Deprecated: Optional parameter $query_type declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $order declared before required parameter $number is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 849

Deprecated: Optional parameter $custom_content declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $paragraph_number declared before required parameter $content is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php on line 984

Deprecated: Optional parameter $depth declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $args declared before required parameter $output is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Optional parameter $sub_title declared before required parameter $the_post is implicitly treated as a required parameter in /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 100

Warning: Cannot modify header information - headers already sent by (output started at /home/danfet6/dthclient/kblu/wp-content/themes/DigitalTRENDS-News2/framework/functions/post-functions.php:849) in /home/danfet6/dthclient/kblu/wp-includes/feed-rss2.php on line 8
समाज – समग्र नेपाल https://kblu.org.np सूचना र ज्ञानकाे भकारी । Wed, 20 Jul 2022 07:21:07 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.5 https://kblu.org.np/wp-content/uploads/2021/02/cropped-समग्र-नेपाल-1-32x32.png समाज – समग्र नेपाल https://kblu.org.np 32 32 बालिकालाई करणी गर्दै गर्दा पक्राउ https://kblu.org.np/police-2/ https://kblu.org.np/police-2/#respond Wed, 20 Jul 2022 07:21:07 +0000 https://samagranepal.com/?p=2550 बर्दिया मधुवन ६ मा घरमा कोही नभएको मौका पारेर एक व्यक्तिले बालिकालाई करणी गरेका छन् ।
असार ३२ गते बेलुकी ४ बजेतिर मधुवन ६ बस्ने मान बहादुर रजालीले बालिकालाई जबरजस्ती करणी गरिरहेको बेलमा स्थानीयहरूले देखी हारगुहार गरी स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक हृदय कुमार सापकोटाले जानकारी दिनुभएको छ ।

