Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100

Warning: Cannot modify header information - headers already sent by (output started at /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php:849) in /home/danfet6/dthclient/kblu/wp-includes/feed-rss2.php on line 8
Uncategorized – समग्र नेपाल https://kblu.org.np सूचना र ज्ञानकाे भकारी । Sun, 29 May 2022 08:03:37 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 https://kblu.org.np/wp-content/uploads/2021/02/cropped-समग्र-नेपाल-1-32x32.png Uncategorized – समग्र नेपाल https://kblu.org.np 32 32 सम्पर्कविहीन विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो https://kblu.org.np/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%8d%e0%a4%a8/ https://kblu.org.np/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%8d%e0%a4%a8/#respond Sun, 29 May 2022 08:03:37 +0000 https://samagranepal.com/?p=2489 पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।

नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ ।

पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

मौसममा सुधार हुनासाथ हवाइ मार्गबाट खोजी सुरु गरिने र विमानको खोजीका लागि स्थल मार्गबाट नेपाली सेना र नेपाल प्रहरी घोडेपानीतर्फ प्रस्थान गरिरसकेको प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्राेत : onlinekhabar.com

]]>
https://kblu.org.np/%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9%e0%a5%80%e0%a4%a8-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a4%be%e0%a4%a8-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%8d%e0%a4%a8/feed/ 0
सबैथोक रहेन चुनाव चिह्न https://kblu.org.np/%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%a5%e0%a5%8b%e0%a4%95-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%a8-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%9a%e0%a4%bf%e0%a4%b9%e0%a5%8d%e0%a4%a8/ https://kblu.org.np/%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%a5%e0%a5%8b%e0%a4%95-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%a8-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%9a%e0%a4%bf%e0%a4%b9%e0%a5%8d%e0%a4%a8/#respond Fri, 27 May 2022 08:22:22 +0000 https://samagranepal.com/?p=2483

१३ जेठ, काठमाडौं । राणाशासनको अन्त्यपछि २०७६ मंसिरको उपनिर्वाचन बाहेक कहिल्यै पनि गैरकम्युनिस्ट उम्मेदवार अनुमोदन नगरेको धरानले यसपटक हर्क साम्पाङलाई मेयर चयन गरेको छ, त्यो पनि सहज मतान्तरसहित । बलियो संगठन र आम परिचित चुनाव चिहृन लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मत पाएर निकटतम प्रतिद्वन्द्वी बन्दा साम्पाङले २० हजार ८२१ मत ल्याएर मेयर जिते ।

जितपछि साम्पाङप्रतिको समर्थन, प्रशंसा र भरोसा बढेको छ । उनले पनि आफ्नो जितलाई धराने जनतासँग जोड्दै भनेका छन्, ‘मेयर सधैं धराने जनता भन्दा तल हो, सेवक हो ।’ धरानको राजनीतिक पृष्ठभूमि र राष्ट्रिय राजनीतिको ऐतिहासिक प्रवृत्तिलाई आधार मान्ने हो भने गैरदलीय उम्मेदवारी दिएर धरान उपमहानगरकै नेतृत्व लिन सक्नु साम्पाङको असाधारण सफलता हो ।
अझ अढाइ वर्ष पहिलेको धरानकै नतिजासँग तुलना गर्दा साम्पाङको जितलाई चमत्कार भन्न सकिन्छ । २०७६ को उपनिर्वाचनमा मेयर पदका उम्मेदवार बनेका साम्पाङले जम्मा ४२२ मत पाएका थिए । खानेपानी समस्यालाई मुख्य एजेण्डा बनाएर दशक यता सामाजिक अभियानमा सक्रिय साम्पाङले त्यसबेला जमानत समेत जोगाउन सकेका थिएनन् । त्यो चुनाव तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राई (२३ हजार ९१४ मत) लाई हराउँदै कांग्रेसका तिलक राई -२६ हजार ७०९ मत पाएर) ले जितेका थिए ।

त्यसबेला साम्पाङको चुनाव चिहृन ‘खानेपानीको धारा’ थियो । खानेपानीकै समस्या लिएर सामाजिक अभियानमा सक्रिय रहेकाले यसपटक पनि उनी उपनिर्वाचनकै चुनाव चिहृन लिने चाहनामा थिए, दाबी पनि गरे । तर नेकपा एमालेबाट विद्रोह गरी मेयर पदमा उठेका धरान-९ का निवर्तमान वडाध्यक्ष रत्न कटवालले त्यो चिहृन लिइसकेका थिए । त्यसैले निर्वाचन आयोगले अरू कुनै चिहृन रोज्न भनेपछि हर्क ‘लौरो’ चिहृन लिएर मतदातासमक्ष गए ।

तर ‘खानेपानीको धारा’बाट चुनाव चिहृन ‘लौरो’ फेरिंदा पनि उनले ठूला दलको बलियो संगठन र लामो विरासत सजिलै तोडिदिए । ‘खानेपानीको समस्या धराने जनतासँग जोडिएको छ । तर जनताको समस्याप्रति राजनीतिक नेतृत्व गैरजिम्मेवार बन्यो, हर्क साम्पाङ निरन्तर लागिरहे’, धरानका एमाले नेता भीम ज्वाला भन्छन् । साम्पाङसँग पराजित हुँदै निकटतम प्रतिद्वन्द्वी बनेका किशोरलाई सत्तारुढ पाँच दलको समर्थन थियो ।

मेयरको प्रतिस्पर्धामा १२ हजार ८२५ मतमै सीमित रहेर तेस्रो बनेकी मञ्जु भण्डारीसँग भने एमालेको आक्रामक संगठन र सात दशक लामो विरासत थियो । २००७ सालबाटै कम्युनिस्ट प्रभावमा हुर्किएको धरानले कम्युनिस्ट भनेर एमाले नै चिन्दै आएकाले पनि मञ्जुको उम्मेदवारी सशक्त मानिएको थियो । किनभने धरानसँग एमाले ‘कनेक्सन’ राणाशासन अन्त्य हुँदै गर्दा भएको -सन् १९५० मा) दिल्ली सम्झौतासँगै जोडिएको छ । दिल्ली सम्झौताको विरोधमा तत्कालीन राजा त्रिभुवनलाई रत्नबहादुर श्रेष्ठ र पृथ्वीमान मोते नेतृत्वको टोलीले कालो झण्डा देखाएपछि धरान ‘कम्युनिस्ट गढ’ बन्न पुगेको थियो ।

श्रेष्ठ र मोतेले उठाएको विद्रोहको झण्डालाई धरानले पञ्चायत र त्यसपछि पनि निरन्तरता दियो । पूर्वी पहाडबाट झरेका कम्युनिस्ट, झापा विद्रोही र महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले निरन्तरता दिएको कम्युनिस्ट प्रभावकै जगमा पञ्चायतमै पनि जनपक्षीय उम्मेदवारी दिएर बम देवानले धरानको मेयर जितेका थिए । २०४६ सालपछिका हरेक चुनाव -२०६४ को पहिलो संविधानसभा चुनावमा माओवादी र २०७६ को उपनिर्वाचनमा कांग्रेसले जितेको बाहेक) एमालेकै उम्मेदवारले जिते ।

तर यसपटक भने धरानले आफ्नै राजनीतिक इतिहास र कम्युनिस्ट विरासत मात्रै नभएर प्रमुख दल र तिनको चुनाव चिहृनबाट मात्रै जित्न सकिने आममान्यता समेत तोडेको छ । यसलाई दलहरूप्रतिको विद्रोहका रूपमा लिनुपर्ने धरानका पूर्व मेयर बम देवान बताउँछन् । ‘पञ्चायतकालमा निरंकुश राजाविरुद्ध विद्रोह हुन्थ्यो, विस्तारै त्यो विद्रोह राजनीतिक दलप्रति देखिन थाल्यो’ देवान भन्छन्, ‘दल र नेताहरूले आफ्नो सिद्धान्त, नीति र कार्यक्रम लिएर जनतामाझमा संगठन बनाउन छोडेपछि मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गरे ।’

राजनीतिक इतिहासका अध्येता राजेश गौतम पनि जनताको एजेण्डाबाट दलहरू अलग हुन पुग्दा ‘ब्रान्डेड’ चुनाव चिहृनप्रति विद्रोह भएको बताउँछन् । ‘यो चुनावले ब्रान्डेड चिहृनबाट मात्रै भोट लिन सकिन्छ भन्ने मान्यतामा वेग्लै दृष्टिकोण बनाउन बाध्य बनाएको छ । निर्वाचनमा चिहृन मात्रै ठूलो कुरो होइन रहेछ भन्ने पनि यसले प्रष्ट संकेत दिएको छ’, गौतम भन्छन् ।

स्वतन्त्रको लहर

धरानका हर्क साम्पाङ भन्दा बढी चर्चा सहित राजधानी शहर काठमाडौं महानगरमा बालेन्द्र साह मेयर बनेका छन् । उनले पनि सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका सिर्जना सिंह र एमाले उम्मेदवार बनेका पूर्व मेयर केशव स्थापित जस्ता बलिया उम्मेदवारलाई सजिलै पछि पारे । सिर्जनाको चुनाव चिहृन ‘रूख’ काठमाडौंवासीले ६४ वर्ष पहिले नै चिनेका हुन् भने स्थापितको चिहृन ‘सूर्य’ ३५ वर्षदेखि फरफराइरहेको छ । तर, चुनाव आउन १३ दिनअघि मात्रै पाएको ‘लौरो’ चिहृनबाट बालेनले परम्परागत मान्यता भत्काइदिए ।

‘बालेनजीलाई १७ वैशाखमा चुनाव चिहृन लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको थियो । त्यतिञ्जेल चुनाव चिहृन मतपत्रमा भएका मध्येबाट छान्न पाइन्छ भन्ने पनि थाहा थिएन’ बालेनको समूहमा संलग्न एक जना सदस्य भन्छन्, ‘आयोगले दिएका विकल्पमध्ये उहाँलाई लौरो सजिलो हुन्छ जस्तो लाग्यो र त्यही छान्नुभएको थियो ।’

एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया चलिरहँदा पनि चुनाव चिहृन प्रमुख विषय थियो । दुवैले आफ्नो चुनाव चिहृन छोड्न चाहेका थिएनन् । २०७४ को चुनावमा साझा घोषणापत्र बनाउँदा पनि आ-आफ्नो अलगअलग चिहृनमै उम्मेदवारी दिनुको कारण पनि चुनाव चिहृनलाई प्रतिष्ठा बनाउनु थियो

चुनाव चिहृन पाएपछि बालेन आफैंले ‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ नारा बनाए । चुनाव चिहृन प्रचारका लागि मुख्यगरी सामाजिक सञ्जाललाई माध्यम बनाइएको उनका समूहका ती सदस्य बताउँछन् । ‘मतदानको समय आउन लाग्दासम्म भोट फर बालेन भनेर हिंडिरहेका थियौं’ ती सदस्य भन्छन्, ‘तर यसपालि मतदाता आफैं सचेत देखिनुभयो, हामीले भन्दा पहिले उहाँहरू आफैंले आ-आफ्नो सामाजिक सञ्जाल मार्फत प्रचार गरिदिनुभयो ।’

भौतिक प्रचारका रूपमा घरदैलो अभियानमा गएका वेला लौरो लिएर हिंड्ने र प्रचार सामग्रीमा चिहृन छाप्ने बाहेक अन्य काम नगरेको उनीहरू बताउँछन् । ‘खासमा हाम्रा लागि चिहृन ठूलो कुरा थिएन, विचार मुख्य कुरा थियो’ बालेनका एकजना सहयोगी गणेश कार्की भन्छन्, ‘विचारको अगाडि मतदाता आफैंले अन्य सबै कुरालाई साइड लगाइदिनुभयो ।’ काठमाडौंका मतदाता चिहृन भन्दा पनि उम्मेदवार, तिनका विचार र प्रतिबद्धता हेर्न सक्षम भएकैले बालेन मेयर बनेको कार्कीको भनाइ छ ।

बालेन र हर्क साम्पाङ जतिकै प्रभाव नदेखिए पनि धनगढी उपमहानगरमा गोपाल हमाल, जनकपुर उपमहानगरमा मनोजकुमार साह, बर्दिबास नगरपालिकामा प्रल्हादकुमार क्षेत्री लगायतको जितले प्रमुख दलहरूको चिहृनबाट मात्रै चुनाव जित्न सकिन्छ भन्ने मान्यता कमजोर बनाएको छ ।

साझा पार्टीको राजनीति त्यागेर ‘आँप’ चिहृनमा गैरदलीय उम्मेदवारी दिएका हमालले २६ हजार ८६५ मत ल्याएर धनगढी उपमहानगरको मेयर जिते । यहाँ पनि ‘रूख’ चिहृनका कांग्रेस उम्मेदवार नृपबहादुर वड (१४ हजार ८१७ मतसहित) निकटतम प्रतिद्वन्द्वी बने ।

जनकपुरमा कांग्रेसबाट विद्रोह गरी गैरदलीय उम्मेदवारी दिएका मनोज साहले ‘घण्टाघर’ चुनाव चिहृनमा १३ हजार ४६५ मत ल्याएर मेयर जिते । बर्दिबास नगरपालिकामा ‘जेब्रा’ चिहृनमा १४ हजार २१० मत ल्याएर प्रहृलादकुमार क्षेत्रीले मेयर जिते । जबकि कांग्रेसको रूख चिहृनबाट उम्मेदवारी दिएका चिरञ्जीवी हमाल भने १ हजार २६३ मतमै सीमित रहेर चौथो बने ।

पार्टीबाट टिकट नपाएपछि अलग चुनाव चिहृन लिएर उम्मेदवारी दर्ता गर्ने अभ्यास यसअघि पनि थियो । तर आफू जित्न भन्दा पार्टी हराउन त्यस्तो उम्मेदवारीले बढी काम गथ्र्यो । तर, यसपटक भने एक महानगर र तीन उपमहानगरसहित १३ स्थानीय तहमा गैरदलीय उम्मेदवार विजयी भए । राजनीतिक विश्लेषक जुगल भुर्तेल, यो चुनावको नतिजालाई प्राविधिक (संख्यात्मक) रूपमा मात्रै हेरिन नहुने बताउँछन् । ‘धेरै सिट त दलहरूले नै पाए । तर प्रमुख शहरमा स्वतन्त्रले जित्नुको राजनीतिक अर्थ छ, त्यसतर्फ ध्यान दिनुपर्छ’, उनी भन्छन् ।

सबै पद गरी यो चुनावबाट गैरदलीय उम्मेदवारी दिएर ३८५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । २०७४ को भन्दा यो संख्या बढी हो । त्यो चुनावमा ६ स्थानीय तहको नेतृत्वसहित २३३ जना जनप्रतिनिधि गैरदलीय उम्मेदवार थिए । तर त्यसबेलासम्म दलको स्थानीय विवादकै कारणले गैरदलीय उम्मेदवारले जितेको तर्क गरिन्थ्यो ।

दल भनेकै चिहृन !

