलाई थम्थम्याएँ । तर, संसारमा कोही नहुँदा भगवानले साथ दिन्छन् भनेको कुरा साँचो रहेछ । यसरी हिँड्दै गर्दा गुलरियाकै चिरपचित व्यक्तिसँग अचानक जम्काभेट भयो । वहाँलाई पहिलोपटक यो घटना सेयर गरी मन हलुका पारेँ । वहाँले हैन सर, ‘समस्या भए भन्नुस् है भन्नुभयो’ के खोज्छस्… आँखा’ भनेझै मलाई भयो र वहाँसँग केही रकम मागेर बागबजार पुगेँ । मैले विद्यालयबाट बनाउन दिएको कदरपत्र लिने ठाउँमा पनि यो घटनाका बारेमा बताउँदा वहाँले पनि ‘बरु मलाई बर्दिया पुगेर पठाइदिनुस् न सर त्यस्तो हो भने बरु हजुरलाई भाडा छैन भने निशङ्कोच भन्नुस् है भन्नुभयो ।’ पीडामा पनि बडो आनन्द लाग्यो । आपत् परेको बेलामा कसैको वचनले पनि त्यो आपतरुपी पीडालाई कम गर्न मद्दत पुग्ने रहेछ । तर, मसँग अनलाइन पेमेन्टको विकल्प भएकाले त्यही प्रयोग गरेँ र केही परिमाणलाई त हार्ड क्यास पनि बनाएँ । त्यसपछि त्यहाँबाट हामी फर्क्यौँ।
यसरी काठमाडौँ कति अस्तव्यस्त रहेछ, लुटेराहरु दिनदहाडै सार्वजनिक यातायातमै कसरी सल्बलाइरहेका छन् र सार्वजनिक यातायात कति असुरक्षित रहेछ भन्ने कुरा भोगियो । पर्समा छोरीलाई भर्ना, ड्रेस, होस्टल भर्ना र मोबाइल किनिदिनका लागि भनेर पैसा राखेको थिएँ । अब हजुरले अनुमान गर्नुहोला मैले भनिन कति थियो भनेर ।
यो घटनामा म त राज्यकै दोष देख्छु । नैतिक तथा संस्कारयुक्त शिक्षाको अभाव हुनु, युवाहरु वेरोजगार हुनु र समाजमा बढ्दै गएको आपराधिक मानसिकताको उपज नै यस्ता प्रकारका घटनाहरू खुल्लेआम घट्ने गरेका छन् । यदि तपाईंहरू काठमाडौं जाँदै हुनुहुन्छ अथवा बस्नुहुन्छ भने यस्ता कुरामा सदैव सचेत रहन आग्रह गर्दै म जस्तै नलुटिनका लागि सचेत गराउँदछु ।
म त नराम्रोसँग लुटिएँ, तपाईं नलुटिनुहोला । मेरो पर्स चोरी गर्नेको भलो त पक्कै हुने छैन । तैँले लगेको मेरो पैसा, सेतो धन हो कालो धन पनि थिएन । बालबालिकाहरूलाई ज्ञान दिएर सेवा गरेवापत राज्यबाट पाएको तलब थियो तैँले लुटेको पैसा बुझिस् ! तलाईं त त्यो पैसाले सराप्ने नै छ यति मात्रै हैन तेरो प्राण सुखले पनि जाँदैन । सग्ला हातगोडा थिए । कमसेकम चोर्ने औँलाहरुले सुकर्म गरेर कमाएको भए हुने थियो नि । कस्तो आमाको कोखबाट जन्म लिइस् ? तँ त नेपाल आमाको लागि भार होस् । यो पृथ्वीको लागि भार होस् । मलाई मात्रै हैन अझै कतिलाई यसैगरी तड्पाइसकिस् होला है । एकदिन त तेरो पाप धुरीबाट अवश्य कराउला ! यसरी आक्रोशित भएँ म क्षमा पाउँ । यदि कथंकदाचित उसकै मोबाइलमा यो लेख पुगेर पढिहालेर मन फिरेमा ९८४८०४३४९५/9848043495 मा इसेवा (E-Sewa) गरेर पठाइदिएमा उसको बुद्धि फिरेको भनेर फेरी एउटा अर्को लेख लेखुँला नभए त अब माया मार्ने त होला है !