]]>
https://kblu.org.np/police-2/feed/ 0
सम्मानले नै पेसाप्रतिको सम्मान बढ्ने (बर्दियामा दुई दर्जन शिक्षक सम्मानित) (भिडियो सहित) https://kblu.org.np/teacherhonored/ https://kblu.org.np/teacherhonored/#respond Fri, 15 Jul 2022 11:11:58 +0000 https://samagranepal.com/?p=2538 कुनै पेशामा समर्पित पेशाकर्मीलाई गरिएको सम्मानले पेशाप्रतिको सम्मानमा अभिवृद्धि हुने बताइएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा आज आयोजित शिक्षक तथा कर्मचारी प्रोत्साहन कार्यक्रममा प्रमुख अतिथिका रुपमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् बर्दियाका जिल्ला समन्वय अधिकारी प्रकाश देवकोटाले उक्त कुरा बताउनुभएको हो ।
उत्कृष्ट शिक्षक, कर्मचारी तथा शैक्षिक संस्थालाई प्रोत्साहन कार्यक्रम २०७८/०७९ अन्तर्गत बर्दियामा अध्यापनरत शिक्षकहरुको सम्मान कार्यक्रम अन्तर्गत गुलरियामा आज सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा शुभकामना दिनुहुने अधिकांश व्यक्तित्वहरुले शिक्षक खुशी भएर कक्षाकोठामा प्रवेश गरेमा मात्र शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुने कुरा औंल्याउनुभएको थियो ।
सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख राम करण पालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्यव इकाई प्रमुख रेविका अमात्य, गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सतिश यादव, सामाजिक विकास डिभिजन कार्यालयका स्टेम संयोजक दीपक पोख्रेलको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आठै पालिकाका सम्मानित शिक्षकहरुले शिक्षकलाई गाली गर्नेहरुको जमात बढी भएको र प्रोत्साहन गर्ने परिपाटी नभएको अवस्थामा यस प्रकारका कार्यक्रमहरुले सम्मानित शिक्षकहरुका लागि हौषला पुगेको र अन्य शिक्षकहरुका लागि पनि उत्कृष्ट शिक्षण सिकाइ क्रियाकलापका लागि प्रेरणा बनेको कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण डिभिजन कार्यालयको स्टेम संयोजक दीपक पोख्रेलले गर्नुभएको थियो ।
बर्दियाका आठओटै पालिकाहरुबाट उत्कृष्ट शिक्षकको रुपमा सिफारिस भई सामाजिक विकास डिभिजन कार्यालयबाट प्रमाणिकरण गरी निम्न विद्यालय तथा शिक्षकहरुलाई सम्मानित गरिएको हो :
उत्कृष्ट विद्यालय : श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया, (प्रधानाध्यापक भेजेन्द्र बहादुर थापा)
बढैयाताल गाउँपलिकाबाट उत्कृष्ट शिक्षकहरु :
– कालि प्रसाद थारु श्री शारदा मा.वि. मैनापोखर
– भक्तिसागर रेग्मी श्री विद्या ज्योति नमुना मा.वि.
– बसन्त खड्का श्री जनप्रिय मा.वि. जमुनी
बाँसगढी नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– हरिराम थारु श्री जनज्योति प्रा.वि. बेलौली
– फणिन्द्र प्रसाद ढुङ्गाना ने.रा.मा.वि. बाँसगढी
– नारायण प्रसाद शर्मा श्री रामजानकी मा.वि.भैसासुर
गुलरिया नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– च्यामुलाल चौधरी श्री महाकवि देवकोटा मा.वि. गुलरिया
– प्रभात सुवेदी श्री बगलामुखी रा.कृष्ण थारु मा.वि.गुलरिया
– भानुभक्त अधिकारी श्री हिमालय आ.वि. गुलरिया
बारबर्दिया नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– केदारनाथ ढकाल श्री धर्मभक्त मा.वि. कर्तनिया
– पोमराज शर्मा श्री अंशुवर्मा मा.वि. जयनगर
– केशवराज वश्याल श्री युवक मा.वि. दुध्धा
मधुवन नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– प्रदिप रेग्मी श्री त्रिभुवन मा.वि. सुर्यपटुवा
– देवी बहादुर वस्नेत श्री ने.रा.आ.वि. दशरथवस्ती
– पदमराज चौधरी श्री बुद्ध आ.वि. बुद्धनगर
ठाकुरबाबा नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– वामदेव ढकाल श्री ने.रा. मा.वि. ठाकुरद्वारा
– नवराज ढुङ्गाना श्री शारदा आ.वि. शाहीपुर
– लक्ष्मी पौडेल श्री जनचाहना आ.वि. डुम्रेनी
राजापुर नगरपालिकाबाट उत्कृष्ट शिक्षकहरु:
– वीरवल चौधरी श्री कालिका मा.वि. चनौरा
– प्रेम बहादुर वि.क. श्री किसान मा.वि. राजापुर
– शिव प्रसाद कोइराला श्री ने.रा.मा.वि. गोडियाना
गेरुवा गाउँपालिकाबाट उत्कृष्ट शिक्षकहरु :
– डिल बहादुर जि.सी. श्री जानकी मा.वि. जनकनगर
– भीम बहादुर धामी श्री बालप्रिय आ.वि. तिनघरुवा
– चिरन्जिवी वैद्य श्री एकप्रिय मा.वि. पाताभार
सम्मानित जिल्ला उत्कृष्ट विद्यालयलाई नगद रु. ३ लाख ५० हजार नगद र सम्मानपत्र तथा शिक्षकहरुलाई जनही रु. १२ हजार र सम्मानपत्र सहित दोसल्ला ओढाएर प्रमुख प्रशासकीय प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र डिभिजन कार्यालय प्रमुखले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको भिडियो हेर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=d-ALaZJ7AKg&t=3s

कार्यक्रमसँग सम्बन्धित अन्य थप तस्बीरहरुका लागि  :

