
मेरो सुर्खेतको प्रत्येक यात्रामा तिमीसँग नभेटेको पल हुँदैनथ्यो र रेडियो भेरीमा पुगेर अन्तर्वार्ता लिइहाल्नुपनर्ने तिम्रो बानी । सायद बाँकी हाम्रा भलाकुसारी भने रेडियो भेरीमै हुने गर्थे । किन किन म पनि रेडियो भनेपछि हुरुक्कै पर्ने रेडियोसँग परिचित भएकोले उसलाई मसँग बसेर कार्यक्रम चलाउँदा निकै मज्जा आउने गर्थ्यो तिमी भन्ने गर्थ्यौ । तिमीले नै गर्दा मेरा गीतरु ‘उज्यालो बिहानी’, ‘अबत वर्खा लाइक्यो’, ‘धार्नीको कोदाली’ लगायत दर्जनौँ गीतहरु रेडियोबाट प्रसारण भएका थिए ।
विगत केही वर्षदेखिको तिम्रो बिहानी यात्रामा बुबाका सिर्जना र मेरो आवाजमा समेटिएको ‘भवसागर’ भजन सङ्ग्रहका ७ भजनहरु निरन्तर साथी बनिरहेका थिए म निकै आल्हादित भएँ । जब भजन बज्दै गर्थ्यी कहिले जङ्गलको यात्रा कहिले पहाडका कुना कन्दराहरुमा पुगेर मलाई झिस्मिसेमा ब्युँझाउँथ्यौ तिमी । केही महिना अघि पैदलै सुर्खेतबाट रुपैडिया आएर पाँच किलो नून किनेर फर्केका थियौ । बाबु बाजेले कस्तो दुख गरेका रहेछन् भनेर अनुभूति गरेको रे, बडो अचम्म ! अनि त्यसैगरी नेपालको दोस्रो सगरमाथा मानिने बडिमालिका पनि पैदलै यात्रा गरेको थियो जुन चुचुरोमा पुगेर सारङ्गी बजाएर आयौ । सायद यति अग्लो स्थानमा पुगरेर सारङ्गी बजाउने पहिलो कलाकार तिमी नै हुन सक्छौ ।
नामको पछाडि थर मात्रै हैन वास्तविकता दिनका लागि सुर्खेती कलाकारको आँगन बागिनामा आवद्ध भएर उसले सारङ्गी सिक्दै गर्दा मैले अझै औंला फड्कार्न पर्यो है भन्थेँ । लगन तिमीमा छुट्टै थियो । 
यही सिकाइ र लगनका अनि निरन्तरको साधनाबाट तिमीले अब एक चरणको सिद्धि प्राप्त गरेका छौ या भनौँ साङ्गितीक वुद्धत्व प्राप्त भएको छ । मौसम चैत र बैशाख अनि यो पालुवा पलाउने समय र गर्मी पनि उस्तै तर लगातार ५० दिनसम्म पैदल यात्रा साथमा सारङ्गी, मादल, बाँसुरी र आफ्ना बन्दोवस्तीका सामग्रीहरु बोकेर हिड्दा यो यात्रा कम ता चुनौतीपूर्ण थिएन । कति ठाउँमा बिसाइ मार्यौ, कति ठाउँमा भोकै प्यासै पनि हिँड्यौ, दिन भनेनौ रात भनेनौँ अविराम पैदल यात्रालाई निरन्तरता दियौ । कहिले झण्डासँगै सुत्यौ थकान मार्यौ वर अनि पिपलका चौतारीहरुमा नेपालकै प्रकृतिको रसस्वादन पनि गर्यौ।
खुट्टामा कति फोरा उठायौ कति रगत बगायौ, तिमीले बोकेको नेपालको राष्ट्रिय झण्डा अनि नेपालमा बनेको गोल्डस्टार जुत्ताको सम्बन्ध तिम्रो फेसबुक पोस्टले प्रष्ट पारेकै थियो । प्रिय साथी शेरु ! म राम्ररी जान्दछु तिमीले भोगेका कष्टहरु । यो त साधना थियो तिमीले नै भन्ने गर्दथ्यौ तर सम्झिँदा पनि आङ्ग जिरिङ्ग हुने । निरन्तर लागेपछि सफलता प्राप्त हुने रहेछ भन्ने कुराको उदाहरण आज आफै बन्यौ तिमी । मेरा मनका साथीहरु निकै सिमित छन् जसमध्ये तिमी पनि हौ भन्न पाउँदा निकै गर्व महशुस गरेको छु प्रिय गाइने !
नेपाल आमाको धर्तीमा आफ्ना पदचापहरुले सुम्सुम्याउँदै महाकाली देखी मेचीसम्मको यात्रामा कहिँ कतै पनि विचलित भएनौँ । कोही कसैले गोहीको आँशु बराबरको यात्रामा सहयोग गरेको नाटक गर्दा पनि तिमी भने कैलाश पर्वतको शीला अनि पहाडि सती साल बनेर आफ्नो निर्णय र लक्ष्यप्रति सदा समर्पित भइ दुनियाले जे गरे गरोस् मेरो लक्ष्य यहि नै हो अरु मलाई केही मतलब छैन भनी निरन्तर लागिरह्यौ तिमी । मैले धेरै सहयोग गर्न सकिनँ तर यात्राका क्रममा चिनेजानेका साथीहरुलाई सहयोग गरिदिन आग्रह मात्र गरेको हुँ जुन मेरो कर्तव्य पनि त थियो ।
अब तिमी यो देशकै सुपुत्र बनेका छौँ । तिमी अब नेपाली मौलिक लोक गीत सङ्गीतको सेनानी बनेका छौँ । अब तिमीमा नयाँ नयाँ सोच आओस् । अझ सुन्दैछु, यो यात्रालाई पैदलै काठमाडौँ पशुपतिनाथसम्म पुगेर मात्र विराम दिनेछौँ । आफ्नो स्वास्थ्य अवस्थालाई पनि विचार गर्नु । अब भने केही दिन शारीरिक आराम गरेर मात्रै बाँकी कर्म गर्ने हो कि सोच्नु ल ।
जीवनमा सदा सजग रहनू । नेपालमा आफ्नो कर्म मात्रै गर्ने हो । केही होला भनेर गर्ने अवस्था अझै बनिसकेको छैन । कुनै दिनमा तिम्रो यो कर्मको यथार्थ मूल्याङ्कन हुनेछ । कसै कसैले यस्तो काम गर्नेलाई पागलको उपमा दिने गर्दछन् । यी सबै कुरा तिमीले यात्राको क्रममा भोग्यौ देख्यौ पनि । यस कुरामा सदा सजग रहनू ल । लेख्न त धेरै नै मन थियो । यति धेरै भावनाहरु उर्लिएर आएका छन् तर के गर्ने यो विचार पढ्ने कि त तिमी हौ कि त म हुँ । अरु कसैले विरलै पढ्लान् । जो जसले पढ्नुहुन्छ नि वहाँहरुप्रति सतत् नमन अनि हार्दिक सम्मान हामीलाई साथ दिनुभएकोमा ।
डियर प्यारे अन्त्यमा अब तिमीलाई मेरो तर्फबाट एउटा उपहार दिन चाहन्छु । त्यो उपहार भने यहाँ सार्वजनिक गरिन भेटेरै भनेर गरेर छाड्नेछु ।
जय लोक संस्कृति ।
उही तिम्रो सदा भलो र उन्नती चाहने
प्रभात सुवेदी
शिक्षक/लोक संस्कृतिकर्मी
बर्दिया ।
तीन दशक लामो अवधिसम्म बर्दियाको गुलरिया स्थित एक निजी विद्यालयमा शिक्षण गरी हाल राजापुर नगरपालिका ४ मा बस्दै आउनुभएका मनोज भण्डारीले पछिल्लो समय आफ्नै व्यवसाय गर्दै आउनुभएको थियो ।
वहाँको आमा, धर्मपत्नी र दुई छोराहरु रहेका छन् ।
अचरजको जिन्दगी,,
कहिले फुक्का यो जिन्दगी,
कहिले राहतको जिन्दगी,,
मिलौ उडन सक्छ यो जिन्दगी,
कहिले महिनौ कैदमा जिन्दगी,
सुनसान सडकको एक बटुवा झैँ,
कहिले गुमनाम जिन्दगी,,
उठदै सुत्दै फेरी उठ्दै सुत्दै,
लाटोकोसेरो भो जिन्दगी,,
कहिले सन्जालमा जिन्दगी,
कहिले जन्जालमा जिन्दगी,,
टाढा कुनै गाडीको आवाज सुन्यो,
साईरन भो जिन्दगी,
कहिले कोठामा जिन्दगी,
अनि बस्छ चोटामा जिन्दगी,,
सानो ईच्छा र आकाँक्षा भो जिन्दगी,
बाच्ने आशा भो जिन्दगी,,
बेसार पानीको साथ भो जिन्दगी,
हात धुँदाधुँदा हैरान यो जिन्दगी,
मुखभरीको मास्क भो जिन्दगी,
भ्याक्सिनको आस भो जिन्दगी,
कहिले राजनितिको चाल भो जिन्दगी,
बिघटनले घात भो जिन्दगी,
कतै सपनाको रामराज्य भो जिन्दगी,
सत्ययुगको कल्पना यो जिन्दगी,
खुल्ने आशमा परेसान छ जिन्दगी,
नखुल्ने सुन्दा सुकेनास जिन्दगी,
ईतिहासको भुमरीमा छ जिन्दगी,
तैपनी झिनो आशमा जिन्दगी ।