प्रमुख दलको चिहृन नपाउनेले नजित्ने मान्यता स्थापित हुनुमा राजनीतिक परिवर्तनहरूमा दलहरूको निर्णायक नेतृत्व र संवैधानिक व्यवस्था कारण देखिन्छ । दलहरूले चिहृन लिएको इतिहास भने २०१५ सालदेखि हो । त्यसअघि राणा र राजाले गराउने चुनावमा थोरै उम्मेदवार हुने भएकाले हरियो, रातो लगायत रंगका आधारमा भोट दिइन्थ्यो ।

तर २०१५ सालको चुनावमा नेपालले छिमेकी भारतको अभ्यासको सिको गर्‍यो । १०९ निर्वाचन क्षेत्र तोकिएको त्यो चुनावमा कांग्रेसका सबै उम्मेदवारले एउटै चिहृन ‘रूख’ मा उम्मेदवारी दिए । दुई तिहाइ अर्थात् ७४ जनाले जिते । त्यसबेला कांग्रेसले आफ्नो चुनाव चिहृन ‘रूख’लाई कल्पवृक्ष भनेको थियो ।

संयुक्त प्रजातन्त्र पार्टीले ‘धानको बाला’, नेपाल प्रजापरिषदको ‘हलो’ र गोरखा परिषदले ‘छाप्रो घर’ र नेपाल कम्युनिस्ट पार्टीले ‘मकैको घोगा र हँसिया’ चिहृनबाट चुनाव लडेका थिए । ‘भारतमा जस्तो किसिमले चुनाव हुन्थ्यो, त्यस्तै किसिमले नेपालको चुनावी प्रणाली अगाडि बढ्यो । अरू देशमा पनि आ-आफ्नो ट्रेडमार्क (चुनाव चिहृन) लिएर लड्ने परम्परा थियो’, इतिहासकार राजेश गौतम भन्छन् । त्यसबेला गैरदलीय उम्मेदवारी दिने पनि थिए । लालसिंह महर्जनले ‘घण्टा’, पद्मबहादुर बुढाथोकीले ‘हात्ती’, खनुपरुदे (रामबाबु प्रसाईं) ले ‘तराजु’ लिएर चुनाव लडेका थिए ।

तर चुनाव जित्ने र राष्ट्रिय राजनीतिमा प्रभाव भने दलीय उम्मेदवार हुनेको बढी भयो । अर्कातिर दललाई आफ्ना उम्मेदवारहरू सबै एउटै चिहृनमा छन् भनेर प्रचार गर्न पनि चुनाव चिहृनले सहयोग पुग्यो । ‘पार्टीभित्रै भिन्न दृष्टिकोणमा रहेकाहरूलाई एउटैमा बाँध्ने आधार त चाहियो । त्यस्तो आधार रूख चिहृन बन्यो । नत्र त कांग्रेस पार्टी भनेर चुनावमा उठ्ने, तर चुनाव चिहृन भने अलगअलग हुनेभयो’, दलका उम्मेदवारले एउटै चिहृन लिएको ऐतिहासिक पृष्ठभूमि केलाउँदै गौतम तर्क गर्छन् ।

त्यसबेला कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय अभ्यास र पार्टीको सिद्धान्तका आधारमा ‘मकैको घोगा र हँसिया’ चिहृन लिएका थिए । तर, कांग्रेसले रूख चिहृन लिनुमा भने बलियो तर्क देखिंदैन । रूखले सबैलाई ओत दिने तर्ककै आधारमा लिइएको चिहृन कांग्रेसले त्यसपछि कहिल्यै छोडेको छैन ।

तर कम्युनिस्ट पार्टी भने लगातार एकता र विभाजनको शृङ्खलाबाट बढेकाले २०१५ सालको चुनाव चिहृन छोड्यो । अहिले एमालेले लिएको चुनाव चिहृन ‘सूर्य’ भने २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेका पद्मरत्न तुलाधरले काठमाडौंमा र रूपचन्द्र बिष्टले मकवानपुरमा लिएका थिए ।

‘सूर्य चिहृन लिएर पद्मरत्न तुलाधर काठमाडौंमा चुनाव लडेपछि राष्ट्रव्यापी हलचल नै आयो । रूपचन्द्र बिष्टले पनि जिते’ एमालेले सूर्य चिहृन लिनुको पृष्ठभूमिबारे मुकुन्द न्यौपाने भन्छन्, ‘परिवर्तनको पक्षमा सूर्यमा मत आएपछि त्यसैलाई निरन्तरता दिने निर्णय भयो ।’ एमालेका संस्थापकमध्येका एक न्यौपाने अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

पञ्चायतको अन्त्यपछि २०४८ सालको चुनावयता एमालेले सूर्य चिहृनबाटै चुनाव लड्दै आएको छ । २०५१ सालमा ठूलो दल बन्दै एमालेले एकल सरकार बनायो । त्यसपछि कांग्रेसको रूखको प्रतिस्पर्धामा एमालेले ‘सूर्य’ लाई ब्रान्डका रूपमा स्थापित गरेको छ । ‘राजनीतिक संघर्ष र प्राप्त उपलब्धिलाई नै चुनाव चिहृनमा लगेर हामीले जोड्यौं । दलहरू भन्नासाथ चुनाव चिहृनका रूपमा मतदातालाई चिनाउने काम गर्‍यौं’, न्यौपाने भन्छन् ।

२०६४ सालपछि संसदीय चुनावमा भाग लिन थालेको नेकपा माओवादी केन्द्रले पनि ‘गोलाकारभित्रको हँसिया र हथौडा’ लाई आफ्नो ब्रान्डका रूपमा स्थापित गराउने प्रयत्न गरिरहेको छ । संसदीय राजनीतिमा छिरेको माओवादी केन्द्रले पार्टी नाम लगातार बदलिरहे पनि चुनाव चिहृन फेरेको छैन । जबकि २०६४ यता एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र, नेकपा र फेरि माओवादी केन्द्र बनिसकेको छ ।

अहिले ‘गोलाकारभित्रको हँसिया हथौडा’का रूपमा मतदाताबीच स्थापित माओवादी केन्द्रले २०४८ सालको चुनावमा संयुक्त जनमोर्चाका रूपमा चुनावमा भाग लिएको थियो । त्यसबेला ‘हँसिया र तारा’ चिहृन थियो । तर २०५२ सालमा संसदीय राजनीतिकै विरुद्धमा सशस्त्र विद्रोह सुरु गर्‍यो, त्यो विद्रोह दश वर्ष चल्यो । २०६३ सालको अन्तरिम संसद र ५ मंसिर २०६४ को शान्ति सम्झौता हुँदै २०६४ पछि मात्रै चुनावमा भाग लिन थालेकाले कांग्रेस र एमालेभन्दा आफ्नो चुनाव चिहृन मतदाताबीच कम परिचित रहेको तर्क कतिपय सन्दर्भमा माओवादी केन्द्रका नेताहरूले गर्ने गर्छन् ।

अन्य दलहरूको चुनाव चिहृनको निरन्तरता र स्वीकार्यता तुलनात्मक रूपमा कमजोर देखिन्छ । पार्टी विभाजन र एकताकै कारणले चुनाव चिहृन बदलिरहनु परेकाले कांग्रेस-एमाले जस्तो बलियो बन्न नसकेको उनीहरूको तर्क हुने गर्छ ।

सधैंको विवाद

बलियो संगठन र स्थापित चिहृनले चुनाव जितिने बुझाइकै कारण चुनाव चिहृन दलहरूमा सधैं विवादको विषय बन्दै आएको छ । यो चुनाव (३० वैशाखमा) हुनु अगाडि पनि साना दलहरूले चुनाव चिहृनकै मागसहित निर्वाचन आयोग घेराउदेखि सडक प्रदर्शनसम्म गरेका थिए । मतपत्रमा राष्ट्रिय दलको हैसियतसहित चुनाव चिहृन राखिनुपर्ने माग राखेर भएको आन्दोलनको अन्ततः सुनुवाई गर्न निर्वाचन आयोग पनि बाध्य भयो ।

५ पुस २०७७ मा तत्कालीन नेकपा विभाजन हुँदा चुनाव चिहृन ‘सूर्य’ कसले पाउने भन्नेमा ठूलै संघर्ष भएको थियो । पार्टीमा बहुमत भएकाले चुनाव चिहृन आफूले पाउनुपर्ने पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले दाबी गरेका थिए । तर प्रथम अध्यक्षको हैसियतले केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यको बहुमत संख्या देखाएर आफ्नो दाबी छोडेनन् । एकअर्काविरुद्ध शक्ति प्रदर्शन भयो, लामो समय अनिर्णयमा बसेको भन्दै आयोग नै विवादित बन्यो । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले माग दाबी नै नभएको फैसला गरेर नेकपाको एकता प्रक्रिया भंग गरिदिएपछि चुनाव चिहृनको विवाद पनि सकियो ।

एमाले पुनस्र्थापित हुँदा सूर्य चिहृन पनि आफैंले पाएको खुसियालीमा अदालतको फैसलाको ओली निकट नेता-कार्यकर्ताले देशभर दीपावली गरे । त्यसलाई प्रचण्ड र माधव पक्षले ‘पार्टी विभाजन हुँदा पनि दीपावली गर्ने मनोवृत्ति’को संज्ञा दिएका थिए । तर त्यो दीपावली सूर्य चिहृन पाएकोमा थियो ।

एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया चलिरहँदा पनि चुनाव चिहृन प्रमुख विषय थियो । दुवैले आफ्नो चुनाव चिहृन छोड्न चाहेका थिएनन् । २०७४ को चुनावमा साझा घोषणापत्र बनाउँदा पनि आ-आफ्नो अलगअलग चिहृनमै उम्मेदवारी दिनुको कारण पनि चुनाव चिहृनलाई प्रतिष्ठा बनाउनु थियो ।

चुनाव चिहृन पार्टीको आधिकारिकतासँग जोडिने भएकाले दलहरूको एकता र विभाजनमा सधैंको समस्या बन्ने गरेको छ । पूर्वन्यायाधीश रणबहादुर बमको हत्या प्रकरण त्यसको बलियो उदाहरण हो ।

मधेश आन्दोलनको ‘काउन्टर’मा सर्लाहीको पहाडी क्षेत्र केन्द्रित भएर बनेको चुरे भावर राष्ट्रिय पार्टीको वैधानिकताबारे फैसला दिएकै कारण बमको हत्या भएको थियो । त्यो पार्टी २०६६ जेठ अन्तिमतिर विभाजित भयो । एउटा समूहको नेतृत्व केशव मैनाली र अर्को समूहको नेतृत्व उपाध्यक्ष बाबु थापाले गरेका थिए ।

दुवै पक्ष २७-२९ जेठ २०६६ मा अलगअलग महाधिवेशन गर्दै वैधानिकता दाबी गर्न निर्वाचन अयोग गए । आयोगले थापा समूहलाई वैधानिकता दियो । यसपछि मैनाली भने सर्वोच्च अदालतमा रिट लिएर गए । सर्वोच्चका न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्णय कार्यान्वयन नगर्न आदेश दियो ।

तर, तीन वर्षपछि काठमाडौंको यूएन पार्क नजिकै ती न्यायाधीश बमको हत्या भयो । घटनाको पटाक्षेप गरेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यस घटनाको मुख्य कारण भनेको पार्टीभित्र उनको समूहले आधिकारिकता नपाउनु हो ।’ पक्राउ परेपछि बयानका क्रममा थापाले फैसलाकै कारण आफूले तीन वर्ष दुःख पाएको बताएका थिए ।

फैसलाकै कारण पार्टीको वैधानिकता गुमाएका उनले नेपाल जनता स्वतन्त्र स्वाभिमान पार्टी बनाए पनि चल्न सकेन । यसपछि थापाले पेशेवर अपराधी प्रयोग गरी बमको हत्या गरे । ‘पार्टीको आधिकारिकता भनेको चुनाव चिहृनसँग जोडिने कुरा हो, त्यसैले यो घटना पनि कुनै न कुनै रूपमा चुनाव चिहृनसँग जोडिन्छ’ मल्लले पुरानो घटना सम्झिंदै अनलाइनखबरसँग भने ।

जनमत पाउने विश्वासकै कारण चुनाव चिहृनप्रति संघर्षको शृङ्खला संसदीय राजनीति जतिकै लामो छ । २०७३ चैतमा त पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई चिहृनकै लागि हिरासत बसेका थिए । ९ असोज २०७२ मा माओवादी परित्याग गरी नयाँ शक्ति गठन गरेका भट्टराईले मतपत्रमा दलीय हैसियतको चिहृन राखिनुपर्ने मागमा आन्दोलन गर्दा प्रहरी हिरासतमा बस्नुपरेको थियो ।
अहिलेकै चुनावमा अपेक्षित मत नपाएको भन्दै कमल थापाले फेरि ‘गाई’ चिहृन माग गर्ने निर्णय गरेका छन् । ९ जेठमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक राखेर उनले २०६४ यताको चुनावमा प्रयोग गरेको चिहृन माग्ने निर्णय गरेका हुन् ।

एमालेको चिहृन सूर्यबाट चुनावमा भाग लिएका थापाले फेरि गाई चिहृन माग्ने निर्णय गर्नुमा भने २०७० को चुनावमा पाएको मत सम्झेको हुनसक्छ । २०६४ र २०७४ मा उति धेरै मत नपाए पनि २०७० मा गाई चिहृनले उनलाई चौथो दलको हैसियत दिएको थियो ।

कतिसम्म भने काठमाडौंमा बालेनले लौरो चिहृन पाएपछि पोखराका गैरदलीय उम्मेदवार गणेश पौडेलले पनि त्यही चिहृन दाबी गरे । तर, अरूले नै त्यो चिहृन पाएको प्रारम्भिक प्रतिक्रियाकै भरमा अराजक अभिव्यक्ति दिएपछि उनी समर्थित एक युवक पक्राउ परे । ती युवक रु.५ हजार ५५५ धरौटी तिरेर रिहा भएका छन् ।

स्थापित चिहृनप्रतिको विश्वास र बुझाइ कति बलियो छ भने पार्टी विभाजन गर्नेले मत नपाउनुलाई चुनाव चिहृनकै कारण मानिने गरेको छ । २०५४ मा एमाले फुटेर बनेको मालेले एक सिट पनि नजित्नुमा चुनाव चिहृन ‘तारा’ समाजमा स्थापित नभएको निष्कर्ष निकालिएको थियो ।

