माथिका पंक्तिहरु बर्दियाकी बाल कवयित्री प्रश्ना सुवेदीले रचना गरेको कविताको पंक्ति हुन् । “माइ डिजिटल नेपाल माई इम्याजिनेसन” शीर्षकमा लिभिङ विथ आइसिटी नामक संस्थाले आयोजना गरेको देशव्यापी परिकल्पनाका लागि आह्वान गरेका निवन्ध, कविता, चित्रकला, भिडियो एनिमेसनमध्ये बर्दियाबाट सहभागी भएकी प्रश्ना सुवेदीको कविताले द्वित्तीय स्थान प्राप्त गरेको छ ।
काठमाडौंको सोल्टि होटलमा गत शुक्रबार आयोजना गरिएको भव्य कार्यक्रममा उनी सो विधामा पुरस्कृत भएकी हुन् । गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुवेदीले उक्त प्रतियोगितामा द्वित्तीय स्थान प्राप्त गरेवापत नगद रु. ५० हजार सहित प्रमाणपत्र, ट्रफी तथा प्रायोजक माइ सेकेण्ड टिचर, डिस होम लगायतबाट गिप्mटहरु प्राप्त गरेकी छिन् ।
सानैदेखि कविता तथा वाककलामा रुची राख्ने प्रश्ना सुवेदीले जिल्लास्तरीय, प्रदेश तथा राष्ट्रव्यापी विभिन्न प्रतियोगिताहरुमा सफलता प्राप्त गर्नुका साथै शैली थिएटर संस्थाले गत वर्ष आयोजना गरेको अन्तर्राष्ट्रिय बाल कविता महोत्सवमा प्रथम स्थान हात पार्न सफल भएकी थिइन् । उनको यो सफलताले बर्दिया र बर्दियालीको गौरव बढेको छ । यसका अलावा उनी अध्ययन, चित्रकला तथा भाषिक सिपको विकासमा रुची राख्दछिन् ।
उनको द्वित्तीय स्थान प्राप्त गरेको कविता यस प्रकार रहेको छ :-
‘पूरा होस् मेरो सपना : डिजिटल नेपालको’
सपना हरिया
तर, क्रन्दन सहेर
निस्किरहेछन् ढुङ्गाको कापबाट
कोशी, गण्डकी अनि कर्णालीका तटहरूमा ।
बन्द कोठाका ढोकाहरू खुल्नासाथ
‘भिटामिन डि’ युक्त
कलिला आभाहरूले
मलाई सुटुक्क स्वागत गरुन् ।
स्वसावधानीका साथ
चिल्ला सडकहरूमा आफ्नै
अनि स्वाभाविक गतिमा
हिमाल, पहाड अनि तराईका राजमार्गहरूमा
गुडिरहुन् सवारीहरू
न त कुनै त्रास न त कतै दुर्घटना ।
सम्पूर्ण नागरिक सेवाहरु
घरमै बसी बसी
न त कतै भीड
न त कतै किलोमिटरका लाइनहरू
आहा ! लाइनमुक्त मेरो नेपाल ।
म पढ्ने विद्यालय, म हिँड्ने बाटो
मैले सिक्ने विधि, मैले सोच्ने तरिका
डिजिटल अनि
स्मार्ट स्मार्ट स्मार्ट
मात्र स्मार्ट !
सडकमा सवारीको नियन्त्रण
अब ट्राफिक दाजु दिदीहरूले हैन
चिटिक्क परेको रोबोटले
हातमा रिमोट लिएर स्विचको भरमा ।
सुन्दर सहरहरू झल्याङ्मल्याङ तार हैन
सबै वायरलेस वा अण्डरग्राउण्ड ।
मति भ्रष्ट्रहरु, नेपाल आमाको छातीमा
प्रहार गर्नेहरुलाई ठाउँको ठाउँ
क¥याप्प पार्नेछ डिजिटल पप्पीले
पु¥याउनेछ कोठरीमा
लगाउने छ ठेगान ।
स्मार्ट विद्यार्थीहरू
मदानीरुपी ज्ञानका पोराहरू घुमाउँदै
निकाल्नेछन् मेधावी नौनीका ताजा डल्लाहरू
हुने छैनन् कोही पनि फूर्सदिला ।
एउटा स्विचको भरमा
पापीहरू लाग्नेछन् ठेगानमा
निर्धक्क बाँच्न पाउनेछन्
निर्मला अनि भागरथीहरू !