तैपनी झिनो आशमा जिन्दगी
वहाँकै अध्यक्षतामा बर्दियामा सिर्जनशील प्राविधिक शिक्षालयको स्थापना तथा सञ्चालनका लागि जग्गा व्यवस्थापनको कार्य अगाढी बढिरहेको थियो ।
स्वर्गीय हिमलाल ज्ञवालीप्रति समग्र नेपाल अनलाइन परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
बारम्बार भन्नू हुन्छ महोदय आफै धारो नछुनु
कारण भन्नू भएन मानवतामा जात कस्तो छ ।
आमा सधै भन्नुहुन्थ्यो दैवले नै अन्याय गर्यो
बुझ्न सकिन त्यो मुर्ती बनाउने हात कस्तो छ ।
आजपनि सबेरै मन्दिरको ढोकाबाट फर्किए
हेर्नुहोस् त मान्छे मान्छेमा पक्षपात कस्तो छ ।
समाजमा समान अधिकार भन्दै हिड्नु भयो
भन्नुहोस् बलत्कृत चेलिको दिनरात कस्तो छ ।
अञ्जु सापकोटा ‘अनु’
मधुवन ६, बर्दिया
बाबाआमा आँखामा
गुराँस फूल पाखामा ।
बासना चल्यो हरर
नाचेँ म त फरर ।।
गुरु ज्ञानका भण्डार
हुनुहुन्छ अपार ।
इतिहास हाम्रो हो
जीवनको यही सार ।।
असल संगत गर्नु छ
असल ज्ञान छर्नु छ ।
मुटुभरी माया छ
नेपालको छायाँ छ ।।
जानु पर्छ एक दिन त
हुन्छ पीडा केही छिन् त ।
विश्वासमा रमेर
दुनियामा रमिन्छ ।।
आनन्दमा रहेर
गर्छु सेवा देशको ।
माया लाग्छ सधैं नै
आफ्नै भाषा भेषको ।।
फूल जस्तै बनेर
केही यहाँ गर्नु छ ।
बोटैभरी फूलेर
मिठो बास्ना छर्नु छ ।।
कक्षा –८ ‘बि’
श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया, बर्दिया ।


सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।
राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन् । उनका हालसम्म विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा माक्र्स २०६८, शुक्रराज शास्त्रीको चस्मा २०७३, अघोरी २०७५ गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन् ।
एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति नेपाली साहित्यजगतलाई दिइसकेका छन् ।
राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो । यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ । काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन् ।
कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पा¥यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्छ ।
जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ । त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ ।
कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट । अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन् ।
अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन् । तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन् । अक्षरहरुसँग नेपाली पत्रकारिताको सग्लो दृश्य उतार्न सफल छ ।
२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका उनी जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन् । पत्रकारितामा निष्ठा, व्यावसायिकता र धैर्य आवश्यक पर्छ । यी कुरामा पराजुली कहिल्यै चुकेका देखिँदैनन् ।