तर यस पटकको चुनावी नतिजाले चुनाव चिहृन प्राविधिक विषय भन्दा अरू नभएको सन्देश दिएको धरानका पूर्वमेयर देवान तर्क गर्छन् । ‘हिजो जनता आफ्नो पार्टी, नेता र सिद्धान्तको बन्दी थिए । इमानदारीपूर्वक पार्टीको योजना, भावना र विचारअनुसार संगठित मतदान गर्थे’ उनी भन्छन्, ‘आज स्वतन्त्रताको दायरा फराकिलो भएको छ । पहिले अहिले जस्तो स्वतन्त्रता र निर्भय थिएन ।’ बदलिएको व्यवस्था र मतदातामा विकास भएको चेतनाकै कारण गैरदलीय उम्मेदवारले सहजै जित्ने परिस्थिति निर्माण भएको उनी बताउँछन् ।

]]>
https://kblu.org.np/%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%a5%e0%a5%8b%e0%a4%95-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%a8-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%9a%e0%a4%bf%e0%a4%b9%e0%a5%8d%e0%a4%a8/feed/ 0
नयाँ वर्ष : उम्मेदवारीको लहड https://kblu.org.np/newyear2079/ https://kblu.org.np/newyear2079/#respond Thu, 14 Apr 2022 12:33:34 +0000 https://samagranepal.com/?p=2436 घर बलियो बनाउन जग बलियो हुनै पर्ने कुरालाई कसैले पनि नकार्न सकिँदैन । सम्पूर्ण आधारशीला तयार गरेपछि मात्रै घरको निर्माण प्रक्रिया शुरु गर्नु सान्दर्भिक होला । जताततै स्थानीय तह अन्तर्गत पालिका तथा वडाहरूको. निर्वाचनको सरगर्मी चढिरहेको छ । आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनको सरगर्मीसँगै उम्मेदवारीको घोषणाको लहर पनि यतिबेला देखिएको छ । यसरी बढ्दो गर्मीसँगै चुनावी सरगर्मी बढ्नुमा कुनै अस्वाभाविक विषय पनि रहेन । तर चुनावको मिति तय भएर चुनावी महिनामा प्रवेश गरिसक्दा पनि अझै कता कता चुनाव नहुने हो कि भन्ने अनेकन अड्कलबाजीहरु पनि भैरहेका छन् । स्थानीय तहको निर्वाचन होस्, यसमा शुभकामना छ । पार्टीहरुले पनि राजनीति देशको समृद्धिका लागि गर्नु पर्दछ । तर अहिलेका निर्वाचनपूर्वका गतिविधिहरु नियाल्दै गर्दा पाटीहरुका नेतृत्ववर्गमा पनि राजनीति भनेको उचाल्ने, पछार्ने खेल मात्रै जस्तो देखिएको छ ।

सामाजिक सञ्जालमा उम्मेदवारी दिने र सस्तो प्रचारप्रसारबाट लोकप्रियता कमाउन वा उम्मेदवारी दिएपनि लज्जास्पद हार वेहोर्नकै लागि नै होला यतिविधि हुँइयाँहरु देखिएको, किनकि अब चुनाव जित्नका लागि उम्ममेदवार हरेक कुराले दह«ै हुनुपर्ने र आम जनमानसको मन जित्न सक्नु पर्ने हुन्छ । यसै सन्दर्भलाई केलाएर हेर्दा उम्मेदवारी भनेको कुनै लहड र बहकाउमा रहेर घोषणा गर्ने कुरा पनि हैन । उम्मेदवारी भनेको निकै संवेदनशील विषय पनि हो । वि.सं. २०७४ मा सम्पन्न स्थानीय निर्वाचन पहिलो पटक भएको हुनाले धेरैले विविध तरीकाका सिकाइहरु गर्दै रहे, सायद प्रयोगशाला नै भएको हुन सक्छ । यस्तै गर्दा नै पाँच वर्ष कार्यकाल वितेको पत्तै भएन । अब आउने निर्वाचनमा भने कुनै पनि वहकाउ वा लहडमा उम्मेदवारी दिनुभन्दा पनि आफ्नो राजनैतिक छवी के हो ? आफूले समाजमा के कस्तो योगदान दिएको छु, आफ्नो भविष्य के हो ? जनतको साथ, सहयोग र समर्थन कत्तिको पाउन सक्छु ? अघिपछि समुदायमा कुन–कुन अनि के कस्ता कार्यको माध्यमबाट जनताका सुख–दुःखमा साथ दिएको छु ? भनेर उम्मेदवारी घोषणापूर्व एकपटक आँखा चिम्म गरेर सोच्ने पो हो कि ?
नयाँ वर्षको पनि सन्दर्भ रहेको छ । नयाँ वर्ष २०७९ ले यस विषयमा अलि गम्भीर भएर सोच्न र विश्लेषणात्मक दृष्टिकोणबाट अलि दूरदर्शी सोच सबै राजनेताहरुमा पलाउन सकोस् र सबै पालिकाहरूले सक्षम, योग्य, शिक्षित, दुरदर्शी, योजना बनाउन सक्ने, भ्रष्ट्राचार नगर्ने र हुन पनि नदिने प्रतिवद्ध, इमान्दर, नैतिकवान चरित्रवान व्यक्तिलाई नेतृत्व दिनका लागि सम्पूर्ण हामी जनता सफल हुन सकौँ । समग्र नेपाल अनलाइनको तर्फबाट सबैलाई शुभकामना

]]>
https://kblu.org.np/newyear2079/feed/ 0
युग सम्झाउने व्यक्तित्व : अरुणबाबु खत्री ‘नदी’ https://kblu.org.np/arun/ https://kblu.org.np/arun/#respond Mon, 21 Feb 2022 13:14:50 +0000 https://samagranepal.com/?p=2388 वि.सं. २०४० साल असार महिनाको पहिलो हप्ता। एसएलसी नतिजाको पर्खाइमा थिए, अरुणबहादुर खत्री ‘नदी’। एक साँझ लैनचौरस्थित उनले पढेकै स्कुल शान्ति विद्यागृहका जुनियर विद्यार्थी चन्द्र महर्जन उनको नामको पत्र लिएर सामाखुशी आइपुगे। स्कुलको ठेगानामा आएको पत्र देखेर अरुण आश्चर्यमा परे।

आफ्नो नाममा कसले पत्र पठायो होला त! कौतहुलता हुने नै भयो। किनभने त्यसअघि न त उनले कहिल्यै कसैलाई पत्र पठाएका थिए, न त उनको नाममा कसैले पत्र पठाएको थियो।

त्यसैले अरुणका लागि त्यो पहिलो पत्र आकाशबाट खसेको ताराजस्तै भयो। चिठीको खाम खोल्न त के, उनी छुनसमेत डराए। घरमा आमा र दिदीहरु थिए। चन्द्रले दिदीको हातमा पत्र थमाएर फर्किए। उनको दिदीले पत्रको खाममा लेखेको ठेगाना पढेर सुनाइन्– ‘किरण भट्टराई, प्युठान जिल्ला, महेन्द्र माध्यमिक विद्यालय।’

‘मेरो जीवनको पहिलो पत्र थियो त्यो। नचिनेको व्यक्तिले पठाएको चिठी मलाई खोल्न मन लागेन, पछि मेरो दिदीले पढेर सुनाउनु भयो,’ त्यो पहिलो पत्रलाई दिदीले पढेको सम्झिए अरुणले।

पत्रको विवरण पढेपछि उनी छक्क परे। उनको नाम र ठेगाना रेडियो नेपालबाट सुनेको भरमा प्युठान जिल्ला निवासी किरणले पत्र लेखी पठाएका थिए।

त्यो जमाना थियो, पत्रकै भरमा समाचार आदान–प्रदान हुने, पत्रकै भरमा भावना साट्ने र साथी बन्ने। रेडियो नेपाल होस् या गोरखापत्र अथवा युवामञ्च नै किन नहोस्, सबैले पत्रमित्रतालाई स्थान दिन्थे। र युवाहरु पत्रमित्रता गर्न हौसिन्थे।

अरुणले पनि २०३७ सालदेखि रेडियो नेपालमा बेलुकाको साढे पाँच बजेदेखि ६ बजेसम्म मुनाल घिमिरेले चलाउने बाल कार्यक्रमको नियमित स्रोता थिए। त्यहाँ उनी आफ्नो बालकथा लेखी पठाउँथे। रेडियो नेपालमा जब–जब उनको नाम आउन थाल्यो, उनलाई गाउँगाउँका मान्छेले सम्झिन थाले। याद गर्न थाले। र, उनको नाम र ठेगानामा पत्र आउन थाल्यो, जुन पहिलो पत्र उनै प्युठानका किरणको थियो।

प्युठानबाट सुरु भएको पत्रमित्रता देशैभरि फैलाए अरुणले। एक हजार भन्दा बढीसँग पत्रमित्रतासँग साइनो गाँसे। आफूले कति पत्र लेखी पठाए हेक्का छैन। तर पत्रको भावमा डुबेर मित्रता गाँस्नु अब त एकादेशको कथाजस्तै भयो। उनी भन्छन्, ‘पत्रमित्रतामार्फत् मनको भावना साट्नुको आनन्द अहिलेको फेसबुकमा कहाँ हुनु?’

चालिसको दशकमा पत्रमित्रताबाट साथी भएका रामविक्रम थापा, खगेन्द्र गिरी कोपिला, चुडामणि दाहाल विवश, प्रकट पंगेनी शिव, श्रीबाबु कार्की, गोविन्द अर्याल शृंखला, श्रेष्ठ प्रिया पत्थर, सरस्वती श्रेष्ठ सरु, युक्तप्रसाद श्रेष्ठ, राजाराम रायमाझी, निर्मोही व्यास, मनु ब्राजाकी, साधना प्रतिक्षा, रेखा कौशल रेग्मी, छत्र कार्की क्षितिज, कुमार बजगाई, बुद्धिसागर  चपाई, मोहन गाउँले, नवराज शाही, सुविद गुरागाई, ताराकान्त सिग्देल, विष्णुमोहन भट्टराई, विमलकिशोर केपी, रमेश प्रभात, कृष्ण जिसी, सागर पण्डितलगायतको नाम कण्ठस्थै सुनाए। यी नाममध्येका केही व्यक्तित्वहरु अहिले चर्चित लेखक पनि भए। उनी भन्छन्, ‘केही साथीसँग अहिले पनि सृजनात्मक कुराकानी भइरहन्छ।’

चालिसको दशकमा अरुणले लेखेका बालकथा हप्ताको एकपटक रेडियोमा आइरहन्थे। ‘बाल कार्यक्रम’ र ‘फर्माइस गीत’मा उनको नाम नियमित जस्तो आउँथ्यो। ती कार्यक्रमका लागि उनी सधैं पूर्वतयारीमा बस्थे। आफूभन्दा साना भाइबहिनीलाई शान्त पार्थे। आफ्नो नाम कतिखेर आउँछ ध्यानले सुन्थे। जब नाम आउँथ्यो, उनी परिवारका सबै सदस्यलाई सुनाउँथे।

ठूलो मान्छेको मात्रै नाम रेडियोमा सुनिन्छ भन्ने जमाना थियो त्यो। तर उनको बाल्यकालदेखि नै रेडियोमा नाम आउन थालेको थियो। त्यो अवसर जुर्नुको कारण बुवाले २०३४ सालमा किनेको चाइनिज रेडियो थियो। कक्षा ५ मा पढ्दै गर्दा रेडियो सुन्ने बानी पर्न थाल्यो। अरुण भन्छन्, ‘ब्याट्रीबाट चल्ने रेडियो मेरो साथीजस्तै थियो। रेडियोको मोह देखेर घरमा आमालाई छोरो बिग्रिने चिन्ता हुन्थ्यो।’

चालिस र पचासको दशकमा अरुणले आफ्नो परिचय नै रेडियो नेपालको नियमित स्रोता हुँ भनेर दिन्थे। रेडियो नेपाल सुन्ने मान्छे सबैका प्यारा हुन्थे पनि।

एकपटक रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गर्ने वासुदेव मुनालले अरुणलाई रेडियो नेपालको नियमित स्रोता हुन् भनेको सम्झिए उनले। र, सम्झिए रेडियो नेपालका पाण्डव सुनवारलाई।

पाण्डव सुनारले चलाउने गरेको ‘फोन इन कार्यक्रम’ निकै लोकप्रिय कार्यक्रम थियो। २०४७ सालमा आफ्नो फोन लाग्दा उनको घरमा खुशी छाएको थियो। उनी भन्छन्, ‘शुक्रबार मैले फोन गरेको थिएँ र शनिबार घरमा आफ्नो आवाज आफैँले सुन्न पाएको थिएँ। घरका सबै चकित परेका थिए।’

रेडियोमा उनले भजन शिरोमणि दाजु भक्तराज आचार्यले गाउनु भएको सुवासचन्द्र ढुंगेलले रचना गर्नु भएको ‘जति चोट दिन्छौ देऊ मायालु’ बोलको गीत फर्माइस गरेका थिए उनले। २०५१ सालतिरको कुरो हो। उनलाई आउने पत्रमा रेडियोमा नाम कसरी आउँछ भनेर सोध्थे। अरुणको नाम नछुटाई आउँदा पत्रमित्रमार्फत् जोडिएका साथीहरु चकित हुन्थे। भन्छन्, ‘हाम्रो नाम रेडियोमा कसरी आउन सक्छ भन्थे। ती दिन रेडियोको क्रेज अद्भूत थियो।’

जागिरको सिलसिलामा उनका बुबा २०३८ देखि २०४६ सम्म ८ वर्ष बर्दियामा बसेका थिए। यो बसाइमा अरुण ५ पटक पुगे बर्दिया। बर्दियाको बसाइको क्रममा रेडियोमा गिलो ब्याट्रीलाई घाममा सुकाएर बाल कार्यक्रम सुन्न परेको दुःख पनि उनले सुनाए। भन्छन्, ‘बाल कार्यक्रम त कत्ति छुटाउँदिन थिएँ। किन कि आफ्नो नाम र रचना प्रसारण हुन्थ्यो। ती रचना बर्दियास्थित हुलाक कार्यालयबाट रेडियो नेपालको ठेगानामा पठाउँथे।

२०५१ सालतिरको कुरा हो, उनी कार्यरत कार्यालयको बाहिर उभिइरहँदा एक जना (नाम भन्न चाहेनन्)ले उनलाई नमस्कार गरे।  उनले नमस्कार फर्काए। दुवैबीच परिचय आदानप्रदान भयो। ती परिचय माग्नेले अरुणको प्रशंसा गरेर एक सय रुपैँयाको खाँचो परेको सुनाए। अरुणले लामो सोचेर अहिले एक सय रुपैँया छैन भने। ती मान्छे खाली हातै फर्किए। ती मान्छेलाई पछि साहित्यिक कार्यक्रममा देखेर अरुणलाई सय रुपैयाँ दिन नसकेकोमा ग्लानी भयो। भन्छन्, ‘पहिलो भेटमै पैसा माग्नेलाई कसले पत्याउँने है। पछि एकेडेमीको साहित्यिक कार्यक्रममा भेट्दा साह्रै लाज लाग्यो।’