समग्र नेपालको फेसबुक पेजमा जानुहोला ।

]]>
https://kblu.org.np/teacherhonored/feed/ 0
काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुग्यो, केयूकेएलको पानी प्रदूषित https://kblu.org.np/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%88%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80/ https://kblu.org.np/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%88%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80/#respond Fri, 01 Jul 2022 14:26:38 +0000 https://samagranepal.com/?p=2515 इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मन लाल दासका अनुसार शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको हो ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ ।

बिरामीमा हैजाको त पानी देखिएको डा. दासले अनलाइखबरलाई जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो। उपत्यकामा वितरण गरिने खानेपानी पिउनयोग्य नरहेको भेटिएको डा. दासले बताए ।

उनका अनुसारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ ।

‘केस अनुसारको नुमना परीक्षणको रिर्पोट एकै किसिमको छैन । इनार, धारा तथा ट्यांकरको सबै पानी प्रदूषित छ । केयूकेएलको कुनै ठाउँको पानीमा इकोलाई देखियो,’ दासले भने,’ यसबाट पनि प्रदूषित छ भन्ने प्रष्ट हुन्छ । तर, पानीमा कहाँबाट हैजा सरेको हो भन्ने एकीन भएको छैन ।’

केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि इडीसीडीले शुक्रबारदेखि अनुगमनलाई तीव्रता दिने जनाएको छ ।

महाशाखाले सबैतिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।

]]>
https://kblu.org.np/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%88%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%80/feed/ 0
घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने – अनुचित काम गरेको छैन https://kblu.org.np/%e0%a4%98%e0%a5%82%e0%a4%b8-%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/ https://kblu.org.np/%e0%a4%98%e0%a5%82%e0%a4%b8-%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/#respond Wed, 22 Jun 2022 09:29:42 +0000 https://samagranepal.com/?p=2510 घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।’

उनले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् । ‘ममाथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

ठगीको आरोपमा मुद्दा चलेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको कुराकानी बाहिरिएको थियो । जसमा उनीहरुले पैसा लिएर तामाङलाई धरौटीमा छाड्ने बारेमा कुराकानी गरेको सुन्न सकिन्छ ।

तामाङको पक्षमा वकालत गरेका पोखरेलले तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई सहमत गराउन खोजेको बुझ्न सकिन्छ ।

]]>
https://kblu.org.np/%e0%a4%98%e0%a5%82%e0%a4%b8-%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6%e0%a5%87%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5/feed/ 0
न्यायाधीश र वकिलबीच लेनदेनको अडियो सार्वजनिक भएपछि कानून व्यवसायी परिषदको बैठक बोलाइयो https://kblu.org.np/%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%b6-%e0%a4%b0-%e0%a4%b5%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6/ https://kblu.org.np/%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%b6-%e0%a4%b0-%e0%a4%b5%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6/#respond Wed, 22 Jun 2022 09:27:15 +0000 https://samagranepal.com/?p=2508 नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल जोडिएको अडियो सार्वजनिक भएपछि नेपाल कानून व्यवसायी परिषदले आकस्मिक बैठक डाकेको छ ।कानून व्यवसायीहरुको नियमन गर्ने निकाय बार काउन्सिलले पोखरेलवारे आवश्यक निर्णय गर्न बैठक डाकेको हो । काउन्सिलका एक सदस्यले भने, ‘उहाँमाथि छानविन समिती गठन गर्ने सम्भावना छ ।

महान्यायाधीवक्ताको नेतृत्वमा गठन हुने बार काउन्सिलमा नेपाल बार एसोसिएसनका अध्यक्ष पदेन उपाध्यक्ष हुन्छन् । काउन्सिलमा सर्वोच्च अदालतका रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको कानून संकायका डिन पदेन सदस्य हुन्छन् भने अरु पार्षद चुनिन्छन् ।काउन्सिलले आचारसंहिता विपरित काम गरेको भेटेमा कानून व्यवसायीको इजाजतपत्र रद्द समेत गर्नसक्छ ।