प्रविधिकै भाकामा
बज्नेछन् मुर्छनायुक्त सरगमहरू
अलङ्कार सहित गाउनेछन् मिठा राग
प्राविधिक ओस्तादहरू ।
खेर जाने छैनन् हावा, पानी
अनि प्रकृतिका अनमोल उपहारहरू
कुद्नेछन् किलोबाइट, मेगाबाइट
अनि गिगाबाइटका गतिमा
हेर्नेछ विश्वले नेपालको डिजिटल प्रकृति
छक्क परेर !
देशप्रेमको भाव छचल्किएर
फर्किनेछन् होनाहार नेपाली
युवा वैज्ञानिकहरू
बिर्सनेछन् नासा
यतै स्थापित हुनेछन्
खासा अनुसन्धान केन्द्रहरू ।
आत्मसाथ हुनेछन् सूर्यका किरणहरु
भरिने छन् प्राण पहाडी पवनहरुले
दिइरहनेछन् निरन्तर उर्जा
इन्धनका रुपमा ।
सामान्य जीवनशैलीमा पनि
गुणस्तरीय अनि स्मार्ट जीवनहरू
आहा ! कति लोभ लाग्दा दृश्यहरु
भित्र भित्रै आल्हादित हुन्छु म ।
जोड जोडले चिच्याउँछु
पूरा होस् मेरो सपना ः डिजिटल नेपालको !
फेरी पनि एकपटक चिच्याउँछु
पूरा होस् मेरो सपना: डिजिटल नेपालको !
वाचनको भिडियो हेर्नुहोस् :-
प्रतियोगिताको प्रथम पुरस्कार सेन्ट जेभियर्स कलेज, माइतीघरमा १२ कक्षामा अध्ययनरत नेहा गिरीले हात पारेकी छन् । उनले ‘मेरो डिजिटल नपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगिताको सर्वोकृष्ट रचना हुँदै एक लाख रुपैयाँ जितेकी हुन् । दोस्रो हुनेमा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया बर्दियाकी प्रश्ना सुवेदी र रत्न राज्य माध्यमिक विद्यालय, बानेश्वरबाट यस वर्ष एसइई दिएका ऋदम भेटवाल रहेकी छन् । प्रश्नाले ‘पूरा होस् मेरो सपना : डिजिटल नेपालको’ शीर्षकमा कविता लेखेकी थिइन भने ऋदमले ‘मेरो सपनाको डिजिटल नेपाल’ निबन्ध लेखेकी थिइन । उनीहरूले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । तेस्रो हुने चार जनामा मनकामना माध्यमिक विद्यालय बिर्तामोड, झापाबाट एसइई दिएका असिम डङ्गोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुलचोक, ललितपुरबाट एसईई दिएका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौँमा कक्षा १० मा अध्ययनरत उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौँमा कक्षा ७ मा अध्ययनरत विशेष्ता चौधरी रहेका छन् । असिमले ‘डिजिटल नेपाल : एक अमुक सपना’ शीर्षकको कविता लेखेका थिए भने अनिषले ‘सुन्दर शान्त विशाल, मेरो परिकल्पनाको डिजिटल नेपाल’ शीर्षकको भिडियो प्रिजेन्टेशन बनाएका थिए । त्यस्तै, उद्धवले ‘वे टु डिजिटल नेपाल’ शीर्षकको निबन्ध र विशेषताले ‘माई डिजिटल नेपाल’ थिममा आर्ट गरेकी थिइन ।तेस्रो हुने सबै जनाले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
त्यसैगरी, प्रतियोगितामा विद्यार्थीको एक समूहले ‘डिजिटल र समृद्ध नेपाल’ शीर्षकको फ्रेमवर्क तयार गरेका थिए । इभ्यालुएसन प्यानलले यस फ्रेमवर्कलाई विशेष सम्मान गर्ने निर्णय स्वरुप काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारका प्रशन्नकुमार रेग्मी, शशांक न्यौपाने, आर्या प्रसाईँ र अमिम सिंहलाई ‘स्पेसल मेन्सन पुरस्कार’बाट सम्मानित गरिएको छ । उनीहरूले ५१ हजार एक सय ५१ रुपैयाँ राशीको विशेष पुरस्कार हात पारेका छन् । यसबाहेक विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक अफरहरु पनि प्राप्त गर्ने छन् । डिसहोमले सम्पूर्ण विजेतालाई एक वर्षको इन्टरनेट र शीर्ष प्रायोजक माई सेकेण्ड टिचरले विशेष गिफ्ट प्रदान गरेको छ । नेपालमै पहिलो पटक सूचना तथा सञ्चार प्रविधिका विषयमा नयाँ पुस्तालाई जागरूक गर्ने उद्देश्यले ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकमा गत असार १ गतेदेखि असार ३१ गतेसम्म उक्त प्रतियोगितामा भाग लिन आह्वान गरिएको थियो । प्रतियोगितामा निबन्ध, कविता, लेख, चित्र, भिडियो प्रिजेन्टेशन मार्फत ३५० बढीको सोच तथा परिकल्पना प्राप्त भएका थिए । प्रतियोगितामा सहभागी ३५० बढी परिकल्पनाबाट उत्कृष्ट छनोट गर्न ११ जनाको मूल्याङ्कन समिति बनाइएको थियो । मूल्याङ्कन समितिका सदस्यहरूले प्रत्येक रचनालाई मूल्याङ्कन गरेर सर्ट लिस्ट गरेका थिए । मूल्याङ्कन समितिको विभिन्न चरणको छनौट प्रक्रियाबाट उत्कृष्ट ८ रचनालाई पुरस्कार वितरण गरिएको हो ।
विजेतालाई राष्ट्रिय सभाका सदस्य तथा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्ट, प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्य, पूर्व मन्त्री गणेश शाहलगायतले पुरस्कार प्रदान गरेका थिए ।विद्यार्थीका उत्कृष्ट रचना तथा सोच लिभिङ विथ आइसिटी म्यागजिन र आइसिटी समाचार डटकममा क्रमशः प्रकाशन गरिनेछ ।

नेपाल विद्युत प्राधिकरणमा दोस्रोपटक कार्यकारी निर्देशकका कुलमान घिसिङले बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त कार्यकारी निर्देशक घिसिङले पदभार ग्रहण गर्दै ठूलो चुनौती स्वीकार गरेको बताएका छन् । विद्युत प्राधिकरणको आवश्यकता, आम जनताको अपेक्षा र सरकारको निर्णयका कारण यो चुनौती स्वीकार गरेको उनले बताएका छन् । कुलमान घिसिङको पुनरागमनपश्चात अघोषित लोडसेडिङले दिक्क भएका नेपाली जनताले लोड सेडिङबाट मुक्त हुने अपेक्षा गरेका छन् ।

उहाले भन्नुभयो–रोटरी क्लब अफ भैसेपाटी स्थापना भएपछि सो क्षेत्रमा विभिन्न सामाजिक काम गर्न सफल भएको उहाको धारणा थियो । क्लबका अध्यक्ष मिलन थापाले क्लबले शिक्षा, स्वाथ्य, सरसफाई लगायत क्षेत्रका काम गर्दै जाने बताउनुभयो । कार्यक्रममा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
चिनियाँ कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीहरुका लागि जारी गरेको एक आन्तरिक सञ्चारपत्र अनुसार सन् २०२० मा कम्पनीले कूल ३४ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । यो आम्दानी सन् २०१९ को भन्दा १ सय ११ प्रतिशतले बढी हो ।
उहाँका अनुसार उक्त परियोजनाअन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, अछाम, बझाङ र बाजुरा गरी ६ जिल्लामा मर्कन्टाइल कम्युनिकेशन प्रालिले इन्टरनेट जडान सम्पन्न गरेको हो । बैतडी, डडेलधुरा, दार्चुला र डोटी गरी चार जिल्लामा भायानेट कम्युनिकेशनले जडान सम्पन्न गरेको छ । जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वल्र्डलिङ्क कम्युनिकेशनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न गरेको हो ।