रेडियो नेपालबाट पत्रमित्र गर्न थालेको अरुणले युवामञ्चमा पनि पत्रमित्रता स्तम्भमा नियमित लेख्न थाले।

पत्रमित्रता

चालिसको दशकको अन्तिमतिर युवामञ्च मासिक पत्रिका निस्किन थाल्यो। त्यसको नियमित पाठक बने अरुण। त्यहाँ पत्रमित्रताका लागि स्तम्भ नै थियो। उनी आफ्नो नाम, ठेगाना, रुचि लेखेर पठाउँथे। उनी भन्छन्, ‘त्यो कोलममा म नियमित पठाउथेँ। छापिन्थ्यो। पछि पत्रहरु पनि आउन थाल्यो।’

पत्रमित्रतामार्फत भएका साथीलाई खोज्दै हिँड्नु परेन। बरु कहीँ न कहीँ ती साथीहरु भेटिएको किस्सा थुप्रै छन् उनीसँग। संयोग भनौं, उनीसँग पत्रमित्रतामार्फत चिनजान भएका केही साथीहरु त आफ्नै कार्यालय परिसरमा भेट्न पनि पाए।

प्युठानबाट चिठी पठाउने मित्र विमलकिशोर केपीसँग पनि उनले भवन विभागमा सँगै काम गरे। बाग्लुङबाट चिठी पठाउने कृष्ण जीसीसँग पनि काम गरे। चितवन टाँडीबाट चिठी पठाउने सूर्यप्रसाद सापकोटासँग लोक सेवा आयोगमा सँगै बसेर काम गर्ने अवसर पाए। भूमिसुधार कार्यालय महोत्तरी र धनुषा जिल्लाका पत्रमित्र साथी मुकेश खनालको बुबा गौरीशंकर उपाध्यायसँग राष्ट्रिय वाणिज्य बैंक टंगाल शाखाको एउटै विभागमा बसेर २०४६ सालमा तेह्र महिना काम गरे। उनी भन्छन्, ‘पत्रमित्रबाट भएका साथीसाथीमा टाढा भए पनि आत्मीय सद्भाव सधैं आउँथ्यो, भेट हुँदा आफ्नै मान्छे भेटेजस्तो हुने।’

अरुणले आफूलाई मित्रताको हात बढाउन पठाएका पत्रको जवाफ सधैं दिए। कार्यक्रममा जाँदा ती साथीलाई भेटे पनि। २०४५ सालमा होटल शेर्पामा काम गर्दा दस दिनजति बिदा स्वीकृत गरेर पुस महिनामा उनी बुबासँग बर्दिया जाँदा ताराताल बर्दियाको पत्रमित्र साथी चिरञ्जीवी भट्टराईसँग भेटे। तनहुँ दमौलीमा जाँदा रेडियो नेपालमा ‘फर्माइस गीत’मा नाम आइरहने पत्रमित्र सागर उदाससँग भेट गर्ने अवसर पाए। गजलकार पुष्प अधिकारी अञ्जली, भुपिन, भुषणबाबु श्रेष्ठ, विजयराज बज्राचार्य, रमेश प्रभात, राजाराम खरेलसँग भेट हुन सक्यो।

केही पुरानो पत्रमित्र साथीहरु गोविन्दराज शिवाकोटी बेहोसी, नारायण कटुवाल, छत्र क्षितिज, बेनामी अज्ञात, गणेश पौडेल अन्जान, हेम भण्डारी, दुर्गा घिमिरे, गजेन्द्र बुढाथोकीसँग आजकल सम्पर्क हुन नसकेकोमा उनी दुःखी छन्। सकेसम्म ती पुराना साथीहरुसँग फेसबुक च्याटमै भए पनि बोल्ने रहरमा छन् उनी।

२०५२ सालको एउटा किस्सा सम्झिन्छन्।

नयाँ बसपार्कबाट दिउँसो दुई बजे छुट्ने साझा बस चढेर चितवन जाँदै गर्दा धार्केतिर पुगेपछि खाजा खान भनेर बस होटल अगाडि रोकियो। खाजा खान सबै बसबाट झरे र होटलमा खान थाले। खाजा खाने क्रममा आाफूजस्तै सोही बसमा सवार गरिरहेको यात्रुसँग गफिए अरुण। परिचय आदानप्रदान गरे। किरणचन्द्र रायमाझी नामका ती मित्र त उनका पत्रमित्र साथी रहेछन्।

चितवनको गुञ्जानगर घर भएका रायमाझी र अरुणको २०४७ तिर पत्रमित्र भएको रहेछ। रायमाझीले अरुणको बारेमा सबै भनेपछि अरुण छक्क परे। दुवै निकै खुशी भए। पत्रमित्र गरेको २६ वर्षपछि प्रत्यक्ष भेटेका थिए। किशोर उमेरमा भएको पत्रमित्र युवावस्थामा भेट भयो। अरुणले २६ वर्षपछि उही नामका मित्रलाई फेसबुकमा खोजे। भेटे। साथी बन्न रिक्वेस्ट पठाए। अहिले दुवैबीच फेरि कुराकानी हुन्छ। युवा उमेरमा प्रवेश गर्दै गरेका दिनमा लेखिएका पत्रका बारेमा दुवै गफिन्छन्। भन्छन्, ‘ती दिनहरुमा लेखिएका पत्रमित्र, लेखरचना र पाठक प्रतिक्रिया हेरेर अचम्म लाग्छ। त्यस्ता दिन अब कहिले आउने!’

अरुणले जीवनमा वरिष्ठ साहित्यकार मनु ब्राजाकीसँग पनि पत्रमित्र गरे। पचासको दशकको तीन वर्ष निरन्तर पत्र आदानप्रदान भएको सम्झिन्छन् अरुण। ब्राजाकीको कथाले उनलाई गहिरो प्रभाव पारेको बताउँछन्। भन्छन्, ‘त्यस किसिमको कथा लेख्न लेखक कमै छन्।’

ब्राजाकीले हवाई पत्रमा निलो डटपेनले हस्ताक्षर गरेर पठाएको पत्रको सम्झना गर्छन्, ‘तीस पैसाको टिकट टाँसेर निलो डटपेनको हस्ताक्षर सहित मनु ब्राजाकीले पठाएको पत्रले मलाई सधैं पाठक प्रतिक्रिया लेख्न हौसायो।’

रेडियो नेपालमा ज्ञानुवाकार पौडेलको कार्यकक्षमा २०५० सालमा भेटेका थिए ब्राजाकीलाई। त्यो भेटमा अरुणलाई ब्राजाकीले भनेको एउटा लाइनलाई सम्झिए, ‘पारिश्रमिक नदिने पत्रिकामा लेखरचना नपठाउनु।’ तर, ती दिनहरुमा लेखरचना लेखेर, छपाएर पारिश्रमिक माग्न सबैको हिम्मत कहाँ हुन्थ्यो र !

२०५२ सालतिरको कुरा हो। अरुणले कवि विवश पोखरेललाई २०४७ सालमा विराटनगरको ठेगानामा पत्रमित्र पठाए। उनको पत्रको जवाफ पनि पत्रमार्फत नै आयो। एकदिन विवशले अरुणको नामको गोरखापत्रमा प्रकाशित पाठक प्रतिक्रिया पढेपछि ल्यान्डलाइन फोनबाट अरुणको छिमेकी घरमा कल गर्नु भयो। अरुणको घरमा फोन थिएन। छिमेकीकै घरको फोन नम्बर दिन्थे।

विवशले एकदिन राति आठ बजेतिर फोन गरे। आमाले भान्सामा भात पस्किँदै गरेको भात छोडेर उनी फोनमा बोल्न गए। कुरैकुरामा एक घण्टा बितेको पत्तै भएन। अरुण भन्छन्, ‘एक घण्टा कुरा गरियो। फोन राख्ने घरका मान्छे रिसाएर तैले मात्रै बोल्ने फोनमा अरुले बोल्नु पर्दैन अरुको पनि फोन आउँछ भन्दै हकारे। केही नबोली घरमा पुग्दा अरुणको आमा पनि रिसाएर बस्नुभएको थियो। पस्किएको भात सेलाएको थियो।

‘एकएक घण्टा कुन युवतीसँग गफिएको? को हो भन् त?,’ आमाले भनेपछि अरुणले ‘केटा साथी हुनुहुन्छ’ भने। तर घरमा आमाले पत्याउनु भएन। अरुण र विवशबीच भने सिर्जनाका कुरा भएका थिए। अरुण भन्छन्, ‘उहाँहरुलाई केटीसँग गफ गरेजस्तो मान्नु भएछ।’

अरुण प्रायः पत्रमित्रताका लागि पत्रहरु कोरिरहन्थे। रेडियोमा सुनेको नाम र ठेगाना टिपेर पत्र कोरी पठाउँथे। पत्रको जवाफ पनि आउँथ्यो।

सामाखुशीको सुशील मेडिकल अगाडि एउटा किराना पसल थियो। त्यही पसलमा उनको पत्र पुग्थ्यो। जब उनका पत्र दिनमै आधा दर्जनजस्तो घरमा आउन थालेपछि उनकी आमालाई चिन्ता भयो। आमाले केही पत्रहरु लुकाएर राख्न थालिन्। भन्छन्, ‘यस्ता चिठीले छोरोको पढाई बिग्रिने भयो भन्ने लागेर आमाले पत्र नै लुकाइदिनु थाल्नुभयो।’

२०५१ सालको एक दिन। अरुणलाई भेट्न उनकै कार्यालयमा ज्ञानमञ्जरी राणा नामकी युवती आइन्। ज्ञानमञ्जरीसँग परिचय भएपछि उनीहरु पत्रमित्र साथी रहेछन्। राणाले अरुणको घर जान चाहिन्। अरुणले पनि घरमा लिएर आए। अरुणकी आमालाई पर्नुपिर पर्‍यो। राणा र अरुणबीचको मित्रताको सिलसिला सबै खुलेर राणाले अरुणको आमा अगाडि सुनाइन्। केही घण्टा बात मारिन्। अरुण भन्छन्, ‘ज्ञानमञ्जरी देखेर पहिला आमा डराउनु भएको थियो। पछि उहाँको कुरा गर्ने तौरतारिकाले आमा प्रभावित हुनु भयो।’

पत्रमित्रमार्फत् बनेका उनका साथी बढीभन्दा बढी सिर्जना क्रियाशील थिए। उनीहरु कथा, कविता, मुक्तक तथा गीत लेखिरहन्थे। अरुणलाई पत्र पठाउँदा कुनै पत्रपत्रिकामा रचना छपाइदिन अनुरोध गर्थे। अरुण साथीका ती हस्तलिखित रचना बोकेर काठमाडौंबाट प्रकाशित हुने विभिन्न साहित्यिक  पत्रपत्रिकाका कार्यालय पुगे। छपाइदिन अनुरोध गर्थे। रचना छापिएपछि त्यो पत्रिकालाई हुलाकबाट नै पठाइदिन्थे।

अहिलेको चर्चित लेखक बुद्धिसागर कालिकोटबाट अरुणको नाममा पत्रसँगै कविता र गजल पनि पठाउने गरेको बताउँछन् उनी। भन्छन्, ‘२०५४ सालतिरबाटै बुद्धिसागर कालिकोटबाट मेरो ठेगनामा पत्र र रचना पठाउँथे। पहिलोपटक मैले नै छपाउन कोसिस गरेको थिएँ। विमोचन मासिकमा छापियो पनि। धेरै वर्षपछि उहाँको गजल संग्रह ‘रारा जलेपछि’ आएको थियो। गजलको समीक्षा लेखौंला भनी किताब मागेको थिएँ, दिनुभएन।’

साथीहरूको सबै रचना संकलन गरेर अरुण सहरको विभिन्न पत्रपत्रिकामा दिन जान्थे। अनुरोध गर्थे। छापिन्थ्यो पनि। भन्छन्, ‘ती दिनमा आफूले लेखेको रचना संसारकै सुन्दर चिज हुन्थ्यो। रचना कहीँ प्रकाशन गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी सबै सर्जकमा हुन्थ्यो।’

जीवनमा सबै साथीसँग सम्बन्ध उस्तै रहिरहँदैन। जिन्दगीका यात्रामा कहीँ न कहीँ, कोही न कोही छुटिहाल्छन्। पत्रमित्र साथीहरु गोविन्दराज शिवाकोटी बेहोसी, म्याग्दीका रेखाकौशल रेग्मी, यमन्तराज निरौला, नारायण कटुवाल आकाश, नारायण पौडेल दिलवाला, विजयकुमार श्रेष्ठ दिन, तेजराज खतिवडा, ज्ञानमञ्जरी राणा, ताराकान्त सिग्देललगायत अन्य कतिपय मित्रहरु अहिले उनीसँग सम्पर्कमा छैनन्।

‘जिन्दगी लामो छ। सधैं सँगै हिँड्न सकिँदो रहेनछ। तर यादहरु कुन कुनै मोडमा आइरहँदो रहेछ,’ अरुण बोल्दाबोल्दै भावुक भए।

पाठक प्रतिक्रिया:

चालीसको दशकमा निजामति सेवामा प्रवेश गरेसँगै अरुणले पत्रपत्रिकासँग नजिक हुने मौका पाएपछि लेख्न थालेका थिए– पाठक प्रतिक्रिया। चार दशक नियमित पाठक प्रतिक्रिया लेखिरहेका छन् उनले। जीवनको ‘हाप सेन्चुरी’ उग्लिसकेका अरुणले बजारमा आउने पत्रपत्रिका ‘गोरखापत्र’, ‘युवामञ्च’ र ‘मधुपर्क’मा पाठक प्रतिक्रिया लेखी पठाउँछन्। नियमित छापिएको पनि छ। हालै युवामञ्च र मधुपर्कको फागुन अंकमा पनि अरुणको पाठक प्रतिक्रिया प्रकाशन भएको छ।

वर्षमा दशवटा पाठक प्रतिक्रिया छापिनु नियमितजस्तै भएको छ। पाठक प्रतिक्रिया लेख्नु सम्बन्धित पत्रिका र प्रकाशित सिर्जनाको बारेमा कमेन्ट गर्नु हो। उनलाई कमेन्ट गर्ने बानी लगाइदियो गोरखापत्रले।

पहिलोपटक पाठक प्रतिक्रिया छापिएको किस्सा सुनाउँछन्।

उनका बुवा सैनिक सेवामा थिए। २०४१ सालतिरको कुरा हो। बुवा बर्दिया जिल्लाको गुलरियामा कार्यरत हुँदा उनी खानेपानी संस्थान काठमाडौंमा कार्यरत थिए। केही दिनको छुट्टी मिलाएर उनी हिउँदमा दुई महिनाको छुट्टी लिएर बर्दिया घुम्न निस्किए।