बेलाबखत उनी साहित्यका बारेमा टिप्पणी पनि लेख्छन्, ती टिप्पणीले लामो समयसम्म नेपाली साहित्यिकजगत्मा चर्चा पाइरहन्छ । न कहिल्यै हल्ला, न कहिल्यै चर्चा न त पुरस्कार वा सम्मान नै पनि, राजेन्द्र पराजुली चुपचाप अविरल आफ्नो साहित्य यात्रामा हिँडिरहेका छन् । यी शालीन, प्रतिभाशाली र शान्त लेखकलाई पुरस्कृत गर्न पाउँदा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाले गर्व महसुस गरेको जनाएको छ ।
‘राजेन्द्र पराजुली जस्तो सशक्त कलमजीवीलाई यो पुरस्कार समर्पण गर्न पाउँदा मलाइ अत्यन्त खुसी लागेको छ,’ उत्कृष्ट साहित्यिक कृतिलाई प्रायोजन गर्दै आउनु भएकी अमेरिका निवासी वरिष्ठ साहित्कार अम्बिका गुरुङको भनाइ रहेको छ ।
Source: newsofnepal
‘पाण्डे जति क्षेत्रमा संलग्न हुनुभयो, जहाँजहाँ उहाँले कर्म गर्नुभयो, सबै ठाउँमा छाप छाडुनुभएको छ,’ संग्रौलाले भने, ‘इतिहासका सबै पदचाप उहाँका कानमा गुन्जिएका छन् । आफ्नै जीवनलाई फर्केर हेर्दा आफैंले सुनेका पदचापहरूलाई शब्दमा रूपान्तरित गर्दै लेखिएको हो, यो पुस्तक ।’ निष्काम कर्म गर्न रुचाउने पाण्डेले बाँचिरहेको समयको इतिहास पनि यो पुस्तक रहेको उनले बताए ।
२०१७ सालपछिको ६० वर्ष सार्वजनिक जीवनमा अलग पहिचान बनाएका सक्रिय नागरिक एवं नागरिक अभियन्ता पाण्डेले पुस्तकमा आफ्नो कार्यकालमा निर्वाह गर्नुपरेका भूमिकालाई समेटेको लेखक एवं विश्लेषक झलक सुवेदीले बताए । ‘अर्थसचिव र अर्थ मन्त्रलयमा वैदेशिक सहायता शाखामा रहँदा आफूले गरेका काम र भूमिकाका सन्दर्भ यहाँ जसरी आएका छन्,’ उनले भने, ‘आजको समयमा पनि विकास चिन्तन, वैदेशिक सहायता, विदेश सम्बन्ध र आफ्ना राष्ट्रिय स्वार्थहरूको प्रतिनिधित्व एउटा प्रशासकले कसरी गर्न सक्छ र गर्नुपर्छ भन्ने विषय यहाँ समेटिएको छ ।
’जुन उद्देश्यले नागरिक आन्दोलन भयो, आन्दोलनमार्फत सात दल र माओवादीलाई शान्तिप्रक्रियामा अग्रसर हुन उत्प्रेरित गरियो, जसका आधारमा दोस्रो जनआन्दोलनसमेत खेपेर मुलुकले राजनीतिक रूपमा नयाँ संरचनाअन्तर्गत काम सुरु गर्यो, त्यसपछि कम से कम जनउत्तरदायी सरकार, राजनीतिक स्थिरता आदि भएर युगौंदेखि आफ्नो उपस्थिति जनाउन नसकेको समाजका लागि केही काम सरकारले गर्थ्यो कि भन्ने आस लागेकोमा राजनीतिक व्यक्तित्व र समाजका केही तह एवं तप्काले त्यो काम गर्न नसकेको लेखक पाण्डेको भनाइ छ ।
लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण भएर लागू भइसकेपछि पनि यहाँको राजनीति र अर्थतन्त्रले जुन कोल्टे फेर्नुपर्ने थियो, त्यसो नहुँदा आफूलाई सधैं विरक्त लाग्ने गरेको उनले बताए । ‘त्यसपछि आफ्नै जीवनलाई मैले फर्केर हेरें, आखिर मैले पनि जीवनमा के गरेँ त ?’ उनले भने, ‘आफ्नै आत्मसमीक्षा गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले यो पुस्तक रचना हुने आधार बन्यो । र कुनै एक रात म सुत्न नसकेको अवस्थामा यसको खाका तयार पारें । र बिस्तारै लेख्दै गएँ, मिलाउँदै गएँ । अन्ततः यो पुस्तकले साकार रूप लियो ।’
पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनबारे एकदमै कम तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डोर्याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । ‘यो पुस्तक नेपाली समाज, राजनीति, इतिहास र अर्थतन्त्र चियाउने आँखीझ्याल हो,’ उनले भने ।