]]>
https://kblu.org.np/%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7%e0%a5%80%e0%a4%b6-%e0%a4%b0-%e0%a4%b5%e0%a4%95%e0%a4%bf%e0%a4%b2%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a4%a6/feed/ 0
कतै बाढी कतै उखरमाउलाे गर्मी (गुलरिया नगरपालिकामा ५ दिनको बिदा) https://kblu.org.np/deaseaster/ https://kblu.org.np/deaseaster/#respond Fri, 10 Jun 2022 10:18:32 +0000 https://samagranepal.com/?p=2502 बिहीबार रातिको अविरल वर्षापछि आएको बाढीले गोरखाकाे पालुङटार नगरपालिका ९ को दुईवटा मोटरेबल पुल बगाएको छ । शेराबजार र सिस्नेरीबीचको चुतिखोलामा निर्माणाधीन पुल बाढीले पुरेको सिस्नेरीका कृष्ण थापाले बताए । ‘बन्दै गरेको पुलको नामनिसाना छैन,’ थापाले भने, ‘पुलको दुई भागमा पिल्लर उठाउने र नदी छेक्न जाली लगाउने काम हुँदै थियो ।’

पालुङटार नगरपालिका ९ विर्दीको चुती खोलामाथिको मोटरेबल पुलको पहुँचमार्ग पनि बाढीले बगाएपछि आवतजावत ठप्प बनेको छ । अबुवा-शेरा सडकखण्डअन्तर्गतको विर्दीको चुती खोलामाथिको पुल बिहीबार रातिको बाढीले बगाएको हो । पुलको पहुँचमार्ग बगाएसँगै शुक्रबार बिहानबाट आउजाउ हुन नसकेको पालुङटार नगरपालिका-९ का वडाध्यक्ष भेजराज पाण्डेले बताए । ‘शाखा बाटोहरू त कति ठाउँमा भत्किएर बिग्रिएका छन्; हेरिसाध्यै छैन,’ उनले भने ।

त्यस्तै पालुङटार नगरपालिका-६ केउरेनीका केशरबहादुर थापाको घर पहिरोले बगाएको छ । ढुङ्गा र सिमेन्टले बनेको दुईकोठे घर पूर्ण रुपमा क्षति भएको डीएसपी लिलाराज लामिछानेले बताए । पहिरोले घर बगाएका केशरबहादुरका ६ परिवार पाल टाँगेर बसेका छन् । त्यस्तै केउरेनका वीरबहादुर राना र ज्योती रानाको घर पनि पहिरोको उच्च जोखिममा परेको छ ।

त्यस्तै पहिरोले बाह्रकिलो बारपाक सडक खण्ड पनि अवरुद्ध बनेको डीएसपी लामिछानेले बताए । बाह्रकिलो बारपाक सडकखण्डअन्तर्गत बिरालेझ्याङमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

पालुङटार नगरपालिका-९ मा मात्र करिब ३ हजार रोपनी खेतमा बाढी पसेको वडाध्यक्ष पाण्डेले बताए । चुतिखोलाको तटीय क्षेत्र आसपासको फाँटमा पसेको बाढीले मकैबाली र चैते धान खेती पनि सखाप बनाएको उनले बताए । छब्बिसे, खहरे, विर्दी फाँट क्षेत्रका किसानका खेतमा बाढी पसेको हो । भित्र्याउने बेला भएको चैते धान बाढीले पुरेपछि किसान चिन्तित बनेका छन् । ‘कटान गरेर पनि लगेको छ; धान र मकै खेती पाँगो माटोले पुर्‍यो,’ उनले भने ।(कान्तिपुर अनलाइनमा खबर प्रकाशित छ)