बर्दियाको गुलरिया बजारको धुलाम्मे बाटोमा हिँड्नु पर्दा उनी निराश भए। जिल्ला सदरमुकामका सडकसमेत निर्माण हुन नसकेको देखेर उनले गोरखापत्रमा एउटा पाठक–प्रतिक्रिया लेखेर हुलाक गरे। पठाएको केही दिनपछि उनको पाठक प्रतिक्रिया छापियो। पत्रिका त उनीसँग छैन, सम्झना भने ताजै छ। भन्छन्, ‘गोरखापत्रमा पाठक प्रतिक्रिया छापिनु अगाडि मेरो कविता पनि छापिएको थियो, त्यसैले छाप्न गाह्रो भएन।’

ती दिनहरुमा पाठक प्रतिक्रिया लेख्नेहरू अत्यन्तै कम हुन्थे। पाठक प्रतिक्रिया लेख्नु भनेको छुचो हुनु हो। उनलाई छुचो हुन मन पर्थ्यो। जे छ त्यही भन्न खोज्थे। भन्छन्, ‘केही न केही कमजोरी केलाउन मन लाग्थ्यो। मधुपर्कमा प्रकाशित राजेन्द्र विमलको लेखमाथि कमेन्ट गर्दै पाठक प्रतिक्रिया छापिएको किस्सा पनि उनलाई ताजै छ।

२०६४ सालमा राजेन्द्र विमलको ‘ऐंजेरु’ नामको कथा मधुपर्कमा छापिएको थियो। उनलाई केही कुरामा चित्त नबुझेपछि उनले पाठक प्रतिक्रिया पठाए। मधुपर्कले पनि जस्ताको तस्तै छापिदियो। राजेन्द्र विमलले उनलाई फोन गरे। रिसाए। उनी सम्झिन्छन्, ‘जे भन्नु थियो मलाई भेटेर वा फोनमा भने भइहाल्थ्यो नि किन पाठक प्रतिक्रिया लेख्नुपर्थ्यो भन्नुभयो। रिसाउनु भएको थियो।’

गोरखापत्रपछि २०५० तिर युवामञ्चमा पनि उनले पाठक प्रतिक्रिया र पत्रमित्रता सँगसँगै लेखी पठाउथे। पछि उनले युवामञ्चमा पत्रमित्र र मधुपर्कमा पाठक प्रतिक्रिया लेखी पठाउन थाले।

मधुपर्कमा २०५२ मा पहिलो पाठक प्रतिक्रिया छापियो। पाठक प्रतिक्रिया पठाउनका लागि उनी सुन्धारास्थित हुलाक कार्यालय पुग्थे। उनले पठाएका रचना र पाठक प्रतिक्रिया हुलाकबाट आएको थाहा पाएर मुधपर्कका सम्पादकले कार्यलयमै आएर बुझाए पनि हुन्छ भनेको सम्झिन्छन्, ‘तीस पैसा खर्च गरेर हुलाक गरें केही महिना त। पछि प्रधान सम्पादकले नै कार्यालयमै बुझाउनु भनेपछि म गोरखापत्रको कार्यालय जान थालेको थिएँ।’

२०५१ सालमा मुधपर्कमा उनको पहिलो पाठक प्रतिक्रिया छापिएको थियो। उनी ती दिन रक्षा कन्ट्रोलरमा जागिरे थिए। मोहन पौडेलको व्यङ्ग्य र मनु ब्राजाकीको गजलमाथि पाठक प्रतिक्रिया लेखेका थिए।

एकदिन अरुणले सम्पादकलाई चिठी शीर्षकको पाठक प्रतिक्रिया पठाए। छापियो। उनी खुशी भए। लेखरचना छाप्न गाह्रो भयो, चिनेका मान्छेको मात्रै छापिन्छ। कतिपयको लेखरचना छापिन धेरै दिन लाग्नु एउटै मान्छेको लेखरचना दोहोरिनु जस्ता समस्या देखाएर अरुणले श्रीकृष्ण श्रेष्ठ सम्पादक भएको बेला ‘सम्पादकलाई चिठी’ लेखेका थिए। चिठी गोरखापत्रमै प्रकाशित भयो। प्रकाशित भएर आएपछि विदुर केसी नामका व्यक्तिले उनलाई सम्झाए। त्यसरी छुचो नभएकै राम्रो हुन्थ्यो। किन बोलिराख्नु पर्‍यो भन्नुभयो। तर अरुणलाई कुनै प्रभाव पारेन। अरुण भन्छन्, ‘आइन्दाबाट यस्तो नलेख्नु होला भनेर सम्झाउनु भएको थियो।’

कथा/कवितामा पनि कलम चलाउने अरुणलाई थाहा छ– पाठक प्रतिक्रिया लेख्नु भनेको छुचो हुनु हो। रचना र पत्रिकामाथि खोट देखाउनु हो। तर पाठक प्रतिक्रिया सबैले सजिलै स्वीकार्दैनन्। कोही न कोही रिसाइहाल्छन्। उनले लेखेका पाठक प्रतिक्रियाबाट दर्जनौँ व्यक्ति रिसाएका छन्। पचासभन्दा बढी पाठक प्रतिक्रिया गोरखापत्रमा मात्रै छापिएको बताउँछन्। मुधपर्क र युवामञ्चमा पनि त्यही संख्यामा पाठक प्रतिक्रिया छापिएको बताउँछन् अरुण। पाठक प्रतिक्रियाले नयाँ पुस्तालाई बोल्न उत्प्रेरणा दिने भएकाले पनि लेख्न मन गरेको बताउने अरुणलाई जसले जे भने पनि रिस उठ्दैन।

केही दिन अगाडि मात्रै, विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानबाट अवकास पाएका राजेशमान केसीले ‘पाठक प्रतिक्रिया धेरै लेख्यौ, अब नलेख भने। ‘पाठक प्रतिक्रियामा अल्झिने होइन अब सृजनामा केन्द्रित हुनुस्,’ केसीले भनेका थिए। तर अरुणलाई पाठक प्रतिक्रिया नलेखे के छुटाए–छुटाए जस्तो हुन्छ। भन्छन्, ‘लेख्न त छुटाउँदिनँ।’

साभार : राज सरगम नेपाल समय अनलाइन

]]>
https://kblu.org.np/arun/feed/ 0
चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा https://kblu.org.np/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%b0%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be/ https://kblu.org.np/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%b0%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be/#respond Thu, 02 Sep 2021 08:18:10 +0000 https://samagranepal.com/?p=2216 अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली पुगेको छ । टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

अयोगको हेटौंडा स्थित कार्यालयका प्रवक्ता समेत रहेका सापकोटाले अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको बताए ।

‘अस्पतालको फार्मेसीमा अनियमितता भएको उजुरी परेको थियो, अनुसन्धानका लागि आवश्यक कागजात जुटाउन अस्पतालमा छौं,’ उनले भने, ‘ लेखा शाखाबाट आवश्यक कागजात लिन्छौं, फार्मेसी र औषधिको मौज्दातको अवस्था बुझ्छौं ।’

अनियमितताको उजुरी परेपछि वीरगञ्जको नारायणी अस्पतालको फार्मेसीका बारेमा समेत अख्तियारले अनुसन्धान गरिरहेको छ ।

]]>
https://kblu.org.np/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%b0%e0%a4%a4%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be/feed/ 0
बीपी प्रतिष्ठानमा आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघर्ष समितिको चेतावनी https://kblu.org.np/%e0%a4%ac%e0%a5%80%e0%a4%aa%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%b0/ https://kblu.org.np/%e0%a4%ac%e0%a5%80%e0%a4%aa%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%b0/#respond Thu, 02 Sep 2021 08:14:56 +0000 https://samagranepal.com/?p=2213 प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन सार्वजनिक भइसक्दा पनि दोषी देखिएकामाथि कुनै कारबाही नभएको भन्दै संघर्ष समितिले आकस्मिक सेवा, कोभिड र यसअघि तय भएका परीक्षा बाहेक अन्य सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

जुनियर रेसिडेन्टका अध्यक्ष डा. पदम नेपालीले भने, ‘हामीले लगातार आन्दोलन गरेपछि सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गर्‍यो, प्रतिवेदन सार्वजनिक गर्‍यो, वार्ता टोली बनाएर हामीसँग सहमति पनि गर्‍यो । तर, कार्यान्वयन गर्न भने चासो दिएको छैन । कार्यान्वयन गर्नका लागि दबाब हो यो ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा गठन भएको कार्यदलले धरान पुगेर आन्दोलनरत समूह, पदाधिकारी, विभागीय प्रमुखसँग छलफलपछि गरेपछि साउन १९ गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।

कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमशः खस्कँदै गएको, प्रतिष्ठानमा आर्थिक अनियमितता बढ्दै गएको, प्राज्ञिक क्षेत्र तथा कर्मचारीको वृत्तिविकास रोकिएको स्वायत्तता हस्तक्षेप हुन थालेको, पदाधिकारीबीच असमझदारी बढेको लगायतको समस्या देखिएको उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता टोलीले समेत सोही प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्ने लगायत ६ बुँदे सहमति गरेको थियो । सहमति भएको ३० दिन बितिसक्दा पनि कार्यान्वयन नभएपछि संघर्ष समितिले गत शुक्रबार एकहप्ते अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शुक्रबार सकिने र आइतबारदेखि थप कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

गत बिहीबार प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले सरकारले गठन गरेको छानबिन समितिलाई सहयोग पुगोस्, प्रतिष्ठान शुद्धीकरणको अभियानमा टेवा पुगोस् भन्दै प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरणको माग गर्दै संयुक्त संघर्ष समिति विगत ८० दिनदेखि आन्दोलन गर्दै आएका छन् । समितिमा प्रतिष्ठानका सम्पूर्ण पेशागत हकहितका संगठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी सहभागी छन् ।

]]>
https://kblu.org.np/%e0%a4%ac%e0%a5%80%e0%a4%aa%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%b0/feed/ 0
बर्दियाको शैक्षिक विकास र गौरीशङ्कर विद्यालय : अयोध्याप्रसाद श्रीवास्तव https://kblu.org.np/ayodhyaarticle/ https://kblu.org.np/ayodhyaarticle/#respond Mon, 02 Aug 2021 12:51:18 +0000 https://samagranepal.com/?p=2158 बर्दिया जिल्लाकोअवस्था :-

आजको यो बाँके बर्दिया कैलाली र कंचनपुर जिल्ला को भूभाग भारतमा शासन गरिरहेको अंग्रेज सरकारले ‘ब्रिटिश इन्डियामा गाभेर जबर्जस्ती कब्जा गरि राखेको, सन् १८६० ( वि सं १९१६ ) मा अंग्रेज सरकारले जंगबहादुर राणालाई बखशीस भनेर नेपाललाई फिर्ता दियो। त्यसबेला आजको नेपाली भारतीय सीमाना क्षेत्र नजीक नेपालमा केही देशी गाउँहरु र थोरै भित्र देशावर थारु हरुका केही गाउँ बस्तीहरु मात्रथिए। दाङ्गका थारु र पहाडी आइ सकेका थिएनन्। यस कारण बहुतै कम जनसंख्या थियो।सबैको रहन सहन जनजीवन भारतीय सामाजिक वातावरण अनुसार हुनु स्वाभाविकै थियो। बाँकी क्षेत्र वनजंगल झाडीले ढाकेको थियो। राणा सरकारले आवाद गुलजार गराउनका लागी आफ्ना भाई भतीज भारदारहरुलाई जिमिदार बनाई पठाउन थाले र वहाँ हरुले नेपालगंजमा एक र महेन्द्रनगरमा एक हेडआफिस बनाए। त्यसलाई बाँके बर्दिया गोश्वारा र कैलाली कंचनपुर गोश्वारा नाम दिए । कालान्तरमा नेपालगंजमा माल अड्डा र बर्दियाको कुम्भरमा माल अड्डा खोले। धनगढी र महेन्द्र नगर मा पनि यस्तै भयो। यसको माध्यमबाट मानिस बोलाउने र गाउँ बसाल्ने काम शुरु भयो ।

सामाजिक र आर्थिक जीवन ;-

चारैतिर जंगलझाडी उजाड बीचमा गाउँहरु थिए । मलेरिया हैजा ठेउला (चेचक) जस्ता बिमारी महामारीको रुपमा चली रहन्थे। आजको जस्तो औषधि थिएनन्,। जंगलीझार पातको औषधी र टुना, मुना झारफूकको सहारामा मानिस बाच्ने बाच्थे, मर्ने मर्थे। जनसंख्या बढाउन ठूलो समस्या थियो जन्मेका बाल बच्चाहरु मध्ये कोही कोही मात्र बाच्थे । यसकारण बाल विवाह, बहु विवाह, अनमेल विवाह प्रचलनमा थिए । देवी, देवता, मरी, गांवट, भूत, प्रेत जस्ता विश्वास र आस्था थियो। बोरिग नल को ज्ञान र उपयोग जानी सकेका थिएनन्।  कुला पानी खन्ने बनाउने जनशक्ति थिएन। दैवको भरोसा गरेर खेती लगाउँथे तर दिनरात जंगली जनावरहरुबाट बचाउन कठिन थियो । धेरै जग्गामा खेती लगाउन र बचाउन सक्यो भने बल्ल बल्ल खानलाई पुग्थ्यो। उद्योग कलकारखाना र बाहिर बाट नगद पैसा घरमा आउने कुनै श्रोत थिएन। मानिस नितान्त प्राकृतिक जीवन जिएको थियो। बिजुली बत्ती तार टेलीफोनको कल्पना थिएन। बयलगाडा, घोडा र पैदल यात्रा हुन्थ्यो। मानिससंग पैसा थिएन र पैसा खर्च गर्ने बजार दोकान पसल पनि थिएनन् यस कारण मानिसले यात्राको लागीखाने पिउने ओढने ओछ्याउने चीज वस्तुबोकेर हिड्नु पर्दथ्यो । लुगा फाटो र नून तेल, मसला , खेतीको उपज बेचेर किन्थ्यो, आवश्यकता नै सीमित थियो।

साना न ठूला सबको घरको छाना फूस कै हुन्थ्यो, कोहीकोहीले भितासम्म माटोको र कताकतै ठूलो मानिस कोठारी घर हुन्थ्यो । प्राय दुई जोर लुगा भए पुग्थ्यो । प्लास्टिक थिएन । अलि हुने खानेले छालाका जुत्ता र काठका खराऊं लगाउँथे र अरुले प्राय काठका पउला लगाउँथे अधिकांश त नाङ्गै खुट्टा हिड्थे। टोपी भारतीय गान्धी टोपी लगाउँथे । भूमि जति आवाद गर्न सके त्यति आफ्नै हुने हुनाले चिन्ताको कुनै विषय थिएन । तर कसैले पनि जग्गा बनाउन यस कारण इच्छा गर्दैनथ्यो कि जंगली जनावर र सुखा खडेरी बाट बाली बचाउन कठिन थियो र मालपोत तिर्न नसके कोर्रा लाग्ने पक्का थियो अनि जग्गा धनी हुनु भन्दा कमवैया ,बटैयादार या कसैको हलिया हुनु आनन्द को जीवन मानिन्थ्यो।