असल संगत चारसमी वरदिया




कार्यक्रमको भिडियो हेर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=d-ALaZJ7AKg&t=3s
कार्यक्रमसँग सम्बन्धित अन्य थप तस्बीरहरुका लागि :
समग्र नेपालको फेसबुक पेजमा जानुहोला ।
संघीय संसद सचिवालयले तय गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भुसाल र भट्टराईको मात्रै उम्मेदवारी परेको हो । भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन्, भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्र समेत गरी ४ जना सांसद छन् । उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो ३ बजे हुँदैछ ।
को हुन पुष्पा भुसाल ?
अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भएकी उनले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाएकी थिइन् ।
२०१७ साल फागुन १ गते जन्मिएकी भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुन् । उनी केही समय कानुन व्यावसायमा पनि सक्रिय भएर लागिन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन ।
त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन भुसाल । २०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाम्फेसँग पराजित हुन पुगेकी थिइन् । तत्कालीन वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी हुँदा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् ।
तुम्बाहाम्फेले राजीनामा दिएपछि रिक्त भएको सोही पदमा भुसालले अहिले फेरि उम्मेदवारी दिएकी हुन् । यो पटक उनलाई कांग्रेससहित पाँचदलीय गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
उनको पारिवारिक पृष्ठमूमि राजनीति हो । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन भुसाल । २०१७ सालमा पञ्चायत सुरु भएपछि काशीनाथ गौतम १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि संगै थिइन् ।
को हुन विद्या भट्टराई ?
विद्या भट्टराई विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भएकी नेता हुन् । उनी एमाले नेता राजन भट्टराईका बहिनी हुन् ।
२०४२ साल कक्षा ७ मा अध्ययन गर्दादेखि नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसँग नजिक भएर काम गरेको बताउने विद्याले पद्मकन्या क्याम्पसमा अध्ययन गर्दा विद्यार्थी आन्दोलनमा होमिइन् । अनेमा संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्ष समेत भएर काम गरिन् ।
२०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख भएर काम गरिन् । ०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेदवारी लिएर काम गरिन् । त्यसबेला रवीन्द्र अधिकारी अनेरास्ववियुको महासचिव थिए । ०५६ मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य र कार्यालय सचिव, बुद्धिजीवी परिषद सदस्य हुँदै विद्या प्राध्यापक क्षेत्रमा प्रवेश गरिन् ।
०६२/०६३ को जनआन्दोलनपछि नेकपा एमालेको संघीय मामला विभागको सदस्य भएर काम गरकी विद्यासँग उच्च शिक्षा पाठयक्रम निर्माण समितिको सदस्य भएर काम गरेको अनुभव छ ।
त्रिभुवन विश्वविद्यालयमाको खुल्ला सेवा आयोग परीक्षा पास गरी ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायीरुपमा उपप्राध्यापकको जागिर सुरु गरेकी उनी रवीन्द्र अधिकारीको निधनपछि तत्कालीन नेकपाको निर्णय मानेर कास्की–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भइन र जितिन्।
सांसद भएर आएपछि उनले जनजीविकाका सवालहरुमा आवाज उठाउँदै आएकी छन् । महँगी, भ्रष्टाचार, अनियमितता र न्यायका विषयमा उनले सरकार र सरोकारवालाहरुलाई प्रश्न गर्ने गरेकी छन् । उनै भट्टराईलाई प्रमुख विपक्षी नेकपा एमालेले उपसभामुखको उम्मेदवार बनाएको हो ।