त्यस्तै दैलेख, सुर्खेत, सल्यान, मनाङ, मुस्ताङ, बाग्लुङ र म्याग्दी, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ गरी १२ जिल्लामा टेकमाइन्डस् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो । प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट उपलब्ध गराउनेछ ।
यसअघि प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुली) दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट सेवा प्रदान गरेको थियो । निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिएर २०७७ असोज महिनाबाट शुल्क लिने व्यवस्था गरिएको थियो । निःशुल्क अवधि सकिएपछि ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा मात्र सेवा प्रदायकहरुसँग सम्झौता गरी इन्टरनेट सेवाको उपभोग गर्न सक्ने जनाएको थियो । रासस
सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका/किशोरीभन्दा झण्डै दोब्बर सङ्ख्यामा बालक/किशोरहरू रहेको देखाएको छ ।
नौदेखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोरकिशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीहरूको दैनिक जीवनमा समेत असर परेको छ । अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब झेल्नेहरूमा केटीहरूको तुलनामा केटाहरूको सङ्ख्या अधिक रहेको पाइएको सिविनका कार्यकारी निर्देशक सिम्नीमा तुलाधरले जानकारी दिनुभयो ।
नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरूमा प्रेमी प्रेमिका, दौंतरी, सबैभन्दा नजीकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्तिसमेत रहेको पाइएको छ । केही विदेशी मूलका मानिसहरू पनि त्यस्ता गतिविधिमा संलग्न भइरहेको अध्ययनले देखाएको छ ।
त्यसैगरी यौन प्रेरित सामग्रीहरू पठाउने माध्यममा प्रेमिका, प्रेमी, दौँतरी र सबैभन्दा नजीकको साथीको हकमा अधिक तर सामाजिक नेटवर्किङ साइटहरू र इमेल प्रयोगमा रहेको पाइएको छ भने अपरिचित र विदेशीलाई पठाउने माध्यमका रूपमा सामाजिक नेटवकिङ साइटहरू, इमेल, अज्ञात लिङ्क र फोनसमेत प्रयोग भएको देखिएको छ । “अनलाइनमा ६३.३६ प्रतिशत पुरुष र ३४.३५ प्रतिशत महिलाले प्रत्यक्षरूपमा क्यामेराको अगाडि नग्न देखिन बालबालिकालाई भनेका थिए, नग्न हुन दबाब दिनेहरूमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजीकका साथी र कतिपय अपरिचितहरू पनि थिए”, अध्ययन प्रतिवेदनमा भनिएको छ ।
कूल उत्तरदातामध्ये, १३७ जना (७.९९ प्रतिशत) उत्तरदातालाई क्यामेराको अगाडि नग्न देखिन भनिएको थियो । यसरी नग्न बस्न दबाब खेप्ने उत्तरदातामा ५८ (६२ प्रतिशत) केटा, ४७ (३४.३१ प्रतिशत) केटी र दुईजना (१.४६ प्रतिशत) लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति रहेका थिए । नग्न देखिन भन्नेमा आफ्नै साथीहरू, सबैभन्दा नजीकका साथी, प्रेमिका, प्रेमी, आफन्त, केही अपरिचितहरू, विदेशी र हेरचाहकर्ताहरूसमेत रहेका छन् ।