बिस्तारै धेरै कुराहरुमा सुधार र विकास हुँदै गए पनि सम्वत् २०२० सम्म यस्तै मान्यता र परिस्थिति रहेका थिए। यो ग्रामीण समाजमा शिक्षाको आवश्यकता भए पनि यसको उपयोग र महत्त्व थिएन भन्न सकिन्छ। बाहुनहरुले पण्डित्याईं गर्न र पुस्तक वाचनको अभ्यास, बनियाले थोरै हिसाब लेखन जाने पुग्थ्यो । बडा बडा राणा, सेनापति त अशिक्षित थिए भने जनतालाई शिक्षाको के काम ? यो परिवेशले जन्माएको मानसिकता थियो र समाजमा जब शिक्षित हरु थिएनन् तब शिक्षाको कुरा उठाउने कसले ? बलेको दियोले नै निभेको लाइ बाल्ने हो।

बर्दियामा शिक्षाको किरण :-

समाजमा धनी र बाहिर आवत जावत गर्दा केही असल संगत भेटाउन सकेका मध्येका कोहीकाेही मानिसले बाल बच्चालाई आल्हा, रामायण र चिठी पढन जान्ने बनाउनलाई पढाउन सके त राम्रै हो भन्ने सम्मको चेतनाको विकास भैरहेको अवस्थाले गर्दा शिक्षामा रुचि लिने यदि कोही हुन्थ्यो भने त्यसमध्येबाट अघि सर्ने मुश्किलले कोही हुन्थ्यो । तेस्को न वातावरण थियो न त एक टुक्रा कागज कलम या शिक्षित मानिस भेटिने र शिक्षा भन्ने कुनै चीज हुन्छ भन्ने देखिने समाज नै थियो। शतप्रतिशत अनपढ सीधा तर इमानदार र दैव र हाकिमसँग डराउने मान्छेको जमात थियो। काेहीकाेही जमीनदारहरुले भारतबाट मास्टर (मुन्शीजी भन्थे) ल्याएर घरमा राखेर निजी तलब दिएर आफ्ना सन्तानलाई साक्षर गराउँथे कोहीले छोरालाई बहराइच पठाएर पढाएको इतिहास पनि छ। ( छोरीलाई बाहिर पठाइदैनथ्यो ) संवत १९९३ सालमा गुलरिया अड्डाको स्थापना भयो र गुलरिया बस्न शुरु भयो १९९४ मा स्कूल खुलेको भनेर स्व. शिव प्रसाद शर्मा (भान्जा बाजे) को कथन थियो तर बगलामुखी विद्यालयले आफनो लेटर प्याड मा १९९० लेखेकोले दुवैको स्थापना वर्षमा दुविधा देखियो। अड्डा स्थापित भएर कर्मचारीको बसोबास प्रारम्भ भएपछि सिपाही हस्त बहादुर क्षेत्रीको घर बन्यो र जुद्ध शम्सेरको शिक्षा अभियानमा खुलेको भाषा पाठशाला को पठन पाठन हस्तबहादुरको (पत्रकार यादव आचार्यकाे घर नजिक) बरान्दामा प्रारम्भ भएको भन्ने छ । अझ पत्ता लगाउनु पर्दछ । जुद्ध शमशेर सरकारले देशव्यापी साक्षरता अभियानमा गुलरियामा सरकारी भाषा पाठशाला खोले।यो पाठशाला नै यो जिल्लाको प्रथम औपचारिक सरकारी विद्यालय हो । हरिहर प्रसाद उपाध्यायले भारत बभनानको मकोइया गाउँ बस्ने शिव बालक कायस्थ ( श्रीवास्तव ) लाई शिक्षक बनाए , उनी गए पछि उनका भाइ कामना ( कामता ? ) प्रसाद आए , उनी पछि १९९७ मा दुखी सिंह आए त्यस पछि मुक्ता प्रसाद श्रीवास्तवले पढाए। २००७ सालमा महोत्तरी बथनहा का पद्मकान्त झा आए र यो विद्यालय हस्त बहादुर क्षेत्रीको घरको बरण्डाबाट बगलामुखी मन्दिरको टीनले छाएको धर्मशालामा सर्यो। २०१२ सालमा सुभद्र झा र पछि क्रमशः राम किशोर पाण्डे, मुक्तिनाथ प्याकुरेल (पछि न्यायधीश), अव्सार अली सैयद, कुमारी मन शर्मा आदिले पढाउँदै अन्त मा राधाकृष्ण थारुका छोरा गोविन्द, मंगल र श्याम थारुहरुले जग्गा दान गरे पछिआज यही विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको रुपमा कीर्तिमान बनाई रहेको छ। वि स २०४४ मा हाइस्कूल स्वीकृत भएर २०४५ मा एस. एल. सी. प्रथम व्याचको परीक्षाा दिलाएको थियो ।

म. क. दे. मा. वि. को जन्म :-

शुरुवात हुँदाको सरकारी नियम अनुसार संस्कृतमा आधारित शिक्षा ले उक्त भाषा पाठशालाबाट आधुनिक शिक्षाको अंग्रेजी जस्ता विषय समावेश हुन नसके पछि संवत २००५ मा गुलरियाको हालको न्यायधीश आवास बनेको ठाउँमा सुरेशराज शर्माको अगुवाईमा केही विद्यार्थी जम्मा गराएर, भारत नानपारा नजीक शिवपुरका मूलनिवासी, त्यस बेला हालको इदरीसी इम्पोरियम भएको ठाउँमा झुपडी बनाई गाई पालेर बसेका, अङ्ग्रेजीको पनि साधारण जानकारी भएका , अग्लोशरीर, सानो निधार र सानो आँखा भएकाले कसैले चम्गादड मुन्सी कसैले चुकन्दर त कसैले धनुश्धारी भन्ने गरेका वृजमोहन वैश्यलाई पढाउन लगाउनु भयो । (आज को म. क. दे. मा. वि. को जग हाल्ने शिक्षक वृजमोहन पुग्नुभयो) । हरिहर उपाध्यायको वार्षिक भारु ३००/ अनुदानले चलेकोर भारतीय पाठ्यपुस्तक पढाइने यसलाई बर्दिया प्राइमरी स्कूल भनियो । केही समय पश्चात यो स्कूल धर्मबखारी (हालको नगरपालिका कम्पाउण्डमा थियो ) मा सर्यो । यस्तै थारु कोठिया गाउँमा राधाकृष्ण थारुले कोही शिक्षक ल्याएर संवत २००० भन्दा पहिलेदेखि एउटा प्राइवेट स्कूल चलाएका थिए जसमा छिमेकी गाउँका केटाहरु पनि पढ्थे ।

यसै समयमा सुरेशराज शर्माको नानपाराका जाहिद अली सैयदग भेट भयो र वहाँले २००८ सालमा आफ्नो पारिवारिक शिक्षकको रुपमा वहाँलाई राख्नुभयो। कालान्तरमा २०११ सालमा बृजमोहन र जाहिद अली , दुवैविद्यालयको एकीकृत ‘ बर्दिया प्राइमरी विद्यालय ‘ बन्यो र बर्दिया मालका हाकिम कृष्णध्वज कार्कीबाट २०१३/२/२ गते” बर्दिया मिडिल स्कूल” को नामले स्वीकृति मिलेपछि यो पूर्ण सरकारी मान्यतामा आयो र सुरेशराज शर्माले सोही दिन उद्घाटन गर्नुभयो । बर्दिया जिल्लामा यो प्रथम मिडिल स्कूल भयो । त्यसपछि कोठिया स्कूलका छात्र राम प्रसाद श्रीवास्तवले भारतबाट हाईस्कूल पास गरेर आए पछि सुरेशराज शर्माले वृजमोहनको ठाउँमा वहाँलाई हेड मास्टर नियुक्त गर्नुभयो । वहांले थोरै समय पढाएर छोडेपछि स्थानेश्वर शर्मा हेड मास्टर, रामप्रसाद शर्मा सेकेन्ड मास्टर र जाहिद अली थर्ड मास्टर भएर यो स्कूलले द्रूत गति लियो । २०२२ मा बर्दिया जिल्ला मायो प्रथम हाईस्कूल स्वीकृत भयो ।

बर्दियामा प्रथम:-

२०२२ का ” बर्दिया हाई स्कूल ” का कक्षा १० का एक मात्र छात्र, नेपालगंज सेन्टरमा परीक्षा दिएर २०२२ मा प्रथम पटक एस एल सी पास गर्ने छात्र केदार नाथ पोखरेल (घनश्याम)हुनु भयो । एस एल सी पास गर्ने प्रथम छात्रा शान्ता कुँवर २०२३, (२०२४ मा नतिजा निल भयो) प्रथम मधेशी अयोध्या प्रसाद श्रीवास्तव २०२५, प्रथम थारुको सन्दर्भमा ,( यो जिल्लामा थारु समुदायबाट सर्वप्रथम २०२५ र २६ मा ९ र १० मा मकदे माविमा पढेका मैनापोखरका काली चरण थारु र माखन लाल थारु हुन् तर नेपालगंज गएर बसेर परीक्षा दिन नसकी माखन लालथारु २०१६ मा स्थापित शारदा प्राविका शिक्षकभएर शारदा प्राविलाई लक्ष्मीगुप्ता समेतका विद्यार्थीहरुको आन्दोलनबाट २०३६ मा मा वि बनाएर१०+ 2 सम्मपुर्याए भने काली चरणले राजनीतिमा स्थान बनाए । यसकारण थारु समुदाय बाट  जग्गु प्रसाद र विशम्भर प्रसाद थारुले २०३३ माएसएलसी पास गरी थारु समुदायबाट प्रथम भएका हुन्।

यो विद्यालय २०२२ मा धर्म बखारी नजीक नापी गोश्वाराको फुसको घर मा, आगलागी पछि २०२३ मा बाजी कोठियाको पकड़िया रुख निरको धर्म बखारीको फुसैला घर र रूख मुनिर २०२४ मा आजको स्थानमा सरेको हो। यो लेखकले स्थापना काल बाहेक, २०२० देखि बाँकी चारै ठाउँमा पढने अवसर पाएको हो ।

सर्वप्रथम हाईस्कूल पास गर्ने बर्दियाका मूल निवासीहरु:-

बर्दियाको ज्ञातव्य शैक्षिक इतिहासमा भारत बहराइचबाट , बर्दिया जिल्लाका स्थानीय समुदायका पदमपुरका राम प्रसाद श्रीवास्तव २०१३ सालमा हाइस्कूल पास गर्ने प्रथम ब्यक्ति हुनुहुन्थ्यो । पछि भारत बाट संवत २०१५ मा किशोरीलाल वैश्य (कविजी) र रत्नापुर का मेवालाल कुर्मी २०१९ मा हाई स्कूल सम्म पढेका हुन्, गुलरियाका म क दे मा वि का हाल रिटायर्ड साइन्स शिक्षक कैलाश नाथगुप्ता र सरकारी रिटायर्ड अधिकारी सूरज कुमार गुप्ता सन्, स्वामी दयाल श्रीवास्तव र लल्लन प्रसाद श्रीवास्तव १९६४ मा बहराइचबाट हाईस्कूल पासगरेका हुन् । कैलाशनाथ यो जिल्ला को स्थानीय समुदाय को लखनउबाट बि एस सी पास गर्ने प्रथम ग्रेजुयेट र सूरज कुमार दोश्रो ग्रेजुएटहुन् । अंग्रेजीमा राम्रो पकड भएर कविताका पुस्तकर अन्य कतिपय लेखन गरेका , राजापुरका मिट्ठनलाल गुप्ता यी दुवै भन्दा सिनियर ग्रेजुयेट भए पनि उनको नाम र निवास नेपालगंजसंग जोडिएकोले यहाँ नामसम्म उल्लेख गरियो, रमानपुर टपराका भगवानदास चौधरीले भारतबाट सम्भवतः कक्षा७ ,८ उर्दुहिन्दी पढेको , एकीन हुन सकेको छैन । गुलरियाका किशोरीलाल वैश्य, कैलाशनाथ र सुरजकुमार गुप्ता, स्वामी दयाल र लल्लन श्रीवास्तवहरु पनि बर्दिया मिडिल स्कूलमा पढेर भारत गएका थिए ।

देशकै हस्ती हरुको विद्यालय :

बर्दिया मिडिल स्कूलमा प्रारम्भमा पढेर पछि भारतबाट उच्च शिक्षा पाएर नेपालमा उच्च सम्मानित स्थानमा पुग्नु भएका त्रिवि का उपकुलपति डा गोविन्द शर्मा, कृषि विशेषज्ञ कैलाश नाथ प्याकुरेल, अर्थशास्त्री विशम्भर प्याकुरेल, येरोनेटिक इन्जिनियर विश्व प्रकाश शर्मा, अधिवक्ता रविन्द्र नाथ शर्मा, र अधिवक्ता लल्लन प्रसाद श्रीवास्तव प्रभा शर्मा हरु हुन्।
सबैको ध्यान अंग्रेजी स्कूल महाकवि देवकोटा माध्यमिक विद्यालय पट्टि भएकोले बगलामुखी मन्दिरको संस्कृत शिक्षा को प्रधानता भएको सरकारी पाठशाला घिसिरिदै अगाडी बढेको थियो तर कालान्तर मा गतिशील भएर म. क. दे. लाई पछार्ने सामर्थ्य विकसित गर्यो। बर्दिया जिल्लाको तेश्रो विद्यालयको रुपमा राजापुरमा अमर शहीद दशरथ चन्द प्रा वि २०२३ मा स्थापना भयो र २०३२ मा हाई स्कूल भयो । यस्तै २०३५ मा चुरे मा वि बगनहा, २०३६ मा शारदा मा.वि. हाईस्कूल भयो र २०४४/५/१ मा बबई बहुमुखी क्याम्पस र त्यसपछि क्रमशः अन्य विद्यालय महाविद्यालयहरू खुल्दै गएका हुन् ।

गौरीशंकर विद्यालय को जन्म :