यसैबीच तराईमा उखरमाउलाे गर्मी बढेपछि बर्दिया जिल्लाको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले ५ दिनको गर्मी विदा दिएको छ । भूमण्लीय उष्णीकरणका कारणले पठनपाठन सञ्चालन गर्न कठिनाई भएको जानकारी प्राप्त भएकाले नगरप्रमुख स्तरीय निर्णयबाट ५  दिनको बिदा दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति
]]>
https://kblu.org.np/deaseaster/feed/ 0
नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध https://kblu.org.np/%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%97%e0%a4%a2-%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%97/ https://kblu.org.np/%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%97%e0%a4%a2-%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%97/#respond Fri, 27 May 2022 08:20:14 +0000 https://samagranepal.com/?p=2480 १३ जेठ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्ण रुपमा नियन्त्रणमा नआउनजेल सचेत बनिदिन सो सडक भएर यात्रा गर्ने सबैलाई अनुरोध गरेको छ ।

]]>
https://kblu.org.np/%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3%e0%a4%97%e0%a4%a2-%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a4%a1%e0%a4%95%e0%a4%ae%e0%a4%be-%e0%a4%97/feed/ 0
श्रीमती कुट्ने श्रीमानकै मृत्यु https://kblu.org.np/society-2/ https://kblu.org.np/society-2/#respond Fri, 06 May 2022 13:24:28 +0000 https://samagranepal.com/?p=2467 बर्दियामा श्रीमतीलाई कुटपिट गरी घाइते बनाएका श्रीमान्को मृत्यु भएको छ ।
बिहिबार राती बढैयाताल गाउँपालिका वडा नं. ८ शितलाबजार बस्ने काजीमान तण्डुकारले मादक पदार्थ सेवन गरी श्रीमती वीरमाया तण्डुकारलाई कुटपिट गरी घाइते बनाइ फरार भएको अवस्थामा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा घरभन्दा १ सय ५० मिटरको दूरीमा अचेत अवस्थामा पल्टिरहेको अवस्थामा उपचारका लागि बर्दिया अस्पतल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमतीलाई आर.के. मेडिकल शितलाबजारमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङहोमा पठाइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तस्वीर : गुगल

]]>
https://kblu.org.np/society-2/feed/ 0
छिमेकीको कुटाइबाट ठहरै https://kblu.org.np/deathnews/ https://kblu.org.np/deathnews/#respond Fri, 29 Apr 2022 11:50:09 +0000 https://samagranepal.com/?p=2454 बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ स्याउलीबजारमा छिमेकीको कुटाइबाट एक व्यक्तिको मृत्यु भएको छ ।
बुधबार भएको सामान्य विवादबाट ४० वर्षीय मिन बहादुर घर्तीले कुटपिट गर्दा लडेर आँगनमा रहेको ढुङ्गामा टाउको बज्रिन गई सोही चोटका कारण ४७ वर्षीय बल बहादुर कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
निजलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल लगिएको र थप उपचारका लागि नेपालगञ्ज नर्सिङ्गहोम रिफर भई लगिएको र चेकजाँच गराउँदा १५ गते बिहीबार चिकित्सकले मृत घोषण गरेको जनाइएको छ ।
निज मिन बहादुर घर्ताीलाई आवश्यक अनुसन्धानका लागि स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।

तस्बीर : गुगल (ध्यानाकर्षका लागि मात्र)

]]>
https://kblu.org.np/deathnews/feed/ 0
गुलरिया नगरक्षेत्रमा सरसफाई https://kblu.org.np/sarsafi/ https://kblu.org.np/sarsafi/#respond Sat, 26 Feb 2022 07:42:56 +0000 https://samagranepal.com/?p=2395 विकासप्रेमी युवा समूह गुलरियाले आज गुलरिया बजार क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।

 

 

 

समूह आयोजना गरेको सरसफाई अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सञ्चार कर्मीहरु लगायतका व्यक्तित्वहरुको सक्रिय उपस्थिती रहेको गुलरिया नगर अध्यक्ष महेमुद सिद्दिकीले समग्र नेपाललाई जानकारी दिनुभएको हो ।

सरसफाइमा सहभागी प्रहरी ।

सहभागी हुँदै नेपाली सेना ।

 

 

 

 

]]>
https://kblu.org.np/sarsafi/feed/ 0