कूल उत्तरदाता एक हजार ७१४ मध्ये ४५७ जना (२६.६६ प्रतिशत) ले अनलाइनमा अपरिचित व्यक्तिलाई भेटेको पाइएको छ । यसरी अपरिचित व्यक्तिलाई अनलाइन भेट्ने उत्तरदाताहरूमध्ये १६३ जनालाई छुट्टै प्रत्यक्ष भेट्न भनिएकामा १५४ (३३ प्रतिशत) जनाले भने ती अपरिचित व्यक्तिसँग भेटघाट गरेका थिए । प्रत्यक्ष भेट्न जाने सबैले कुनै न कुनै रूपका यौन शोषणको अनुभव गरेका थिए ।
कूल उत्तरदातामध्ये ३४० जना (१९.८३ प्रतिशत) ले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन् । यसरी अनलाइन यौन शोषणको सामना गर्ने उत्तरदातामा केटाको सङ्ख्या केटीको तुलनामा अधिक रहेको छ । अनलाइन यौन शोषणमा परेका उत्तरदाताहरूमा ठूलो मात्रामा मानसिक असर परेको पाइएको छ । उत्तर दिने क्रममा कतिपयले आफू मानसिकरूपमा समस्यामा परेको, कतिपयले पढाइमा ध्यान दिन नसकेको र मर्न समेत तयार रहेको तथा कतिपयले लामो समयसम्म दुःखी भएको बताएका थिए ।
अनलाइन यौन शोषणमा परेका ३४० उत्तरदातामध्ये ४८ (१४.१२ प्रतिशत) जनाले यौन शोषणसम्बन्धी घटना घटेपछि विद्यालय छोडेका छन् । विद्यालय छोडेकाहरूमध्ये १५ जनाले मात्र परामर्श सेवाको खोजी गरेका थिए भने ३४ जनाले आफूहरूलाई दैनिक जीवन व्यवहारमा बाधा परेको बताएका थिए । तीमध्ये नौजनाले मात्र परामर्श सेवा पाउन सकेका थिए ।
अनलाइन यौन शोषणको सामना गरेका ३४० जना उत्तरदातामध्ये २३३ (६८.५३ प्रतिशत) जनाले मात्र परिवार, साथी वा प्रहरीलाई खबर गरेका थिए । त्यसैगरी सामाजिक सञ्जाल तथा सम्पर्क ब्लक गर्ने, आएका कल तथा सन्देशहरूलाई उपेक्षा गर्ने, इन्टरनेटको प्रयोग बन्द गर्ने, सिमकार्ड परिवर्तन गर्ने र सामाजिक सञ्जालमा नयाँ एकाउन्ट खोल्ने कार्य गरेको बताएका थिए ।
अध्ययनमा कूल उत्तरदातामध्ये २५३ (१४.७६ प्रतिशत) जनाले आफू साइबर बुलिङको शिकार भएको बताएका थिए । उनीहरूमध्ये १७५ (१०.२१ प्रतिशत) जनाले आफ्नो बाबुआमालाई उनीहरूको इन्टरनेट बानी व्यवहार थाहा भएपछि पनि साइबर बुलिङको सामना गरेका थिए । अध्ययनअनुसार साइबर बुलिङको घटना सबैभन्दा बढी वाग्मती प्रदेशको काठमाडौँ र मकवानपुरमा (२७ प्रतिशत) रहेको पाइएको छ भने दोस्रोमा प्रदेश नं २ को धनुषा (१८ प्रतिशत) रहेको छ । सुशील दर्नाल/रासस
नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ ।
‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सो एप्स सार्वजनिक भएका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने जनाउनुभयो । उक्त एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै उहाँले युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “परीक्षणका रुपमा नागरिक एप्स प्रक्षेपण भएकामा खुशी लागेको छ । हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य हो । सरकार नागरिकलाई सबै सेवा सरल र सहजरुपमा दिन तत्पर रहँदै आएको छ । यसको प्रयोगले भ्रष्टाचार अन्त्य हुने विश्वास पनि लिएको छु ।”