संवत २०१० -१५ ताका महम्मदपुर क्षेत्रमा त्रिलोक नाथ मालका मुखिया भने पछि स्कूली शिक्षा प्राप्त, पुजारी, राम मूर्तिर ननकउ ब्राम्हण पुरोहिताई गर्न सिकेका , अब्दुल कादिर पहिलो किताब पढे जस्तो र अब्दुल्ला, मोहॆउद्दॆन,नन्हे सेख साक्षरसम्म थिए। अरु कोइ स्थानीय मानिस पढेलेखेको थिएन । पढने न ठाउँ थियो न आवश्यकता नै । भारतमै बहराइच भन्दा यता खासै स्कूल थिएनन् । धनी र महत्व बुझ्ने आवश्यक ठान्ने लेभारतबाट शिक्षक बोलाएर प्राइवेट शिक्षा दिलाउँथे र बढी आवश्यक भए बहराइच पठाउन्थे । संवत२०१४ मा मेरो विद्यारम्भ संस्कारमा भारत नानपारा अमरैया गाउँका जनार्दन श्रीवास्तवलाई घरमा राखेर विद्यारम्भ शुरु भएको थियो जसमा हाम्रा गाउँ का केटा केटी पनि पढ्थे। चलन नै प्राइवेट शिक्षा थियो । मेरो घरको द्वारामा र गाउँका अरु हरु जसको गोठ खाली र फराकिलो देखे तेसैमा लगेर बसालेर पढाउन्थे । तिनी गए पछि अर्को पनि कोइ मुन्शीजी (हिन्दू शिक्षकलाई मुन्शीजी र मुश्लिम लाई मास्टर साहेब भनिन्थ्यो ) आएका थिए । तेहीताका जिगीरियामा स्कूल चल्ने भएको थियो।

राजा महेन्द्र लाई दुइ वटा घरेलु समस्याले सार्है चिन्तित बनाएको थियो । पहिलो, नेपाल भने पछि काठमांडू उपत्यका को मात्र बोध हुन्थ्यो र बाँकी नेपाललाई गोरखाली भनिन्थ्यो । पुरै देशलाई नेपाल कसरी भनाउने ? दोश्रो, पैसा भारु चल्थ्यो । नेपाली कसरी चलाउने ? २०१६ जेष्ठमा नेपालमा पहिलो प्रजातान्त्रिक सरकार बन्यो र विशेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भए । यस सरकारले यो समस्याको समाधान मा शिक्षालाई देशव्यापी बनाउने सोच बनायो र महेन्द्रको परामर्शमा २०१६ सालमा नेपाल भर सम्भव भएका ठाउंहरुमा ‘ ‘नेपाल राष्ट्रिय प्रार्थमिक विद्यालय ‘ भनेर स्कूलहरु खोल्ने अभियान चल्यो। बर्दियामा पनि यी शब्दमा स्थानीय गाउँ ठाउँको नाम जोडेर कैयों विद्यालय खुले। त्यस बेला स्कूल भवन र शिक्षक पाउनु दुर्लभ थियो । यस कारण बगैचा, गोठ, जिमिदारका बैठक जहाँ ठाउँ मिल्यो त्यो विद्यालय, र अभिभावकहरुलाई भनसुन गरेर हात जोरेर दुइचार दस जति विद्यार्थी एकत्रित गर्न सकिए ती छात्र , र जसले यिनलाई क‍खहरा पढाउनसक्यो या भारततिर बाट फकाएर कसैलाई ल्याउन सक्यो तेही शिक्षक हुने भयो ।

कांग्रेसको सरकार भएको र गुलरिया मालका तहबिल्दार सुरेशराज शर्मा, कर्मचारीका अतिरिक्त सामाजिक सेवामा लागी पर्ने, इमानदार, कर्मठ र सन्त प्रकृतिका मानिस कांग्रेसका कार्यकर्ता पनि भएका, जिल्लाका ठुला बडा जमीनदार र बड्घर, सम्भ्रान्त व्यक्तिहरुका परिचित भएको लेइनले सक्दो ठाउँ गाउँमा गएर विद्यालय खोल्ने आग्रह गर्ने गरेका थिए । त्यस बेलाको तप्पा पौडामा नितान्त समृदशाली जमीनदार गोरखचौरामा अव्दुल रहिमान सेख थिए भने दुधामा अव्दुल नादिर, अव्दुल कादिर थिए । गणेशपुरका जमीनदारत्रिलोक नाथ मालका मुखिया साथी नै थिए। यस कारण सेन्टर पारेर जिगीरिया गाउँ, जसको स्रेस्ताको नाउँ महम्मदपुर थियो , तेहाँ विद्यालय खोल्न निधो भयो।

वृजमोहन बनिया ( वैश्य ) गुलरिया स्कूल छोडेर लालपुरका नन्दुसाह ( बनिया ) को आश्रय लिएरसंवत २०१३/१४ ताका लालपुरमा बस्न गएका थिए। इनी सुरेशराज शर्मा को नजीक रहीसकेकाले यिनलाई पढाइ दिन भन्न सजिलैभयो । भारत नानपारा भोपतपुर चौकी निवासी अली बहादर खानको जिगीरिया गाउँ मा जिमीदारी र कोठार थियो तेही कोठार मा २०१६ सालको सम्भवतः मगसीर महीनाको शुरुमा पठन पाठन शुरु भयो. केही विद्यार्थी ,जसमा हाल नाम सम्झेको दुधा बाट नसीरुद्दीन सेख, भवनियापुर भन्ने गणेशपुर बाट अयोध्या श्रीवास्तव, सहजराम कुर्मी, तिलकराम कुर्मी, राम निवास कुर्मी, राधेस्वरी ब्राह्मण , बूंदी ब्राह्मण , र खुशीराम भुजवा, जिगीरिया का समसाद खान र गफ्फार खान (हाजी ,हफ्ता दिन मात्र पढे होलान), डल्लापुरका गोकुल महतौ (अहिर) का नाती शालिकराम अहिर थिए । अरुको पहिचान हाल खुल्न सकेको छैन। त्यसबेला शिक्षकको नाम ठेगाना आदि सोध्ने बुझ्ने विद्यार्थी कोलागी सम्भव नभएकाले कसले पढायो ? थाह भएन। अहिले इतिहास बुझने क्रममा प्रथम शिक्षक तिनै बृजमोहन बनिया रहेछन। ( नन्दुसाहबनियाकाछोरारामलखनबानियाँ(गुप्ता )पंचायतकालमाउपप्रधानपंचभएकाथिएउनी साक्षरथिए , तिनै मुन्शी बृजमोहनले घरमा प्राइवेट पढाएको हुनुपर्दछ) हामी जिगीरिया कोठारमा जाडो लाग्दा बगैचाको छेउमा नजीकै खलियानमा ( आज को गा. वि. स. भवन कम्पाउण्ड को दखिन पश्चिम ) पराल बिछायेर पढन बस्थ्यों । यस अर्थमा मंसीर महीना हुनु पर्दछ । हामीले मुन्शीजी भन्थ्यौँ। सम्भवतः त्यस बेला मुन्शीजीको लागी ८-१० रुपिया चन्दा उठ्दो हो। २०१७ साल पौष १ गते विद्यालयको विधिवत उद्घाटन भयो भन्ने आलेख पाइन्छ तर कसले गर्यो रेकर्ड भेटिएन । त्यस बेला दुधाका जमीनदार र सामाजिक नेतृत्व दिने अब्दुल कादिर अध्यक्ष बनाइनु भएको थियो भन्ने सम्म बुझिन्छ (पछि समसाद खान लामो समय सम्म अध्यक्ष रहे )

बृजमोहन लेछोडे पछि होला, नानपाराबाट एक जनाशिक्षक’ मास्टर साहेब’ आए । उनले नसिरुद्दीन सेख लाईनानपारा बाट हिन्दी र अंग्रेजी गरी दुइ किताब (वहाँ हामी भन्दा उमेरमा बढी जेठो हुनुहुन्थ्यो) र हामीहरुको लागी एक एक किताब ल्याउनु भएको थियो। स्कूल उद्घाटन नहुदै २०१७ वर्षाको कुरा हो, गणेशपुर बाट जिगीरिया जाने आजको बाटो र हुलाकी बाटो नै तेहाँ थिएन, हामी गणेशपुरबाट निकलेर, गुरुखेत हुँदै, खेतको आली आली पिपल रुख मुनी हुँदैडल्लापुर गाउँमा पसेर पश्चिम ओरीपुरवा गाउँमा पसेर आली आलीमै जिगीरिया गाउँमा सुर्जे भुजवाको घर पसल नजिक दखिन तिरबाट प्रवेश गर्दथ्यों । वास्तवमा ६/७/८ वर्षका बच्चाहरुलाई घाँस उजाडमा हिड्न दिने लायकको मेढको बाटो राम्रो थिएन। वर्षामा हिड्न एक त तेसै जोखिम थियो भने वोरी पुरवा गाउँमा प्रवेश गर्दा आलीको एका पट्टी सुँगुरका खोर र हिलोको खाल्टो र अर्को पट्टि भैसी बाधनेहिलोका खाल्टाहरु , भैसी ज्यान हलाये या पुच्छर चलाई दिए समस्या ।यस्तै वर्षामा एक दिन हामी आलीमा निस्कन नसकेर भैसीवाला कसैको घरको आँगनबाट निक्लियों । एक जना मान्छे खुब रिसायो ।

४ बजे फर्कने बेलामा कता बाट जाने भन्ने समस्या भयो र हामी डल्लापुरको उत्तरको जबदाबाट हिड्यो तर तेहाँ त तलाउ रहेछ अनि कता कता आली आली हुँदै भचना (गणेशपुरको अहिलेको त्रिलोकी चोक ) मा पुग्यो। भचना हालको पुलिश चौकी देखि रसीद अहमदको घर सम्मपानी भरिएको खाल्टो र खाली जग्गामा खर घास झाडी थियो। येन तेन हामी छेउ छेउ निस्कन लाग्दा राधेश्वरी खाल्टोमा परिन र डुब्न लागिन। दुइ चार मिनेटमा मर्थिन होला तर तेही झाडीमा तरकारी टिप्न लागेका डल्लापुरका लोनिया र क-कसले हो पानीबाट निकाले हामी घर गयों। भोली पल्ट देखि जिगीरियाको स्कूल सकियो र डल्लापुरमा साहेबदीनको व्यास गद्दीर गोकुल महतौको गोठमा स्कूल चल्यो । नसिरुद्दीन शेखवर्षा महिना माएक्लै दुधाबाट आउन गाह्रो थियो, समसाद खानलाई पनि एक्लै डाल्लापुर या गणेशपुर पुग्ने अवस्था थिएन र आउन छोडे ।

गणेशपुर गाउँमा वनजांच बस्न लाई मेरो जग्गामा किनारामा काठको घर “काठमाण्डौै काष्ठमण्डप”थियो । वनजाँचले बुवासँग साइडमा जग्गा मागेर भान्साघर बनायेथे । कोई स्थायी रहे बसेमा भात पाक्थ्यो अन्यथा खाली थियो । पछि यसैमा स्कूल चल्यो । ( २०२१ को नापीमा यो वन चौकी कायम भयो र वन चौकी हटे पछि २०४७ मा सबैको सरसल्लाह र राम दुलारे कुर्मी ले ५ कट्ठा जग्गा दान गरेर करीब साढे सात कट्ठा कोयो ठाउँले अर्को विद्यालय जन्मायो जो आज गणेश प्रा वि को नाम ले चले को छ ।

२०१७उद्घाटन पछि जिगीरियामै स्कूल सञ्चालन हुँदै गयो । नानपाराका नाम याद भएन, मास्टर हिडे पछियो लेखक २०१८ साल जेष्ट मा गोण्डा पढ्न पठाइयो र यो स्कूल छुट्यो । त्यसपछि यसमा गणेशपुरका राम मूर्तिशर्माले पढाउनु भयो । शिक्षकसंग कम्तीमा ८ पासको स्कूलको सर्टिफिकेट हुनु पर्ने र नर्मल तालीम गर्नु पर्ने प्रावधान आए पछि शम्सेर बहादुर श्रीवास्तव शिक्षक हुनु भयो। वहाँ गाउँपञ्चायतको सचिव हुनुभए पछि अरु हरु आउँदै जानु भयो । यसरी जिगीरियाको स्कूल गणेशपुर, तीनवटै लालपुर, दूधा र डल्लापुरको लागी पनि त्यस बेलाको बाटो घाटोले गर्दा अनुकूल थिएन र गणेशपुरको हामी ६/७ जना र दूधा बाट १ जना, जिगीरियाबाट २ जना (एक जना त केही दिन मात्र) बाहेक यसका छिमेकी ओरिपुर्वा, गोरखचौरा डल्लापुरबाट पढ्न जाने कोई थिएन । तेस बेलाको वातावरण र बाटोघाटो नभएको आलीमा हिड्नु पर्ने आदि असुविधाले गर्दा आफ्नो गाउँ देखि बाहिर पढन जाने स्थिति नै थिएन । यी गाउँहरु मा त्यसबेला हुने खानेहरु आजका भन्दा ज्यादा थिए। वहाँहरु गुलरियाका १५/२० रुपिया तलब पाउने कर्मचारी भन्दा निकै धनी थिए । यदि यी सामर्थ्यवान ग्रामीण हरुमा शैक्षिक चेतना भै दिएको भए र वहाँ हरुका सन्तानले पनि शिक्षा प्राप्त गरेका भए गणेशपुर डल्लापुर लालपुर, दूधा , गोर्खाचौरा जिगीरियाका सेख, अहिर, बाहुन, कुर्मी , पठान, चमार, खटिक, भुजवा, बानिया आदि राज्यको उच्च शिखरमा पुगी सकेका हुन्थे र बर्दियाकै इतिहास, अवस्था र यो स्कूलको दशाआजको भन्दा धेरै फरक हुने थियो। तर शिक्षाको उपयोगिता र महत्त्व पहिचान गर्न नसकेकोले सबैको अवस्था तल खस्केको छ र स्कूल को पनि।

जिगीरिया गाउँ, स्कूलको लागी उपयुक्त ठाउँ नभएको र तहाँको समुदायले बालबच्चा नपढाउने हुनाले स्कूल सार्नु पर्यो भनेर शिक्षक श्रीनारायण ठाकुरले लालपुरको बगियामा स्कूल लगे र ने रा प्रा वि महम्मदपुर नामको स्कूल ने. रा. प्रा. वि. लालपुर भयो। अहिले समाजमा राम्रो स्थान बनाउन सफल ब्यक्ति जिगीरियाका मंत्री भन्ने महम्मद कर खान र मजीबुल्ला खानको प्रारम्भिक शिक्षा यहीं भयो। केही वर्ष पछि अब्दुल्ला सेखको पालामा श्रीनारायण ठाकुर र वहाँका बीच झगडा नै भयो र वहाँले स्कूलको बाकस उठाई लहडुमा राखी स्कूल फेरी जिगीरिया पुर्याउनु भयो तर पछि २०३३ मा त्यहाँबाट सारेर अहिले भएको ठाउँ गोरखचौरा जिगीरियाको मोडमा डल्लापुरका जोगी अहिरले दिएको ६ कट्ठा जग्गा र अलि कति बाटोको छेउछाउ मिलाएर पक्की भवन बनाएर संचालनमा रहेको छ। र अब यसको परिवर्तित नाउँ गौरीशंकर माध्यमिक विद्यालय डल्लापुर रहेको छ । यस्तो पिछडिएको समाजमा पनि स्कूल जीवित छ, यो सौभाग्यको कुरा हो, तर नितान्त प्राचीन गाउँ बस्ती भएको ठाउँमा जहाँ ठुल्ठूला जमीनदार थिए , थुप्रै जग्गा जफत र फालाफाल भयो, कसैको नाउँ रहने गरी धेरै क्षेत्रफल प्राप्त हुन् सक्थ्यो , राम्रो फिल्ड हुन् सक्थ्यो र आजको जस्तो खुम्चिएर रहनु पर्ने थिएन। सरकारले उपेक्षा गर्दै आउनु र स्थानीयले उदासीनता देखाउनु दुर्भाग्य हो।

वर्तमान अवस्था :-

हाल विद्यालय २०७८ देखि कक्षा १० सम्म संचालित भएको छ । यसमा कुल विद्यार्थी ४४७, शिक्षक१३ जना छन् । वार्ड न ११ का वार्ड अध्यक्ष राम नारायण प्रसाद केशरी नै स्कूल संचालक समितिका अध्यक्ष पनि हुन्। विद्यालय को सेवाक्षेत्र मा ९९% भन्दा पनि बढी समुदाय स्थानीय मधेशी हरुको छ, जसमा दलित, अल्पसंख्यक र नितान्त गरीब, अशिक्षित र विकास प्रतिको कमजोर सोंच भएका व्यक्तिहरुको बाहुल्यता रहेकोछ यस कारण बालबच्चा हरुप्रायः शिक्षादेखि बन्चित छन् र येनकेन स्कूल जानेहरुले छिटै स्कूल छोडछन् । विद्यालयका प्र. अ.ललित चन्द थारु र अध्यक्ष केशरी दुवै जना पढे लेखेका मेहनती युवाहरुको नेतृत्वमा अभिभावक हरुले विद्यालय र विद्यार्थी को उन्नति प्रगतिको आशा राख्नु अस्वाभाविक होइन।
यो स्कूल नेपाल भारत सीमादेखि २ कि मी फरकमा छ। पारी लौकाही , खम्हरिया, जस्ता ठुलाठूला र छगडहवा बर्थनवा आदि गाउँहरु छन तर त्यहाँ स्कूल नहुनाले नेपालको भन्दा पनि पिछडिएको अवस्था छ । तसर्थ यो क्षेत्र नै लगभग अशिक्षित र परम्परागत सोंच को प्रतिनिधि रही आएको छ।

सुधारका विन्दुहरु :-

(१) भारतीय बार्डर र गाउँ हरुसंग जोडिएकोले त्यताको प्रभाव यता पर्नु स्वाभाविक हो। त्यताका कतिपय विद्यार्थी नेपालमा पढन चाहे पनि सवारी साधन छैन । नेपाली विद्यार्थीलाई पनि सवारी सुविधा दिन सकियो भने गाउँका विद्यार्थी को सुविधा र आकर्षण बढने देखिन्छ। यस कारण स्कूल लाई एउटा मिनी बस को आवश्यकता छ।
(२) यो पुरै क्षेत्र नेपाल या भारत गरीब बस्ती अशिक्षित समुदाय परम्परागत समाज छ। चेतनाको स्तर नै धेरै तल छ, विकासको सोंच न्यून छ। ससाना केटा केटी कि त ससाना घरका जम्मा हुन्छन् कि त गाउँमा तेत्तिकै खेली रहन्छन। विद्यालयका बालबालिकालाई दिउँसो खाजा खुवाउने सन्दर्भका थुप्रै विकृतिहरुका बावजूद साना विद्यार्थी हरुलाई खाजाको प्रबन्धभै राखेकोले राम्रो मान्न सकिन्छ ।
(३) यो विद्यालयलाई कम्प्यूटर शिक्षा र अटोमोबाइल रिपेयर (मैकेनिकल) शिक्षासंग जोडन सक्यो र नेपाल भारतबाट समेत विद्यार्थी आउन सकेमा यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुन सक्दछ।
( ४) जुनसुकै विद्यालयमा शिक्षक र संचालक समितिलाई कम्यूटरको न्यूनतम प्रारम्भिक ज्ञान र नेपाली भाषा शुद्ध लेखन तालीम दिनु आजको आवश्यकता हो।यो कुरा यस विद्यालयका लागि पनि आवश्यक हुन सक्दछ।
(५ ) विद्यालयको नितान्त थोरै क्षेत्रफल र त्यो पनि विद्यालयको नाउँमा पास भइ नसकेकोले सर्वप्रथम जग्गा धनीको नाम विद्यालयमा जोडेर भएपनि जग्गा पास गराउनु पर्ने र क्षेत्राविस्तारको लागि अझै पनि पछाडीको जग्गा धनीसंँग कुरा गरेर जग्गा मागेर या किनेर भए पनि लिन सकियो भने भविष्यको लागी राम्रो आशा लिन सकिने ठाउँ छ । विकासका चार आवश्यक शर्त हुन्छन। १, लगन, २, इमानदारी , परिश्रम, र (४) धन । विद्यालय परिवारले संकल्पका साथ अगाडी बढ्न सक्नु पर्दछ ।

(६)नेपालका निजी तथा आवासीय स्कूलहरुमा यद्दपि सिमापारीका विद्यार्थी पढन आउँछन्, तर सरकारी विद्यालयमा गैरनागरिकका सन्तान पढन नपाउने नियम भएको र मधेशी समुदायमा थुप्रै नेपाली नागरिकहरुले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेबाट तिनका सन्तान पनि शिक्षा देखि नै वञ्चित भै रहेका छन् यो क्षेत्रको यो पनि ठूलो समस्या हो र यो देशको लागी घातक नियम हो ।
(लेखक पूर्व प्रशासनिक अधिकारी, प्राध्यापक र अधिवक्ता हुन् )

]]>
https://kblu.org.np/ayodhyaarticle/feed/ 0
१६ थान सिलिण्डर हस्तान्तरण https://kblu.org.np/o216policebrd/ https://kblu.org.np/o216policebrd/#respond Thu, 13 May 2021 14:12:26 +0000 https://samagranepal.com/?p=2038 जिल्ला प्रहरी बर्दियाले १६ थान अक्सिजन सिलिण्डर संकलन गरी विभिन्न स्वास्थ्य संस्थाहरुमा हस्तान्तरण गरेको छ । कोभिड १९ संक्रमणको बिषम परिस्थिती सिर्जना भई अक्सिजन नपाईरहेको अवस्थामा अक्सिजन ग्याँस कमी हुन नदिने अभिप्रायको साथ कार्यालयले जारी राखेको अक्सिजन सिलिन्डर संकलन अभियान अन्तर्गत बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाटसंकलन गरिएका ८ थान ठुला अक्सिजन सिलिण्डरहरु राजापुर नगरपालिकाको कार्यालय स्वास्थ्य शाखा र मधुबन अस्थाई कोभिड अस्पताल सानोश्रीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

साथै यस अघी पनि १६ थान अक्सिजन सिलिन्डर विभिन्न अस्पतालहरुमा बुझाई सकिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताउनुभएको छ ।

]]>
https://kblu.org.np/o216policebrd/feed/ 0
सुरक्षा निकायसँगको छलफलपछि बुधबार लकडाउनबारे निर्णय हुन्छ : प्रजिअ गेलाल https://kblu.org.np/npj/ https://kblu.org.np/npj/#respond Wed, 21 Apr 2021 03:35:46 +0000 https://samagranepal.com/?p=1987 दिनप्रतिदिन कोरोना संक्रमण दर वृद्धि भएपछि बाँकेमा ७ दिन लकडाउन गर्न सिफारिस गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल संयोजक रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको बैठकले ९ वैैशाखदेखि कम्तीमा पनि ७ दिन लकडाउन गर्न सिफारिस गरेको हो । प्रजिअ गेलालले लकडाउनको मोडालिटीबारे बुधबार सुरक्षा सम्बद्ध निकायसँग छलफल गरेर मात्र जिल्ला प्रशासन कार्यालय बाँकेले निर्णय गर्ने बताए । प्रजिअ गेलालले बुधबार सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग संयुक्त बैठक डाकेर लकडाउनको मोडलबारे छलफल गरिने बताए । उनले भने, ‘लकडाउन त हुन्छ । विमानस्थल, लामो दुरीको यातायात, नाकाको व्यवस्थापन कसरी गर्ने भन्नेबारे हामी थप छलफल गर्नेछौं । त्यसपछि मात्र बुधबार जिल्ला प्रशासन कार्यालयले लकडाउन वा निषेधाज्ञा सम्बन्धी सूचना प्रकाशित गर्नेछ ।’
केन्द्रको बैठकले नेपालगन्ज लगायतका उच्च जोखिम रहेका क्षेत्रमा तीब्र रुपमा बढिरहेको कोभिड १९ को संक्रमणको सांग्लो तोड्न, सर्वसाधारणका आवत जावत रोक्न अत्यावश्यक भएकाले अत्यावश्यक सेवा र निर्माण कार्य बाहेक अरु सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाउने गरी तत्कालका लागि कम्तीमा ७ दिन निधेषाज्ञा वा लकडाउनको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
केन्द्रको बैठकले भारतमा कोरोनाको संक्रमण दर उच्च रहेकाले स्वास्थ्योपचार लगायतका अत्यावश्यक काम बाहेक सामान्य काम एवं किनमेलका लागि सीमावर्ती जिल्ला र बजारमा जाने आउने कार्यमा अर्को सूचना नभएसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय पनि गरेको छ । जिल्लामा रहेका आइसोलेसनहरु भरिएकाले विगतमा जस्तै आफै पैंसा तिर्न सक्ने संक्रमितका लागि होटलमा आइसोलेसनको व्यवस्था गर्ने केन्द्रले जनाएको छ ।

स्रोत : मेरो खुशी अनलाइन

]]>
https://kblu.org.np/npj/feed/ 0
आखिर हामी कहाँनिर चुक्यौँ ? – नारायण गाउँले https://kblu.org.np/narayangaule/ https://kblu.org.np/narayangaule/#respond Sat, 20 Feb 2021 13:11:15 +0000 https://samagranepal.com/?p=1790 भारतीय राजनेताहरू हेर्दा र सुन्दा एभरेज लाग्छन् । मोदीदेखि राहुल गान्धीसम्म सुन्दा लाग्छ, धार्मिक-जातीय-क्षेत्रीय र साम्प्रदायिक मुद्दामा राजनीति अल्झिएको छ । न भिजन छ न सामान्य ज्ञान !
तर, अचम्म लाग्दो के छ भने शिक्षा, भौतिक विकास, अनुसन्धान र प्रविधिमा भारतले निरन्तर प्रगति गरिरहेको छ ।
कोरोनाभाइरसले भारतीय अर्थतन्त्र र मोदी दुबैलाई डुबाउने भयो भन्ने धेरैको अनुमान थियो, तर आज भारत विश्वलाई भ्याक्सिन बेच्ने अवस्थामा पुग्यो । धनी राष्ट्रले कोभ्याक्स प्रोग्राम मार्फ़त गरिब देशलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउने तैयारी गर्दै गर्दा भारतले भने उत्पादन गरी वरी अनुदान दिनसमेत भ्याइसक्यो । त्यो पनि दैलोसम्मैं पुऱ्याइदिएर ।
हामीले बेसार, फ्याटीय र बोसीय तत्त्व बारे विवेचना गर्दै भारतीय भाइरस चीनभन्दा कड़ा रहेछ भन्ने व्यङ्ग्य गर्दै गर्दा उसले भ्याक्सिनको तैयारी सुरु गरिसकेको रहेछ । हामी आज भ्याक्सिन सुरु गर्ने विश्वका थोरै देशमध्ये एक बन्न पायौं । उसको मानवीय दानलाई हाम्रो सरकारले उपलब्धि भनेर देखाउन पायो । झट्ट हेर्दा अनुदान व्यापारिक प्रयोजनका लागि हो कि भन्ने देखिन्छ । तर उसले लागत मूल्यकै वरपर ४ डलरमैं यो भ्याक्सिन नेपाललगायतका गरिब देशलाई बेचेको छ । विश्व दङ्ग छ ! उसो त हामी पनि दङ्ग छौं, हाम्रा नेताले विश्व नै दङ्ग पर्ने गरी विकास भएको भाषण गर्दा !
नेता एभरेज भए पनि देशको आधारभूत र लोकतान्त्रिक संस्थाहरूमा हस्तक्षेप नगर्ने एउटा लोभलाग्दो संस्कार त्यहाँ विकास भएको देखियो । शिक्षा, स्वास्थ्य, विज्ञानप्रविधि र विकासका क्षेत्रमा पुराना योजनाले सम्मान र निरन्तरता पाउने रहेछ । भएका उपलब्धि भत्काउने होइन कि त्यसैमा टेकेर अघि बढ्ने राजनैतिक नैतिकता त्यहाँ देखियो । सही मान्छेलाई सही ठाउँमा सही काम गर्न दिने हो भने विकास आफै हुने रहेछ । अन्य सयौं आरोप लागे पनि यति लामो कार्यकालमा मोदीमाथि भ्रष्टाचारको आरोप लागेको छैन । टाउकोमा सुशासन महत्त्वपूर्ण कुरो रहेछ । चरम हिन्दुवादी दलले सर्वोच्च नेता लालकृष्ण आड़वाड़ीको सट्टा एउटा दलित नेतालाई राष्ट्रपति बनाउनु या भाजपाको सरकारले कांग्रेसका नेता प्रणव मुखर्जीलाई सर्वोच्च पदक भारतरत्न प्रदान गर्नु हेर्दा सामान्य लागे पनि त्यसको अर्थ ठूलो हुने रहेछ ।
अरबौं खर्चेर मन्दिर बनाउनेले प्रविधिमा के विकास गर्ला र भन्ने लाग्छ । तर अचम्म भारतमा दुबै समानान्तर हुँदै छन् । देशमा मङ्गल ग्रहको पाठपूजा पनि चल्दै छ र भारतीय यान मङ्गलग्रह पनि पुग्दै छन् । वेद र पुराणको पढाइ पनि चलिरहेको छ र साथसाथै गुगलदेखि माइक्रोसफ्टसम्म हाँक्ने जनशक्ति पनि उत्पादन हुँदै छ । कोरोना महामारीको शान्तिका लागि हवन र यज्ञ पनि चल्दै छ र त्यसको भ्याक्सिन पनि बन्दै छ ।
यति पढ्ने जाँगर गर्नुभएको भए हामी कहाँ चुक्यौं भन्ने लेख्ने काम तपाईंको !
नारायण गाउँलेको फेसबुकबाट

]]>
https://kblu.org.np/narayangaule/feed/ 0